दोलखा जिल्लाको तमाकोशी गाउँपालिका–मालुमा मतदानका क्रममा उत्पन्न विवादपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ।
मतदानस्थलमा विवाद चर्किएर केही व्यक्तिले निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गर्न खोजेपछि प्रहरीले चेतावनीस्वरूप हवाई फायर गरेको हो। जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले उक्त घटनाको पुष्टि गरेका छन्।
प्रशासनका अनुसार अहिले अवस्था सामान्य भइसकेको छ र मतदान प्रक्रिया पुनः शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको जानकारी दिइएको छ।









