मन्त्री बादे र काँग्रेस कार्यकर्ताबीच रामेछापमा भेटघाट

११ भाद्र २०८२, बुधबार

रामेछाप – बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चन चन्द्र बादेले नेपाली काँग्रेस रामेछापका नेता तथा कार्यकर्तासँग मन्थलीमा विशेष भेटघाट गरेका छन्। नेपाली काँग्रेस मन्थली नगर समितिको आयोजनामा भएको उक्त कार्यक्रममा स्थानीय स्तरका नेता, जनप्रतिनिधि तथा पार्टी कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बादेले काँग्रेस नेता तथा कार्यकर्ताले “सिर ठाडो पारेर हिँड्ने गरी काम गर्नुपर्ने” आवश्यकता औंल्याए। उनले पार्टी संगठनलाई सुदृढ बनाउनै काँग्रेसको मुख्य जिम्मेवारी रहेको उल्लेख गर्दै कुनै पनि जिल्ला वा पालिकामा विभेद गर्ने गरी काम नगर्ने स्पष्ट प्रतिवद्धता जनाए। मन्त्री बादेका अनुसार विकास र समृद्धिको यात्रामा सबै क्षेत्रलाई समान महत्व दिनुपर्ने हुन्छ र त्यसैअनुसार आफूले जिम्मेवारी निर्वाह गर्ने बताए।

कार्यक्रममा उपस्थित रामेछापका काँग्रेस नेता तथा कार्यकर्ताले बागमती प्रदेश सरकारले प्रस्तुत गरेको चालु आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि प्रकट गरे। उनीहरूले रामेछापलाई बजेटीय विनियोजनमा उपेक्षा गरिएको भन्दै आपत्ति जनाउँदै जिल्लाको विकासका लागि ठोस कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरे। उनका अनुसार रामेछाप भौगोलिक, सामाजिक र आर्थिक दृष्टिले महत्वपूर्ण सम्भावना बोकेको जिल्ला भए पनि योजनागत प्राथमिकतामा पछि पर्नु अन्यायपूर्ण भएको छ।

सोही अवसरमा कार्यकर्ताहरूले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र रोजगारका क्षेत्रमा प्रदेश सरकारले थप ध्यान दिनुपर्ने सुझाव दिएका थिए। उनीहरूले मन्त्रीलाई जिल्लामा देखिएका समस्या र चुनौतीहरूबारे अवगत गराउँदै आगामी दिनमा रामेछापलाई प्राथमिकता दिने अपेक्षा राखे।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बीपी राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइँदै

बीपी राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइँदै

रामेछाप  — बीपी राजमार्ग विभिन्न स्थानमा क्षति पुगेपछि अहिले सम्म उक्त क्षेत्रमा यातयात अबरूद् छ । आइतबार साँझसम्म पनि सडक पूर्ण रूपमा खुलाउन समस्या हुने प्रहरीले जनाएको छ। अविरल वर्षा र बाढीका कारण बनेका डाइभर्सन बगाउँदा यातायात सञ्चालन प्रभावित बनेको हो। जिल्ला...

पोखरेलद्वारा विवादास्पद व्यवहार र अभिव्यक्तिप्रति क्षमायाचना

पोखरेलद्वारा विवादास्पद व्यवहार र अभिव्यक्तिप्रति क्षमायाचना

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले ओखलढुंगामा भएको विवादास्पद व्यवहार र अभिव्यक्तिबारे सार्वजनिक रूपमा क्षमायाचना गर्नुभएको छ। शुक्रबार जारी विज्ञप्तिमा उहाँले सामाजिक सञ्जालमा प्रसारित भिडियोले घटनाको पूर्ण सन्दर्भ नसमेट्दा गलत सन्देश गएको उल्लेख...

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप : प्रारम्भिक बालविकासका क्षेत्रमा अभिभावकलाई सचेत र जागरुक बनाउने उद्देश्यले रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला तथा प्रदर्शनी’ आयोजना हुने भएको छ। रामेछाप नगरपालिका र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको संयुक्त आयोजनामा आगामी वैशाख ३१ गते यो कार्यक्रम...