रामेछाप । लामो समय सम्म मुडे–चरिकोट सडक खण्ड अलपत्र पारेको भन्दै एक रुपैयाँका दरले सहयोग रकम संकलन गरी निर्माण कम्पनीलाई पठाइएको छ । जिल्लालाई राजधानीसंग जोड्ने मुडे चरिकोट सडक निर्माण जिम्मा लिएका निर्माण कम्पिनीलाई आयोजना प्रमुख दीप बाराही मार्फत पठाएको संर्घष समितिका संयोजक चिरञ्जीवी मास्केले जानकारी दिए ।
पाँच वर्षदेखि शुरुगरेको सडक निर्माणको काम अलपत्र छाडेर हिड्ने शंकर माली निर्माण सेवालाई सदरमुकाम चरिकोट बासीले १ रुपैयाँका दरले सहयोग रकम उठाई ७ सय ४ रुपैयाँ सहयोग रकम पठाइएको संयोजक मास्केले बताए ।
करिब १ अरबको ठेक्का लिएर मुडे चरिकोट सडक निर्माण कार्य नगर्ने शंकर माली निर्माण सेवालाई दबाद स्वरुप स्थानीयबाट उठाइएको रकम आजै आयोजना प्रमुख बाराही मार्फत पठाएको पनी संयोजक मास्केले बताए ।
संघर्ष समितीले आयोजना प्रमुखलार्य फरार ठेकेदारलाई कार्बाहि प्रक्रिया अघि बढाउन आईतबार सम्मको अल्टिमेटम दिएको छ । सोमबारबाट दबादस्वरुप कडा रुपमा प्रस्तुत हुने मुडे चरिकोट सडक संर्घष समितिले जनाएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...