मञ्च भत्काईदिए पछी मन्त्रीले गर्ने शिलान्यास कार्यक्रम प्रभावित

Written by meropradesh creator

२१ फाल्गुन २०७७, शुक्रबार

बुटवल । स्थानियले अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्ने कार्यक्रमका लागि बनाईएको स्टेज (मञ्च) भत्काई दिए पछी कार्यक्रम प्रभावित भएको छ । सरकारले औद्योगिक क्षेत्र प्रभावितहरुको माग सम्बोधन नगरी सहमति विपरीत औद्योगिक क्षेत्र बनाउन लागेको भन्दै रुपन्देही–मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यासका लागि बनाइएको मगरघाट पुल नजिकै बनाईएको मञ्च स्थानीयले भत्काइदिएका हुन् ।
ठूलो संख्यामा आएको स्थानीयले मञ्च भत्काउन पुगे पछि प्रहरीले समेत रोक्न नसकेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जनाएका छन् । पोखरेलका अनुसार अहिले सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । स्थानीयलाई जानकारी नै नदिई ५० औं वर्षदेखि बसोबास गरिरहेका बासिन्दालाई वैकल्पिक व्यवस्था नगरि उद्योग स्थापना गर्न लागेपछि विरोध गरिएको बताईएको छ । करीब ९ सय ४६ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गरिने र २ सय ५० वटा भन्दा बढी उद्योग सञ्चालन हुने बताईएको छ ।

मोतीपुरमा शिलान्यास नरोके आत्मदाह गर्छौंः स्थानीय,
मोतीपुर क्षेत्रका स्थानीयले औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रम रोक्न माग गरेका छन् । शिलान्यासको निर्णयले परिवारका सदस्यहरु विक्षिप्त भएको र सामुहिक आत्मदाह गर्ने विचार प्रकट भएको उनीहरुको भनाइ छ । उनीहरुले बस्ती र जोतभोगको जग्गा उपलब्ध गराइ बाँकी जग्गामा मात्र औद्योगिक क्षेत्र स्थापना गर्न माग गरेका छन् । नेपाल औद्योगिक व्यवस्थापन लिमिटेडले शुक्रबार मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यासको कार्यक्रम राखेको छ । यसअघि १३ गतेको लागि तय भएको शिलान्यास कार्यक्रम स्थगित भएपछि शुक्रबारको लागि अर्को कार्यक्रम तय भएको हो । आफूले जोतभोग गरेको जग्गा मोतीपुर औद्योगिक क्षेत्रको नाममा गएको भन्दै सुरुदेखि नै विरोध गर्दै आएका स्थानीयले शिलान्यास कार्यक्रम अवरोध गर्ने चेतावनी दिएका हुन् ।
२०७३ सालमा स्थलगत निरिक्षण विना ३ हजार ६२ घर र करिब २ सय ५० विघा जग्गा सहित ८ सय १३ विघा जग्गा रातारात औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा पारेको अहिले पनि गासबासको ग्यारेन्टी नगरी औद्योगिक क्षेत्र निर्माण अघि बढाउन खोजेको उनीहरुको आरोप छ । आफुहरुको विरोधको कार्यक्रमलाई कमजोर नठान्न र धरपकड भएमा जस्तोसुकै कदम चाल्न पछि नपर्ने शुद्धोधन गाउँपालिका ४ का स्थानीय रामप्रसाद पाण्डेको भनाइ छ । उनले स्थानीयको असहमतिकै बीच शिलान्यासको प्रयास भएमा सामुहिक आत्मदाह गर्ने चेतावनी दिए । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले भने शिलान्यास कार्यक्रम नरोकिने बताए। ‘स्थानीयले अवरोध गरेमा शान्ति सुरक्षाको काम सरकारको हो। हामीले शिलान्यास रोक्दैनौं’–उनले भने–‘सरकारी जग्गा ओगटेर बस्ने, वार्ता पनि नगर्ने, काम पनि गर्न नदिएर सँधैभरि कहाँ हुन्छ र ?’
बस्नेतले आफूले पटक पटक गएर स्थानीयसँग छलफल गरेको बताए। ‘दर्जनौपटक स्थानियसँग छलफल गरेको छु, मलाई कुन कित्तामा कसको घर छ भन्ने सबै थाहा छ।’–उनले भने–‘कसको के समस्या छ, म वान टु वान छलफल गर्न तयार छु।’ साँच्चीकै सुकुम्बासी हो भने कसरी बस्ती व्यवस्थापन गर्न सकिन्छ भनेर लिमिटेडले भूमिसुधार मन्त्रालयसँग पनि कुरा गरेको बस्नेतले बताए । बस्नेतले देशभरको सेड्युल अनुसार औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाएको बताए। उनले अहिले शिलान्यास नगरे बजेट पार्न समस्या हुने उल्लेख गरे। ‘यो अहिले छुट्यो भने यहाँको बजेट सबै बाँके जान्छ। जति सक्दो काम अघि बढ्यो त्यति फाइदा हुन्छ।’
उनले औद्योगिक क्षेत्र निर्माण हुदाँ कसैलाई पनि विस्थापित नगर्ने बताए। अहिले अव्यवस्थित बस्ती रहेको र अब व्यवस्थापन सहितको औद्योगिक क्षेत्र निर्माण हुने उनको भनाइ छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछाप  । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–रामेछाप सडकखण्डमा स्कुटरले जंगली मृगलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। आज बिहान  मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटर अगाडि एक्कासि मृग आएपछि...