काठमाण्डौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र उपत्यका मेयर फोरमका संयोजक चिरिबाबु महर्जन बिच आज छलफल भएको छ । मुख्यमन्त्री लामा र उपत्यका मेयर फोरमका संयोजक महर्जनले प्रदेश र स्थानीय तह बिच समन्वय,सहकार्य गर्दै प्रदेश र स्थानियतहको विश्वसनीयता बनाउने विषयमा छलफल भएको मुख्यमन्त्री लामाले जानकारी दिनुभएको छ । छलफलमा उठेका विषय र एजेन्डा आगामी प्रदेश समन्वय परिषद्को बैठकमा छलफल हुने जानकारी दिनु भयो । साथै स्थानीय तह र प्रदेशको दायरा भित्र रहेर राजस्व सङ्कलनका विषयमा समेत महत्त्वपूर्ण छलफल भएको जानकारी दिनु भएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...