मतदाता रिजाउन नेता गाउँ दौडाहामा ब्यस्त

Written by meropradesh creator

१६ चैत्र २०७८, बुधबार

रामेछाप । आगामी बैशाख ३० गते सरकारले स्थानिय तहको निर्वाचनको मिति घोषणा गरेसँगै रामेछापका राजनितिक दलका नेता मतदाता रिजाउन विभिन्न कार्यक्रम लिएर गाउँ दौडाहामा ब्यस्त रहेका छन् ।

स्थानिय तहको निर्वाचनको मिति नजिकिदै जाँदा प्रमुख दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (एस), नेकपा माओवादी केन्द्र र राप्रपा नेपाल यतिखेर चुनावी कार्यक्रम लिएर गाउँगाउँ पसेका हुन् । जिल्लाको २ नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा स्थानिय तह रहेको रामेछापमा सबै दलका नेताहरु चुनावी कार्यक्रम सहित गाउँ केन्द्रित भएका हुन् ।

यतिखेर गाउँगाउँमा दैनिकजसो पार्टीका विभिन्न कार्यक्रमहरु भइरहेका छन् । गाउँगाउँमा अहिले वडा भेला, कार्यकर्ता भेटघाट, प्रशिक्षण, पार्टी प्रवेश लगाएतका कार्यक्रमहरु भइरहेका छन् । यतिखेर सवै पार्टीका नेताहरु मतदातालाई कसरी आफ्नो पक्षमा पार्ने भन्ने दौडधुमा रहेका छन् । अहिले पार्टीको निर्णय अनुसार नेपाली काँग्रेस रामेछापले “घरघर जाऔं नेपाली काँग्रेसलाई जिताऔं” भन्ने मुल नारा लिएर गाउँ पसेको छ । काँग्रेसले दैनिक जसो पालिकाका सबै वडा तह र वस्तीवस्तीसम्म पुगेर भेटघाट गर्ने कार्यक्रम गर्दै आएको छ । त्यस्तै पार्टीले पालिकाको वडा तहदेखी जिल्ला तहसम्मका पदाधिकारीलाई प्रशिक्षण कार्यक्रम गरेर गाउँगाउँमा खटाइएको नेपाली काँग्रेस रामेछापका प्रवक्ता नारायण बोगटीले जानकारी दिए ।

त्यसैगरी नेकपा एमालले पनि गाउँगाउँमा पुगेर कार्यकर्ताहरुसँग भेटघाट र अन्र्तक्रिया कार्यक्रमहरु गर्दै आएको छ । पार्टीले वडा तह देखी पालिका हुँदै जिल्ला तहसम्म स्थानिय तहको निर्वाचन लक्षित कार्यक्रमहरु संचालन गर्दै आएको नेकपा एमाले रामेछापका जिल्ला अध्यक्ष आनन्दकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै नेकपा माओवादी केन्द्र रामेछापले पनि स्थानिय तहको निर्वाचन नजिकिदै जाँदा निर्वाचन लक्षित कार्यक्रमहरु संचालन गर्दै आएको छ । यतिखेर माओवादी केन्द्र रामेछापले टोलटोलमा कार्यकर्ता भेटघाट र प्रशिक्षण कार्यक्रममा व्यस्त रहेको नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष मयनकुमार मोक्तानले जानकारी दिए ।

त्यसैगरी नेकपा (एस) ले पनि गाउँगाउँमा संगठन विस्तार गर्दै आएको छ । उक्त पार्टीले स्थानिय तहको चुनाव लक्षित कार्यक्रम समेत संचालन गर्दै आएको छ । गाउँगाउँमा पार्टी प्रवेश कार्यक्रम सँगै कार्यकर्ता भेला गर्दै आएको नेकपा (एस) रामेछापका अध्यक्ष रमेशकुमार वस्नेतले जानकारी दिए ।

स्थानिय तहको उम्मेदवारमा आकांक्षी पुरानै
स्थानिय तहको निर्वाचनको मिति नजिकीदै जाँदा रामेछापका केही स्थानिय तहका जनप्रतिनिधिहरु दोहोरिने आकांक्षा राखेका छन् ।

रामेछापमा ८ वटा स्थानिय तह मध्ये मन्थली नगरपालिका, उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका, लिखुतामाकोशी गाउँपालिका र खाँडादेवी गाउँपालिका गरी ५ वटा पालिकामा नेकपा एमालले जित हासिल गरेको थियो । जसमध्ये अहिले उमाकुण्ड गाउँपालिकाका प्रमुख शेरवहादुर सुनुवार, गोकुलगंगा गाउँपालिका प्रमुख खड्ग बहादुर सुुनुवार र खाँडादेवीका प्रमुख प्रेम वहादुर तामाङले यसवर्ष पनि स्थानिय तहको निर्वाचनमा दोहोरिने आकांक्षा राखेका छन् ।

यसवाहेक मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेत नेकपा (एस) पार्टीमा प्रवेश गरेका छन् । उनले पनि नेकपा (एस) वाट आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन् । उता लिखु तामाकोशी गाउँपालिका प्रमुख गोबिन्द वहादुर खड्का भने अहिलेसम्म उम्मेदवारी दिने वा नदिने यस बिषयमा कुनै आधिकारीक धारणा घोषणा गरेका छैनन् ।

नेपाली काँग्रेसवाट निर्वाचित रामेछाप नगरपालिकाको प्रमुख नरबहादुर थापामगर पनि दोहोरिने मनस्थितीमा छैनन् । यसवाहेक नेकपा माओवादी केन्द्रवाट निर्वाचित सुनापति गाउँपालिकाका प्रमुख धावा लामा दोहोरिने मनस्थितीमा छैनन भने दोरम्वा शैलुङ्ग गाउँपालिकाका प्रमुख कमानसिंह तामाङ्ग पनि दोहोरिने मनस्थितीमा रहेका छन् ।

उनीहरु वाहेक दुई नगरपालिका उप–प्रमुख र ६ वटै पालिका उपाध्यक्षले भने अहिलेसम्म दोहोरिने वा छाड्ने यस बिषयमा केही धारणा सार्वजनिक गरेका छैनन् । यसवाहेक रामेछापका अधिकासं स्थानिय तहका वडा अध्यक्षहरु पनि पुनः दोहोरिने आकांक्षीको लिस्टमा रहेकाे जनाएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...