मन्थलीमा मनाईयो धान दिवस

Written by meropradesh creator

१५ असार २०७८, मंगलवार

रामेछाप । मन्थलीमा रामेछाप बहुप्राबिधिक शिक्षालयले १८ औं राष्ट्रिय धान दिवस मंगलबार औपचारीक कार्यक्रमका विच मनाईएको छ । मन्थली नगरपालिका–१ सानी मदौमा रहेको रामेछाप बहुप्राबिधिक शिक्षालयलको हाता भित्र धान रोपर १८ औं राष्ट्रिय धान दिवस मनाइएको हो । मन्थली नगरपालिका, कृषि ज्ञान केन्द्र रामेछाप र रामेछाप बहुप्राबिधिक शिक्षालयको संयुक्त आयोजना दिवस मनाइएको हो ।
कोरोनाका कारण जारी निषेधाज्ञाको कारण बृहत कार्यक्रम नगरिए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर दिवस मनाइएको हो । सोमबार सम्म देशभरि कूल २७.१२ प्रतिशत धान रोपिसकिएको कृषि विभागले जनाएको छ । जिल्ला समन्वय समिती रामेछापका संयोजक प्रेम बहादुर खड्काको अध्यक्षतामा भएको रोपाई महोत्सवमा खड्काले दिवसको महत्वको बारेमा स्पष्ट पार्दै धानको महत्व नेपालको सन्र्दर्भमा अधिकाँश ठाउँमा उत्तिकै भएकोले पनि दिवसलाई देशको सम्वृद्धिसंग जोड्न सुझाब दिए ।

उनले धानको उत्पादनलाई बढाउनसके मात्र कृषकहरुमा उत्साह जाग्ने भन्दै कृषकहरुको सम्मान गर्न सकेमात्रै दिवसले सार्थकता पाउने विश्वास् ब्यक्त गरे । त्यस्तै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले धान दिबसको महत्वलाई गाउँ(गाउँसम्म पुर्याइ उत्पादनसंग जोड्न सक्नु पर्नेमा जोड दिए । उनले उपभोगको हिसाबले धानका उपभोक्ताहरु अत्याधिक रहेकोले धानको उत्पादनमा जोड दिन सके यसबाट कृषकहरुले पनि राम्रो आम्दानी गर्ने धारणा राखेका थिए । उनले नेपाल कृषि प्रधान देश भएकाले कृषि व्यवसायलाई सम्मानित पेशाको रुपमा अबलम्बन् गर्न सक्नु पर्ने र त्यसका लागि सरकारले पनि गम्भिरताका साथ काम गर्नु पर्ने बताए ।
कार्यक्रममा रामेछाप बहुप्राबिधिक शिक्षालयलका प्रमुख हरि अधिकारीले सहभागि अतिथिहरुलाई स्वागत गर्दै नेपालको सन्दर्भमा धान दिवसको महत्वका बारेमा प्रकाश पारेका थिए । उनले धानको उत्पादन र सरकारको चासो आदीका बारेमा तथ्यगत रुपमा प्रकाश पारेका थिए । कार्यक्रममा नेपालमा धान दिवसको शुरुवात र यसले नेपालको सन्दर्भमा पारेको प्रभावका बारेमा पनि उनले प्रकाश पारेका थिए ।

 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...