हेटौडा । बागमती प्रदेश सरकारका मुख्य मन्त्री सालिकराम जमरकट्टेललाई ठुलिमदौ लिफ्ट सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष यमबहादुर थापाले मन्त्रालयमै पुगेर सम्मान पत्र सहित खादा र ब्याच दिएका छन् ।

बागमती प्रदेश सरकारको लगानीमा रामेछापको मन्थली नगरपालिका वडा नम्बर ३ ठुलिमदौमा निर्माण भएको लिफ्ट खानेपानीको उद्घाटन यही वैशाख २५ गते भएको थियो । लिफ्ट खानेपानी उद्घाटन गर्न गएका मुख्य मन्त्री जम्मर कट्टेलको स्वास्थ्यमा समस्या आएपछि कार्यक्रमको उद्घाटन स्थल नपुगी सेनाको हेलिकप्टर मार्फत उपचार कोलागि हेलिकप्टर मार्फत काठमाडौँ फर्केका थिए । सो समयमा प्रमुख अतिथिको लागी छुट्टाएको खादा, ब्याज र सम्मान पत्र लिफ्ट खाने पानीका अध्यक्ष थापाले मन्त्रालयमा पुगेर हस्तान्तरण गरेका छन् । साथै थप योजनाको लागी पहल गरिदिन भबियका अध्यक्ष समेत रहेका थापाले मुख्य मन्त्रीलाई आग्रह समेत गरेका छन् ।