मन्थलीमा मोतियाबिन्दुको शल्यक्रिया शिविर, ६९ जना लाभान्वित

१४ भाद्र २०८२, शनिबार


मेरो प्रदेश डेक्समन्थली, भाद्र १४
रामेछापको सदरमुकाम मन्थलीमा शुक्रबारदेखि दुईदिने निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविर सुरु भएको छ । मोतियाबिन्दुबाट आँखाको ज्योति आंशिक वा पुर्ण रुपमा गुमेका बिरामीलाई दृष्टि फर्काउन सहयोग गर्ने हेतुले सामुदायिक विकास समाजको आयोजनामा जिल्ला सामुदायिक आँखा केन्द्रमा शिविर सुरु भएको हो । नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठान, सामुदायिक सर्किजल आँखा केन्द्र रामेछापको ‘केयर ब्लाइन्डनेस प्रोजेक्ट’ तथा पीएसएफ लक्जेम्बर्ग र खाँडादेवी गाउँपालिकाको सहयोगमा शिविर सुरु भएको सामुदायिक विकास समाजले जनाएको छ । 
समाजका निर्देशक मिलन कुमार घिसिङले केही दिन अघि खाँडादेवी गाउँपालिकामा सम्पन्न आँखा शिविरबाट पहिचान भएका बिरामीसहित अन्य पालिकाका मोतियाबिन्दुका बिरामीलाई समेत शल्यक्रिया सेवा दिन शिविर आयोजना गरिएको बताए । उनका अनुसार पहिलो दिन ६९ जना बिरामीको शल्यक्रिया गरिएको थियो भने शिविर अवधिभर १ सय ५० जनाको शल्यक्रिया हुने छ ।  मोतियाबिन्दुले आँखाको समस्या भोगिरहेका तर आर्थिक अभावमा उपचारबाट वञ्चित बिरामीलाई शिविरमा उपचार शल्यक्रिया सहित खानबस्न र यातायातको व्यवस्था पनि गरिएको उनले बताए । आर्थिक अभाव र भौगोलिक कठिनाइका कारण शल्यक्रियाबाट वञ्चित भएका मोतियाबिन्दुका बिरामीको आँखाको ज्योति फर्काउन शिविर महत्वपूर्ण रहेको समाजले जनाएको छ । 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एमाले महाधिवेशन – रामेछापबाट १२ प्रतिनिधि सर्वसम्मत चयन

एमाले महाधिवेशन – रामेछापबाट १२ प्रतिनिधि सर्वसम्मत चयन

रामेछाप— नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि रामेछापबाट १२ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन् । यसअघि कुल ६७ जना नेताहरुले उम्मेदवारी दर्ता गरे पनि अन्ततः सहमतिमै प्रतिनिधि छनोट टुंगो लागेको एमाले रामेछापले जनाएको छ ।खुला समूहमा दर्ता भएका ३४...

रामेछापमा सम्पन्न ‘आठौँ राष्ट्रपति रनिङ शिल्ड’ मा गौरीशङ्कर मावि च्याम्पियन

रामेछापमा सम्पन्न ‘आठौँ राष्ट्रपति रनिङ शिल्ड’ मा गौरीशङ्कर मावि च्याम्पियन

रामेछाप— रामेछाप नगरपालिका–८ स्थित टुडिखेलमा सम्पन्न आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस वर्ष गौरीशङ्कर माध्यमिक विद्यालय रामेछाप समग्र च्याम्पियन बनेको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा विद्यालयले उत्कृष्ट खेलकुद प्रदर्शन र सर्वाधिक पदक जित्दै सबैको ध्यान...

जेसिज रामेछाप–२०२६ का लागि अध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत

जेसिज रामेछाप–२०२६ का लागि अध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत

रामेछाप । जेसिज रामेछापले वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन गरेको छ ।सभाबाट कुमार श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको छ । नेतृत्व चयनसँगै जेसिजले नयाँ ऊर्जा र योजनासहित आगामी वर्षका कार्यक्रम अघि बढाउने तयारी गरेको छ ।नया कार्यकारिणीमा कार्यकारिणी...