मुर्रा राँगा ः कृषि आय कर नबुझाएपछी भन्सारमै रोकियो

Written by meropradesh creator

७ मंसिर २०८०, बिहीबार

नेपालगञ्ज । कृषि आय कर नबुझाएपछी भारतले दिएका मुर्रा राँगा नेपालगञ्ज भन्सारमा रोकिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका बेला भारतले नेपालका लागी उपहारमा दिएका १५ वटा मुर्रा जातका राँगा भन्सारमा रोकिएका हुन् । भन्सार छुटाउन बुझाउनु पर्ने राजस्वका कारण राँगा भन्सारमा रोकिएका हुन् । पशु सेवा विभागले नश्ल सुधारका लागि ल्याइएका राँगामा भन्सार नलाग्ने भनेर कागज दिएको थियो । तर, कृषि आय कर बुझाउनु पर्ने भएकाले राँगा भन्सारमा रोकिएको हो ।

दुई सरकारी निकाय बिच कानुनी अड्चनका कारण समस्या देखिएको हो । नश्ल सुधारका लागि सरकारको आवश्यकता अनुसार ल्याइएका राँगामा कुनै कर नलाग्ने, तर भैँसी र भेडा जातिलाई ५ प्रतिशत आयकर तिर्नु पर्ने फरक फरक कानुनी प्रावधानका कारण समस्या आएको हो । नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माका अनुसार अग्रिम आयकर बापत तिर्नुपर्ने करिब ८० हजार रुपैयाँ बुझाएर राँगा लैजाने तयारी भएको छ ।

राष्ट्रिय पशु प्रजनन कार्यालय लहानसँग भएको राँगा खरिद शीर्षकको बजेटबाट राजस्व बुझाएर राँगा छुटाउने प्रक्रिया अघि बढेको पशु क्वारेन्टाईन कार्यालय नेपालगन्ज बाँकेका प्रमुख डा. विनय कुमार कर्णले जानकारी दिए । राँगाको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भएकाले अर्को बजेटबाट व्यवस्था गर्ने गरी तत्कालका लागि राजस्व बुझाउन लागिएको हो । भन्सारबाट राँगा छुटाउने विषय कृषि तथा पशुपन्छी विकास मन्त्रालय, अर्थ मन्त्रालय र बिहीबारको मन्त्रिपरिषद्को बैठकमा समेत पुगेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

खाँडादेवी गाउँपालिको १६ औँ गाउँ सभा वडा अध्यक्षहरूले विरोध पछि गरे बहिस्कार – गाउँ सभा अनिश्चित 

खाँडादेवी गाउँपालिको १६ औँ गाउँ सभा वडा अध्यक्षहरूले विरोध पछि गरे बहिस्कार – गाउँ सभा अनिश्चित 

रामेछाप । खाँडादेवी गाउँपालिकाको १६ औँ गाउँ सभा वडा अध्यक्षहरूले बहिस्कार गरेका छन् । वडा अध्यक्षहरूले गाउँभामा बहुमतको कदर नभएको भन्दै बहिस्कार गरेका छन् । वडा अध्यक्षहरूको विरोध पछि गाउँ सभा स्थगित भएको छ । गाउँपालिका अध्यक्ष श्रेष्ठले वडा कार्यालय र कार्यपालिकाको...

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

रामेछाप । रामेछाप महिला उद्यमी संघको अध्यक्षमा मेनुका महत (खड्का) सर्वसम्मत अध्यक्षमा निर्वाचित बनेकी छिन् । चौथो वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनबाट महतको अध्यक्षतामा १० सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।  शनिवार मन्थलीमा भएको...

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

रामेछाप । अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०÷०८१मा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको छ । शनिवार मन्थलीमा भएको २३ औ वार्षिक साधारण सभाको अवसरमा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको प्रतिवेदन कोषाध्यक्ष रमेश ढुङ्गेलले...