मोहन बस्नेतको बयान जस्ताको त्यस्तै

काठमाण्डौं । पूर्वमन्त्री एवं सिन्धुपाल्चोकका सांसद मोहन बस्नेतले अर्बौं रुपैयाँको भ्रष्टाचार रोक्न आफूले ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम(टेरामक्स) जडान गर्ने नीतिगत निर्णय गरेको दावी गर्नु भएको छ ।
उनले बयानमा भनेका छन् “अरबौं राजस्व घोटाला गरिरहेको परिस्थितिमा राज्यले चुप लागेर टुलुटुलु हेरिरहन मिल्दैन, विधि र प्रकृया अनुसार यस्ता आर्थिक अनुशासनहीनतालाई रोक्न मेरो पालामा प्रयासको थालनी भएको हो ।’
मोहन बस्नेतको बयानको सारसंक्षेप


मेरो कार्यकालमा केवल अर्बौं रुपियाँ दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले कलवाइपास गरेर हिनामिना गरेको कुरा सार्वजनिक मात्र भएन, त्यस बेला बङ्गाली नागरिक रुवेल चौधरी लगायत दर्जनौँ व्यक्तिहरू राजश्व हिनामिनाको केसमा पक्राउ परेका थिए ।
त्यही पृष्ठभूमिमा मैले राजश्व हिनामिना भएको कुरालाई रोक्दै आर्थिक अनुशासन कायम गर्ने पवित्र उद्देश्यले दूरसञ्चार प्राधिकरणले ल्याएको नीतिगत प्रस्तावमा सहमति गरेको हुँ ।
आर्थिक पक्ष र ऐन कानुन मिलाएर आवश्यकताअनुसार काम गर्ने काम दूरसञ्चार प्राधिकरणको हो । दूरसञ्चार ऐन, २०५३ को दफा २० मा सरकारले प्राधिकरणलाई निर्देशन दिन सक्ने र सरकारले आफैले दूरसञ्चार सेवा सञ्चालन गर्न गराउन सक्ने भन्ने रहेकोले नेपालमा कल बाइपास प्रकरण वा राजश्व हिनामिना नियन्त्रण गर्न र राजश्व वृद्धि गर्ने उद्देश्यले दूरसञ्चार प्राधिकरणले ल्याएको नीतिगत प्रस्ताव ठानेर मैले सहमति दिएको थिएँ ।
सेवा प्रदायकहरू मध्ये एनसेलको ग्राहक बढ्ने तर राजस्व घटने, आ।व। २०७४।७५ को तुलनामा आ।व। २०७८।७९ मा करिव २१ अर्व वार्षिक रुपमा राजश्वमा कमी आएको हुँदा के कति कारणले आम्दानीमा कमी आएको हो भन्ने सत्य तथ्य पत्ता लगाउन पनि यो प्रविधि जडान गर्न आवश्यक भएकोले मैले सहमति दिएको हो ।
दूरसञ्चार ऐन, २०५३ को परिच्छेद ४ को दफा १८ र २० मा नेपाल सरकारको विशेष अधिकार प्रयोग गरेर पनि मन्त्रीको हैसियतले देशको हितका लागि राजश्व चुहावट रोक्ने पवित्र मनसायले काम गर्न नेपाल दुरसञ्चार प्राधिकरणले सहमतिको लागि पेश गरेको वार्षिक कार्यक्रममा आफुले थप कार्यक्रम समेत समावेश गर्ने निर्णय गरी सहमति दिएको हुँ ।
संविधानमा भएको गोपनियता सम्बन्धी कुरा मलाई थाहा छ तर दूरसञ्चार प्रदायक संस्थाहरूले कल बाइपास गरेर राजश्व ठगी गरेको कुरालाई रोक्ने विधि प्रयोग गर्ने मैले दिएको सहमति वा निर्देशन यो विषयसँग बिलकुल फरक छ ।
गोपनियताको हकमा सबै जनताको गोपनियताको हकमा अतिक्रमण गर्न पाइँदैन । कुनै विशेष प्रयोजनको लागि विशेष व्यक्ति वा समूह लक्षित विधायिकाले कानुन बनाउन सक्छ तर मैले दिएको सहमति नेपाल दूरसञ्चार प्राधिकरणलाई, यो विषयसँग सम्बन्धित छैन र राजश्व रोक्ने विधिसँग माक्र सम्बन्धित छ ।
वैयत्तिक गोपनियता सम्बन्धी ऐन, २०७५ बारे मलाई जानकारी थियो । त्यससँग सम्बन्धित सर्वोच्च अदालतको फैसला मलाई जानकारी थिएन । तर अदालतको आदेश बमोजिम हुनु पर्नेमा सहमत छु ।
अपराध अनुसन्धान बाहेकमा व्यक्तिगत सूचना लिन दिन नसकिने विषय मलाई जानकारी थियो तर ९टेरामक्सको विषय० कल बाइपास राजश्व हिनामिनासँग मात्र सम्बन्धित छ । धेरै दुरसञ्चार सेवा प्रदायक सँस्थाहरुले कल बाइपास गरेर राजश्व हिनामिना गरेका छन तर एनसेलले सबै भन्दा बढी कर छली गरेको छ, सीआईबीले समेत प्रमाणित गरेको छ ।
यो सवालमा म मात्र होइन प्रत्येक देशभक्त नेपालीहरूले प्रयास गर्नुपर्छ भन्ने पनि मेरो भनाई छ । तत्कालिन परिस्थितिमा दुरसञ्चार सेवा प्रदायक सँस्थाहरुले व्यापक रुपमा कल बाइपास गरी अरबौं राजश्व घोटाला गरेको प्रकरण चली दर्जनौं व्यक्तिहरु थुनामा राखी कारबाही अगाडी बढाएको थियो ।
यो पृष्ठभूमीमा टेरामक्स शब्द अगाडि आयो, मेरो बुझाइमा टेरामक्स भनेको टेलिफोन सिष्टममा ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल गर्ने विधि र प्रक्रिया हो, कसैको गोपनियता भङ्ग गर्नेगरी कल डिटेल हेर्ने होइन, मलाई जानकारी भएको यही हो ।
सीआईबीले नै एनसेलले २०६८ बाट २०७६ सम्म १२ अर्बभन्दा बढी राजश्व कल बाइपास गरेर हिनामिना र्गयो भनेर तथ्याङ्क सार्वजनिक गरेको छ भने बाँकी कति हो कति छ ।
टेलिफोन वा दुरसञ्चार सेवा प्रदायक कम्पनीहरुले गैरकानुनी ढङ्गबाट वार्षिक अर्बौं राजश्व घोटाला गरिरहेको परिस्थितिमा राज्यले चुप लागेर टुलुटुलु हेरिरहन मिल्दैन, विधि र प्रकृया अनुसार यस्ता आर्थिक अनुशासनहिनतालाई रोक्न मेरो पालामा प्रयासको थालनी भएको हो ।
मैले सिङ्गो नेपाल र नेपालीहरूको हितका लागि दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूलाई वित्तीय अनुशासन कायम गराउने उद्देश्यले कलवाइपास गरी राजश्व ठगी गर्ने धन्दालाई निरुत्साहित गर्ने र राजश्व कानुन अनुसार वृद्धि गराउने प्रयोजनको लागि प्रयास गरेको छु ।
टेरामक्स निर्णय गरेपछि केही विवादहरु सिर्जना गर्न खोज्दा सर्वोच्च अदालतले पनि मैले सहमति दिएको विषयलाई पुष्टि र आवश्यकता बोध गराई बल पुग्नेगरी फैसला दिएको छ । मैले सदनियतले भ्रष्टाचारजन्य क्रियाकलापलाई रोक्न र आर्थिक अनियमिततालाई रोक्ने उद्देश्यले आफूले काम गरेको कुरा पनि निवेदन गर्न चाहन्छु ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...

रामेछापमा एसईईको नतिजा सार्वजनिक : ८१.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

रामेछापमा एसईईको नतिजा सार्वजनिक : ८१.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

मन्थली ।रामेछापको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ, रामेछापले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका ८९ सामुदायिक र ३ संस्थागत गरी कूल ९२ विद्यालयका विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए । सार्वजनिक गरिएको...