मन्थलीमा निःशुल्क आँखा शिविर

Written by meropradesh creator

१९ जेष्ठ २०७९, बिहीबार

रामेछाप । रामेछापमा आँखाका बिरामीको संख्यामा बृद्धि भएसँगै उनीहरुलाई लक्षित गरी सदरमुकाम मन्थलीमा निःशुल्क दुई दिने आँखा शिविर संञ्चालन गरिएको छ ।

आजबाट शुरु भएकोे उक्त शिविर भोली (शुक्रवार) सम्म संचालन हुने छ । नेपाल नेत्र ज्योती संघ सगरमाथा चौधरी आँखा अस्पताल लहान र मन्थलीमा रहेको सुभम पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरको आयोजनामा उक्त शिविर संञ्चालन गरिएको हो । शिविरको पहिलो दिन ४० जना मोतीया बिन्दु भएका बिरामीहरुको शल्यक्रिया गरिएको छ । बर्षौदेखी आँखाको समस्या भोग्दै आएकी मन्थली नगरपालिका–१ की ८० बर्षिय नन्दकुमारी सुबेदीले गाउँमै निःशुल्क रुपमा आँखाको उपचार गर्न पाउँदा ज्यादै खुशि लागेको बताइन ।


शिविरको पहिलो दिन आँखा सम्वन्धी समस्या भएका १ सय १० जना बिरामीहरुको आँखा जाँच र आँखाको पावर कम भई नजिक हेर्न समस्या भएका बिरामीहरुलाई पावर चश्मा समेत निःशुल्क रुपमा बितरण गरिएको सुभम पोलिक्लिनिक एण्ड डाईग्नोष्टिक सेन्टरका संचालक डा.केशव धामीले जानकारी दिए ।

उनले भने– पछिल्लो समय दिनप्रतिदिन बढिरहेको प्रदुषण, धुुलो धुवाको कारणले आँखाका बिरामीको संख्या बढिरहेको छ । ग्रामिण भेगका महिलाहरु धुवाँमा धेरै समय बिताउपर्ने भएकाले पनि महिलाहरुमा आँखाको समस्या धेरै हुने गरेको उपचारको क्रममा भेटिएको डा. धामीले बताए ।


भोलीसम्म संचालन हुने उक्त शिविरमा डा.विक्रम श्रेष्ठको नेतृत्वमा आएको स्वास्थ्यकर्मीको टोली संलग्न रहेका छन् भने शिविरको क्याम्प इन्चार्जमा राजकुमार यादव रहेको आयोजक संस्थाले जनाएको छ । आयोजक संस्थाले निःशुल्क रुपमा गरेको सो शिविरमा आँखाका विरामीहरुलाई आँखा जाँच गरी मौकाको फाइदा उठाउन समेत अनुरोध गरेको छ ।


आँखाको समस्या दैनिक रुपमा बढ्दै गएपछि समस्याबाट बच्न धुवाँ, धुलोबाट बच्ने, आँखाको सरसफाई गरिरहनुपर्ने, मोबाइल, टिभी, कम्प्युटर कम प्रयोग गर्न समेत उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...