मन्त्रीले उद्घाटन गरेको ल्याब एक महिनापछि संचालनमा

Written by meropradesh creator

१६ मंसिर २०७८, बिहीबार

रामेछाप । बागमती प्रदेशका स्वास्थ्य मन्त्री प्रदिपकुमार कटुवाल (क्षेत्री)ले उद्घाटन गरेर छाडेको जिल्ला अस्पताल रामेछापको पिसिआर ल्याव एक महिनापछि मंगलवारबाट संचालनमा आएको छ ।


प्रदेश सरकारले गएको साउन महिनामा उपलव्ध गराएको उक्त पिसिआर ल्याव संचालनमा नआउँदै मन्त्री कटुवालले कार्तिक ६ गते रामेछाप आएर हतारहतारमा रिबन काटेर उद्घाटन गरेर फर्किएका थिए । मन्त्रीले जिल्ला अस्पतालमा पिसिआर ल्यावको उद्घाटन गरेपनि संचालन गर्ने दक्ष जनशक्ति नहुँदा उक्त पिसिआर ल्याब एक महिनादेखी थन्किएर बसेको थियो ।

मन्त्रीले ल्याब उद्घाटन गरेको एक महिनापछि प्रदेश सरकारले जनस्वास्थ्य प्रयोगशाला बाट २ जना दक्ष जनशक्ति पठाएपछि उक्त ल्याब संचालनमा आएको हो । पिसिआर ल्याबमा हरेक पटक ९६वटा गरि दैनिक १२ पटकसम्म परिक्षण गर्न मिल्ने क्षमताको मेसिन जडान गरिएको जिल्ला अस्पताल रामेछापले जनाएको छ ।

रामेछापमा कोरोना बिरामीको संख्यामा बृद्धिभएसँगै स्वाब परिक्षणका छिमेकी जिल्ला वा राजधानी पठाउनुपर्दा रिर्पोट आउन धेरै दिन लाग्ने नागरिकहरुले हैरानी व्यहोर्दै आएपछि प्रदेश सरकारले जिल्ला अस्पताल रामेछापलाई गत असोज महिनामा पिसिआर ल्याव परिक्षण जिल्लामा हुने गरि पिसिआर ल्याब उपकरण प्रदान गरेको थियो ।


पिसिआर ल्याबको सबै उपकरण जिल्लामा आएर जडान हुँदा समेत संचालनमा आउन नसक्दा कोरोना लागेका वा कोरोनाको मिल्दोजुल्दो शंका लागेका रामेछापका नागरिकहरुको स्वाब परिक्षणका लागि स्वास्थ्यकर्मीहरुले छिमेकी जिल्ला काभ्रे, दोलखा, सिन्धुली कित राजधानी नै पठाउँदै आएका थिए ।

जिल्लामा ल्याब भएर पनि दक्ष जनशक्तिको अभावमा संचालनमा नआउँदा धेरै नागरिकहरले दुःख पाएको बिषयलाई लिएर पटक–पटक प्रदेश सरकारसँग अनुरोध गर्दा बल्ल दक्ष जनशक्ती प्राप्त भएकाले ल्याब संचालनमा ल्याइएको जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रीनले जानकारी दिए ।

उनले भने– पहिला जिल्लामा कोरोना महामारी बढेसँगै पिसिआर परिक्षण गर्न बाह्य जिल्लाको भर पर्नुपर्ने वाध्यता थियो । जिल्लावाट पिसिआर गरेर संकलन गरिएको स्वाबको रिर्पोट आउन तीनदिन देखी एक हप्तासम्म बिरामीले कुर्नुपर्ने वाध्यता थियो । ढिलै भएपनि प्रदेश सरकारले दक्ष जनशक्ती पठाएर ल्याब संचालनमा ल्याएका छौं । कोरोना शंका लागेका नागरिकहरुले अब जिल्लामा नै पिसिआर ल्याबको रिर्पोट ५ देखी ६ घण्टाभित्रै प्राप्त गर्न सकिने अध्यक्ष पाख्रीनले बताए ।


जिल्लामा नै पहिलो पटक कोरोना बिरामीहरुको स्वाब परिक्षणको लागि ल्याब संचालनमा आउँनु सुखद कुरा हो । अब नागरिकहरुले पहिलाको जस्तो दुःख पाउन बाट मुक्ती मिलेको नागरिक समाजका अगुवा एंब तामाकोशी अस्पतालका अध्यक्ष गोबिन्दप्रसाद घिमिरेले जानकारी दिए ।

उनले भने– जिल्लामा पिसिआर ल्याब संचालन नहुँदा कोरोना लागेका र शंका भएका व्यक्तिको स्वाब संकलन गरेर पठाएको रिर्पोट कुर्दाकुुर्दै बिरामीले ज्यान नै गुमाउनुपर्ने अवस्था समेत सिर्जना भएको थियो । ढिलै भएपनि जिल्लामा ल्याब संचालन भएपछि आम रामेछापबासीमा खुशियाली छाएको अध्यक्ष घिमिरेले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु रामेछाप २६ भाद्र । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडि नजिकै भित्री सडकमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रामेछापबाट मन्थलीतर्फ आउँदै गरेको बा.प्र.०१–०२६ च ४९१३ नम्बरको टाटाको योद्धा...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...