मन्थलीमा अब अग्नि नियन्त्रण सञ्चालनमा आउने

Written by meropradesh creator

२१ फाल्गुन २०७७, शुक्रबार

रामेछाप । जिल्लाको सदरमुकाम मन्थलीमा रहेको अग्नि नियन्त्रण अब सञ्चालनमा आउने भएको छ । मन्थली नगरपालिकाले केही वर्ष अघी अग्नि नियन्त्रण खरिद गरेर ल्याएको भएता पनी तालिम प्राप्त चालक नहुदा खासै सञ्चालनमा ल्याउन सकेको थिएन । हालै नगरपालिकाले मन्थलीस्थित सशस्त्र प्रहरी वल,नेपाल आश्रित गुल्मको सहकार्यमा रामेछापमा ३ दिने अग्नि नियन्त्रक अनुशिक्षण तालिम सुरु गरेको छ ।
तालिको उद्घाटन गर्दै मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले मन्थली नगरपालिकामा अग्नि नियत्रणका विभिन्न उपकरणहरु हुँदाहुँदै पनि ति उपकरणहरू चलाउन सक्ने दक्ष जनशक्ति नहुँदा समस्या भैरहेको वर्तमान अवस्थामा यो तालिमले दक्ष जनशक्ति उत्पादन हुने बिश्वास ब्यक्त गरेका छन् ।
कार्यक्रमको अवसरमा नेपाल आश्रित गुल्म रामेछापका प्रहरी नायव उपरीक्षक केशव राज प्याकुरेलले कार्यक्रका सहभागिहरुलाई स्वागत गर्दै जिल्लामा अग्नि नियन्त्रक पर्याप्त नहुँदा समस्या भैरहेको कुरा पहिचाहन भएपछि आफ्नो पहलमा नगरपालिका सँग मिलेर यो तालिम आयोजना गरेको बताए


तिन दिन सम्म सञ्चालन हुने तालीममा सशस्त्र प्रहरी, जनपथ प्रहरी, नेपाली सेना, मन्थली न.पा.का कर्मचारीहरू,नेपाल रेडक्रस सोसाइटिका कर्मचारी तथा स्वंयम सेवक, र जिल्ला वन कार्यालयका कर्मचारी सहित ३५ जना सहभागि रहेका छन् । सहभगीहरुलाई सशस्त्र प्रहरी वल,नेपाल आश्रित गुल्म रामेछापका प्रहरी नायव उपरीक्षक केशव राज प्याकुरेल,प्रहरी सहायक निरीक्षक सुजन केशी,स. प्र.ना.नि लक्ष्मण गौतम स.प्र.स.ह युवराज विश्वकर्मा, स.प्र.ज नविन कुमार वस्नेत, नागरिक उड्डेन कार्यालयका अग्नि नियन्त्रक द्वय मधुसुदन थापा र राजेन्द्र थापाले प्रशिक्षण दिएका छन

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...