मुख्यमन्त्री बानियाँद्वारा क्षतिग्रस्त संरचनाको अवलोकन, सेवा प्रवाह शीघ्र सुचारु गर्ने प्रतिबद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जेन–जी आन्दोलनका क्रममा भएको जनधन र संरचनागत क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। भदौ २३ र २४ गतेको प्रदर्शनमा हेटौँडास्थित बागमती प्रदेश सरकारका मन्त्रालय र विभिन्न कार्यालयमा तोडफोड तथा आगजनी भएपछि आज उनले प्रत्यक्ष अवलोकन गरेका हुन्।

निरीक्षणका क्रममा मुख्यमन्त्री बानियाँले नागरिकलाई सेवाप्रवाहमा ढिलाइ नहुने प्रतिबद्धता जनाउँदै भने, “सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनु दुःखद् छ, यस्ता घटना नघटेको भए राम्रो हुने थियो। तर, क्षतिग्रस्त संरचना छिट्टै मर्मत गरेर सेवा निरन्तरता दिनेछौँ।”

उनले बागमती प्रदेशसभा सचिवालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भौतिक पूर्वाधार मन्त्रालयलगायत क्षतिग्रस्त भवनहरूको अवलोकन गरेका थिए।

जेन–जी प्रदर्शनकारीले प्रदेशसभा सचिवालय भवनसहित नौ मन्त्रालय र तिनअन्तर्गतका कार्यालयमा तोडफोड र आगजनी गरेका थिए। मुख्यमन्त्री बानियाँले सरसफाइ तथा पुनःस्थापनाका काम तिव्र गतिमा अघि बढाइने बताउँदै जनसेवामा कुनै अवरोध नहुने स्पष्ट पारे।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो मन्थली, जेठ ६ गते । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सञ्चालित राष्ट्रिय आर्थिक गणना कार्यक्रम अन्तर्गत रामेछाप जिल्लामा कुल ७५ प्रतिशत कार्य सम्पन्न भएको छ। गत वैशाख ३ गतेदेखि जिल्लाभर सुरु भएको गणना कार्य अन्तर्गत हालसम्मको...

निलम्बन भोग्न तयार छौँ तर सरकारलाई जबाफदेही बनाएरै छाड्छौँ: हर्क साम्पाङ

निलम्बन भोग्न तयार छौँ तर सरकारलाई जबाफदेही बनाएरै छाड्छौँ: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई संसदप्रति उत्तरदायी बनाउन आफूहरू निलम्बन भोग्न समेत तयार रहेको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीसँग बोल्दै उनले जनताका प्रश्नहरूलाई दबाउन खोजिएको भन्दै सभामुखको रुलिङप्रति असन्तुष्टि जनाए। सुकुम्वासी समस्या,...

सगरमाथा आरोही अनिता कार्कीलाई गोकुलगंगा गाउँपालिकाद्वारा बधाई

सगरमाथा आरोही अनिता कार्कीलाई गोकुलगंगा गाउँपालिकाद्वारा बधाई

रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेकी सशस्त्र प्रहरी सहायक हवलदार तथा राष्ट्रिय फेन्सिङ खेलाडी अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँले वैशाख ४ गते सोमबार बिहान १०:२० बजे सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेक्नुभएको हो ।...