मन्थलीमा बाल दीवस भब्य रुपमा मनाईयो

Written by meropradesh creator

४ मंसिर २०७८, शनिबार

रामेछाप । अन्तराष्ट्रिय बाल दीवस मन्थलीमा भब्य रुपमा मनाईएको छ । शनिबार सदरमुकाम मन्थलीमा सहभागि दर्जन भन्दा बढि विद्यालयका बाल बालीकाहरुले विभिन्न कार्यक्रमको आयोजना गरि दीवस मनाएका हुन् ।
वाताबरण संरक्षण परियोजना मन्थलीको आयोजना तथा मन्थली नगरपालिका, रामेछाप नगरपालीका र नगर बालक्लब संजाल मन्थली रामेछापको सहकार्यमा आयोजित कार्यक्रमको आरम्भमा निश्कििएको र्यालीले बजार परिक्रमा गरेको थियो । बाल अधिकार सम्बन्धि ब्यानर र विभिन्न प्लेकार्ड सहित जिल्ला समन्वय समिति बाट निस्किएको र्याली मन्थली बजार परिक्रमा गरि सामुदायीक हलमा पुगेर औपचारीक कार्यक्रममा परिणत भएको थियो ।


कार्यक्रममा परियोजना लागु भएका रामेछाप र मन्थली नगरपालीकाका एक दर्जन विद्यालयका बाल वालीकाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बाल बालीका हरुले विभिन्न कविता बाचन, नृत्य,तथा सांस्कृतिक कार्यक्रम र विभिन्न मनोरन्जनमय प्रहसन प्रस्तुत गरि कार्यक्रमलाई रमणिय बनाएका थिए ।
जिल्ला समन्वय प्रमुख प्रेम खड्काले प्रमुख आतिथिका रुपमा बोल्दै दीबसले बाल बालीकाको क्षमता विकास अध्ययन तथा मनोरन्जनको क्षेत्रमा समेत सहयोग पुग्ने भएकोले दिवसलाई महत्व दिन आग्रह गरेका थिए । वाताबरण संरक्षण परियोजनाले बाल वालिकाको क्षेत्रमा भएको कामको पनि सहभागि बक्ताहरुले सह्ना गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रजिअ दीपक पहाडी ,नेपाल पत्रकार महासँघका अध्यक्ष बद्री नयाँघरे,बाल तथा मानबअधिकारकर्मि हिमाल ढ्ँगेल,परियोजनाका बलराम लामा लगायतका बक्ताहरुले दीवसको महत्बका बारेमा प्रकाश पार्नूृ भएको थियो ।
विगत पाँच बर्ष देखि रामेछाप नगरपालीकाका वडा नं ७,८ र ९ गरि ३ वटा वडा र मन्थली नगरपालीकाको वडा नं १,२ र ३ मा काम गर्दै आएको परियोजनाले बाल क्लब संजाल गठन गरि क्लब मार्फत बृक्षारोपण लगायत बातावरण संरक्षण तथा बालीकाको चेतना तथा क्षमता अभिबुद्धि, तथा शैक्षिक उन्न्यन लगाएतको क्षेत्रमा काम गर्दे आएको छ । जस अन्र्तगत उसले कार्यक्रम लागु भएका सबै वडाहरुमा बाल कल्ब संजाल गठन गरी काम पनि गर्दे आएको परियोजनाले जनाएको छ ।
परियोजनाले रामेछाप नगरपलाीकाको बडा नं ७ मा ६ वटा,वडा नं ८ मा ७ वटा वडा नं ९ मा ४ वटा वाल क्ल्ब संजाल गठन गरेको छ त्ययस्ौगरि मन्थली नगरपालीकाको वडा नं १ मा ९ वटा,बडा नं २ मा ६ वटा मन्थली ३ मा ३ वटा मन्थली ४ मा ६ वटा बालक्लब संजाल गठन गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु रामेछाप २६ भाद्र । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडि नजिकै भित्री सडकमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रामेछापबाट मन्थलीतर्फ आउँदै गरेको बा.प्र.०१–०२६ च ४९१३ नम्बरको टाटाको योद्धा...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...