रामेछाप । मन्थलीमा जुखा खेलीरहेको अवस्थामा नगद १ लाख ९२ हजार ९ सय ५० रुपँया सहित ५ जना लाई जिल्ला प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापले नगद १ लाख ९२ हजार ९ सय ५० रुपँया र १६ थान कौडा सहित ५ जनालाई नियन्त्रणमा लिएको हो । शुक्रबार राति १२ बजेको समयमा जुवा खेलाइरहेको भन्ने सुचना प्राप्त हुन साथ खटिएको टोलीले जुवा खेल्दा खेल्दै नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।
बिश्वब्यापी रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी निषेधाज्ञालाई अवज्ञा गरी अबैध रुपमा एक ब्यक्तिले आफ्नो घरको भुइतलामा पैसाको बाजी लगाइ जुवा खेलाएको अवस्थामा घर घनी सहित प्रकाउ गरेको प्रहरीले जनाएको छ । प्रकाउ पर्ने ४ जना मन्थली नगरपालिकावासी रहेका छन् भने एक जना खाडाँदेवी घर भई सिन्धुली बस्ने ब्यक्ति रहेका छन् ।









