मन्थलीमा निःशुल्क आँखा शिविर

Written by meropradesh creator

१९ जेष्ठ २०७९, बिहीबार

रामेछाप । रामेछापमा आँखाका बिरामीको संख्यामा बृद्धि भएसँगै उनीहरुलाई लक्षित गरी सदरमुकाम मन्थलीमा निःशुल्क दुई दिने आँखा शिविर संञ्चालन गरिएको छ ।

आजबाट शुरु भएकोे उक्त शिविर भोली (शुक्रवार) सम्म संचालन हुने छ । नेपाल नेत्र ज्योती संघ सगरमाथा चौधरी आँखा अस्पताल लहान र मन्थलीमा रहेको सुभम पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरको आयोजनामा उक्त शिविर संञ्चालन गरिएको हो । शिविरको पहिलो दिन ४० जना मोतीया बिन्दु भएका बिरामीहरुको शल्यक्रिया गरिएको छ । बर्षौदेखी आँखाको समस्या भोग्दै आएकी मन्थली नगरपालिका–१ की ८० बर्षिय नन्दकुमारी सुबेदीले गाउँमै निःशुल्क रुपमा आँखाको उपचार गर्न पाउँदा ज्यादै खुशि लागेको बताइन ।


शिविरको पहिलो दिन आँखा सम्वन्धी समस्या भएका १ सय १० जना बिरामीहरुको आँखा जाँच र आँखाको पावर कम भई नजिक हेर्न समस्या भएका बिरामीहरुलाई पावर चश्मा समेत निःशुल्क रुपमा बितरण गरिएको सुभम पोलिक्लिनिक एण्ड डाईग्नोष्टिक सेन्टरका संचालक डा.केशव धामीले जानकारी दिए ।

उनले भने– पछिल्लो समय दिनप्रतिदिन बढिरहेको प्रदुषण, धुुलो धुवाको कारणले आँखाका बिरामीको संख्या बढिरहेको छ । ग्रामिण भेगका महिलाहरु धुवाँमा धेरै समय बिताउपर्ने भएकाले पनि महिलाहरुमा आँखाको समस्या धेरै हुने गरेको उपचारको क्रममा भेटिएको डा. धामीले बताए ।


भोलीसम्म संचालन हुने उक्त शिविरमा डा.विक्रम श्रेष्ठको नेतृत्वमा आएको स्वास्थ्यकर्मीको टोली संलग्न रहेका छन् भने शिविरको क्याम्प इन्चार्जमा राजकुमार यादव रहेको आयोजक संस्थाले जनाएको छ । आयोजक संस्थाले निःशुल्क रुपमा गरेको सो शिविरमा आँखाका विरामीहरुलाई आँखा जाँच गरी मौकाको फाइदा उठाउन समेत अनुरोध गरेको छ ।


आँखाको समस्या दैनिक रुपमा बढ्दै गएपछि समस्याबाट बच्न धुवाँ, धुलोबाट बच्ने, आँखाको सरसफाई गरिरहनुपर्ने, मोबाइल, टिभी, कम्प्युटर कम प्रयोग गर्न समेत उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...