म्याद नाघेको चिनी खान योग्य बनाउने प्रयास असफल

Written by meropradesh creator

१६ चैत्र २०७७, सोमबार

रामेछाप । राजस्व अनुसन्धान कार्यालय पथलैयाले व्यापारीसँग मिलेर म्याद नाघेको चिनी खान योग्य बनाउनका लागि पटकपटक गरेको परिक्षण असफल भएको छ । राजस्व अनुसन्धान कार्यालय पथलैयाले अखाद्य प्रमाणित भईसकेको चिनी खान योग्य बनाउनका लागि पटकपटक परिक्षण गरेको थियो । पटक पटक परिक्षण गरे पनी राजस्व अनुसन्धान कार्यालय पथलैया प्रयास असफल भएको छ । सामान्यतयाः राजश्व हिनामिना भएको हेर्ने यो कार्यालयले अखाद्य चिनी खान योग्य बनाएर व्यापारीसँग मिलेर बजार पठाउन गरेको प्रयास असफल भएको हो ।
राजस्व अनुसन्धान कार्यालय पथलैयालेल गत बर्षको फागुन २५ गते महोत्तरीको जलेश्वर भन्सार नाकाबाट आएको चिनी भन्सार हाताको खाद्य क्वारेन्टाईनले म्याद नाघिसकेको भन्दै प्रयोग गर्न नमिल्ने भनेको थियो । भन्सार नाकाबाट खाद्य क्वारेन्टाईनलाई नटेरी भन्सार कार्यालयको मिलेमतोमा रातारात नेपाल भित्र्याईएको थियो । तर सो चिनी उपभोक्ता हित संरक्षण मञ्चको पहलमा बाराको राजश्व अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको थियो ।
नेपालको प्रचलित खाद्य ऐन अनुसार म्याद नाघेको, ब्याच नम्बर उल्लेख नभएको खाद्य वस्तु तत्काल नष्ट गर्नुपर्ने प्रावधानलाई लत्याउँदै सो अखाद्य चिनी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी तत्कालिन महानिर्देशक मतिना बैद्यको सहयोगमा २ पटक परीक्षण गर्दै खान योग्य बनाईएको थियो । तरपनि सो चिनीलाई उपभोक्ता हित संरक्षण मञ्चले बजार जानबाट रोकेको थियो ।
सोही चिनीलाई राजश्व कार्यालयले २०७७ सालको फाल्गुण १२ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरमा दुई बोरा चिनी नमूनाको रुपमा परिक्षण गर्न पठाएको थियो । तर सो कार्यालयले प्रयोग गर्न नमिल्ने भन्दै फागुन २८ गते परिक्षण रिपोर्ट पठाएकोे छ ।
कानून अनुसार खान अयोग्य प्रमाणित भईसकेको चिनी तत्काल नष्ट गर्नु पर्ने भएपनि पटकपटक परिक्षण गरी उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले जिल्ला प्रशासन कार्यालय, बारामा ध्यानाकर्षण पत्र बुझाएको थियो । उपभोक्ता हित संरक्षण मञ्चले प्रशासन कार्यालयले नष्ट गर्न राजश्व कार्यालयलाई निर्देशन दिएपनि राजश्व कार्यालयले जिल्ला प्रशासन कार्यालयको निर्देशन बेवास्ता गर्दै बजार पठाउने प्रयास जारी राखेको मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले आरोप लगाएका छन् ।
नियन्त्रण पछि नष्ट गर्नुपर्ने सो परिमाणको चिनी राजश्व अनुसन्धान कार्यालय, पथलैयाको गोदाममा करीब १ बर्षदेखि रहेको छ । सिम्भावली सुगर लिमिटेड इण्डियामा उत्पादन भएको सो चिनी अनुष्का मल्टिपर्पोज कम्पनी प्रालि काठमाडौंले आयात गरेको हो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...