रामेछाप । नेपाली कांग्रेसका मन्थली नगरपालिका भित्रका वडा अध्यक्षका उमेरद्वार र इकाइ सभापतीहरु संग नेपाली कांग्रेस मन्थली नगर समितीले सुझाब लिएको छ । मंगलबार जिल्ला पार्टी कार्यलयमा नगर प्रमुखका उमेरद्वार बिनोद कार्की र उपमेयरका उमेरद्वार यशोदा श्रेष्ठ ,सभापती पुर्णबहादुर तामाङ्ग (कान्छाराम) सहित नगर समितीले वडाको अवस्था र समस्याको बारेमा सुझाब लिएको छ ।
वडाको गतिबिधी र वडाको अवस्था बारे सबै वडाका वडा अध्यक्षका उमेरद्वार र वडाका सभापतीहरुले आफ्नो वडाको बारेमा नगरलाई जानकारी गराएको छ । वडाको अवस्था बारे जानकारी लिए पछी सभापती तामाङ्गले वडाको अवस्था सुधार गर्न पार्टि लागी पर्ने बताएका छन् । साथै जिम्मेवारी दिने क्रममा कुनै साथीहरु छुट्न गएकोले केहि साथीहरुको गुनासो रहेकोले आफु माफी माग्न समेत तयार भएको बताए । काम गर्दा सबै आफुले सोचे जस्तो नहुने भएकोले केही गल्ती र कम्जोरी भएको समेत सभापती तामाङ्गले बताएका छन् ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...