मतदान अधिकृत सामाग्री बुझेर मतदान स्थलतर्फ लागे

Written by meropradesh creator

१ मंसिर २०७९, बिहीबार

रामेछाप । मंसिर ४ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा सदस्य निर्वाचनको लागि मतदान गराउन खटिएका मतदान अधिकृत र अन्य कर्मचारीहरु आवश्यक सामाग्री लिएर गाउँ प्रस्थान गरेका छन् ।


मुख्य निर्वाचन कार्यालय रामेछापले निर्वाचन सम्पन्न गराउनको लागि रामेछापका १ हजार ८ सय १७ जना कर्मचारीहरु खटाएको छ । मतदान स्थल र मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले जिल्ला निर्वाचन कार्यालयवाट आवश्यक निर्वाचन सामाग्री बुझेर बिहिवार साँझसम्म मतदान स्थलमा पुग्ने गरि गाउँ तर्फ लागेका हुन् ।

मतदान गराउन खटिएका सवै कर्मचारीहरुलाई कार्यालयले ६० प्रकारका निर्वाचन सामाग्रीहरु प्रदान गरिएको र ती सवै सामाग्री लिएर मतदान अधिकृत र कर्मचारीहरु आजसाँझसम्म आ–आफ्नो मतदानस्थल पुगेर सूचना सार्वजनिक गर्नुपर्ने जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत मधुकर कुमार शाहले जानकारी दिए ।

उनले भने– निर्वाचन सामाग्री गाउँगाउँसम्म पुरयाउनका लागि केही सरकारी सवारीसाधन र केही भाडामा सवारीसाधन लिएर मतदानका सामाग्रीहरु पठाएका छौं । केही नजिकका मतदान स्थलको सामाग्रीहरु भने आज दिनभर वितरण गरिने पनि अधिकारी शाहले बताए ।


रामेछापमा एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको छ । जसमा १ लाख ८० हजार १ सय ६ जना मतदाताले निर्वाचनमा मतदान  गर्नेछन् । जिल्लामा ९६ वटा मतदान स्थल र २२६ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । ती मतदान केन्द्रको सुरक्षाको लागि करिव २५ सयको संख्यामा म्यादी प्रहरी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको मुख्य निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

चितवन–३ मा रास्वपाको जित, रेणु दाहाल दोस्रो स्थानमा सीमित

चितवन–३ मा रास्वपाको जित, रेणु दाहाल दोस्रो स्थानमा सीमित

चितवन–३ को प्रतिनिधिसभा निर्वाचनमा सोविता गौतमले जित हासिल गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी की उम्मेदवार गौतमले ५९,२७७ मत प्राप्त गर्दै आफ्नी निकटतम प्रतिस्पर्धी रेणु दाहाल लाई करिब ३८,६६२ मतले पराजित गरिन्। दाहालले २०,६१५ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित...

रास्वपाको उदय: ३६ सिट जित, झापा–५ मा बालेन शाहको ठूलो अग्रता

रास्वपाको उदय: ३६ सिट जित, झापा–५ मा बालेन शाहको ठूलो अग्रता

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणामले देशको राजनीतिक परिदृश्यमा नयाँ मोड देखाएको छ। हालसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर प्रभावशाली प्रदर्शन गर्दै अग्रता लिइरहेको छ। पछिल्लो विवरणअनुसार रास्वपाले ३६...

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी भएका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा पुनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ भन्दा करिब तीन गुणा बढी मत ल्याउँदै जित...