मन्थलीमा माईक्रोवस दुर्घटना १० घाइते २ को अवस्था गम्भिर

Written by meropradesh creator

२१ बैशाख २०७९, बुधबार

रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ६ सेलेघाटमा माईक्रोवस दुर्घटना भएको छ । दुर्घटनामा परी १० जना घाइते भएका छन् । घाइते मध्य २ जनाको अवस्था भने गम्भिर रहेको छ ।

आज दिउसो करीब १ः३० तिर काठमाण्डौं बाट मन्थली तर्फ आउदै गरेको बा २ ख ४१८० नम्बरको माइक्रोवस सडक बाट करिब २० मिटर तल खस्दा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजु प्रर्साद ढकालले जानकारी दिए । दुर्घटनाको खबर पाउन साथ जिल्ला प्रहरी र म्यादी प्रहरीले घाइतेहरुको तत्काल उद्धार गरी सिन्धुलीको खुर्कोटमा रहेको शुभजिवन अस्पताल र सुनकोशी सामुदायिक अस्पतालमा उपचार गराइरहेको प्रहरी निरीक्षक ढकालले जानकारी दिए ।

घाइते मध्य रामेछापको खाँडादेवी गाउँपालिका– १ बस्ने बर्ष ३७ वर्षकी सविना मोक्तान र मन्थली नगरपालिका –५ का ३७ बर्षका सिताराम कार्कीको अवस्थामा गम्भिर रहेको छ । उनीहरुको खुर्कोटको शुभजिवन अस्पतालमा उपचार भइरहेको छ । अन्य आठ जनाको अवस्था समान्य रहेको छ । उनीहरुको पनी शुभजिवन अस्पताल र सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मन्थली नगरपालिका–४ सालु बस्ने चालक नारद खड्का भने फरार रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरु निम्न अनुसार रहेका छन

१) जिल्ला दोलखा विगु गा.पा.–३ बस्ने बर्ष २३ की स्वस्तिका श्रेष्ठ दाहिने आखाँमाथी चोट अवस्था सामान्य (शुभ जिवन अस्पतालमा उपचार भईरहेको)
२) निजकै छोरा १० महिनाको आनन्द श्रेष्ठ दाहिने आँखामाथी चोट अवस्था सामान्य ।(शुभ जिवन अस्पतालमा उपचार भईरहेको)
३) जिल्ला रामेछाप लिखुतामाकोसी गा.पा.–६ बस्ने बर्ष ५६ को केशर बहादुर सार्की टाउको र बाया हात र बाया खुट्टामा चोट अवस्था मध्यम ।(सुनकोसी सामुदायिक अस्पतालमा उपचार भईरहेको)
४) निजकै छोरा बर्ष १६ को अनिस सार्की टाउको ढाड र वाया कानमा चोट अवस्था मध्यम । (सुनकोसी सामुदायिक अस्पतालमा उपचार   भईरहेको)
५) जिल्ला रामेछाप खाँडादेवी गा.पा.– १ बस्ने बर्ष ३७ की सविना मोक्तान टाउकोमा र दाहिने हातमा चोट अवस्था गम्भिर ।(शुभ जिवन अस्पतालमा उपचार भईरहेको)
६) निजकै छोरा बर्ष ६ को सिजन मोक्तान दाहिने आँखामाथि चोट अवस्था सामान्य । (शुभ जिवन अस्पतालमा उपचार भईरहेको)
७) जिल्ला सिन्धुली कमालामाई न.पा.–११ बस्ने बर्ष २६ को शिवहरी बुढाथोकी दाहिने खुट्टामा चोट अवस्था सामान्य ।(शुभ जिवन अस्पतालमा उपचार भईरहेको)
८) जिल्ला रामेछाप मन्थली न.पा.–५ बस्ने बर्ष ३७ को सिताराम कार्की ढाडमा चोट अवस्था गम्भिर ।(शुभ जिवन अस्पतालमा उपचार भईरहेको)।
९) ऐ.ऐ.रामेछाप न.पा.–४ बस्ने बर्ष ३० की यमुना तामाङ दाहिने हात र दाहिने घुडामा चोट अवस्था सामान्य ।(शुभ जिवन अस्पतालमा उपचार भईरहेको)
१०) ऐ.ऐ. मन्थली न.पा.– १ बस्ने बर्ष ४१ कुमार थापा निदारमा चोट अवस्था सामान्य ।(शुभ जिवन अस्पतालमा उपचार भईरहेको)

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...