मतदान अधिकृत सामाग्री बुझेर मतदान स्थलतर्फ लागे

Written by meropradesh creator

१ मंसिर २०७९, बिहीबार

रामेछाप । मंसिर ४ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा सदस्य निर्वाचनको लागि मतदान गराउन खटिएका मतदान अधिकृत र अन्य कर्मचारीहरु आवश्यक सामाग्री लिएर गाउँ प्रस्थान गरेका छन् ।


मुख्य निर्वाचन कार्यालय रामेछापले निर्वाचन सम्पन्न गराउनको लागि रामेछापका १ हजार ८ सय १७ जना कर्मचारीहरु खटाएको छ । मतदान स्थल र मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले जिल्ला निर्वाचन कार्यालयवाट आवश्यक निर्वाचन सामाग्री बुझेर बिहिवार साँझसम्म मतदान स्थलमा पुग्ने गरि गाउँ तर्फ लागेका हुन् ।

मतदान गराउन खटिएका सवै कर्मचारीहरुलाई कार्यालयले ६० प्रकारका निर्वाचन सामाग्रीहरु प्रदान गरिएको र ती सवै सामाग्री लिएर मतदान अधिकृत र कर्मचारीहरु आजसाँझसम्म आ–आफ्नो मतदानस्थल पुगेर सूचना सार्वजनिक गर्नुपर्ने जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत मधुकर कुमार शाहले जानकारी दिए ।

उनले भने– निर्वाचन सामाग्री गाउँगाउँसम्म पुरयाउनका लागि केही सरकारी सवारीसाधन र केही भाडामा सवारीसाधन लिएर मतदानका सामाग्रीहरु पठाएका छौं । केही नजिकका मतदान स्थलको सामाग्रीहरु भने आज दिनभर वितरण गरिने पनि अधिकारी शाहले बताए ।


रामेछापमा एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको छ । जसमा १ लाख ८० हजार १ सय ६ जना मतदाताले निर्वाचनमा मतदान  गर्नेछन् । जिल्लामा ९६ वटा मतदान स्थल र २२६ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । ती मतदान केन्द्रको सुरक्षाको लागि करिव २५ सयको संख्यामा म्यादी प्रहरी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको मुख्य निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापतिको कार्यशैलीको विरोध गर्दै पदाधिकारीहरूले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्रीसमेत रहेका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले कार्यकालको सुरुवातीदेखि नै...

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

रामेछाप । गौरीशङ्कर माध्यमिक विद्यालयले ६१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको अभिभावक भेलामा शिक्षक तथा विद्यार्थीले विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप...

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली । मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा फागुन ३ गतेदेखि सुरु भएको प्रथम महिला नगर भलिबलको उपाधि मन्थली नगरपालिका वडा नं ७ भटौलीले जितेको छ । बुधवार भएको फाइनल खेलमा वडा नं १३ फुलासीलाई पराजित गराउँदै भटौलीले प्रथम महिला भलिबलको उपाधि जितेको हो ।विजेता...