मन्थलीका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएनन

Written by meropradesh creator

७ माघ २०७८, शुक्रबार

रामेछाप । सरकारले अग्रभागमा रहेर काम गर्ने स्वास्थ्य कर्मीलाई दिने भनेको जोखिम भत्ता रकम मन्थली नगरपालिकामा कार्यरत १ सय ३४ जना स्वास्थ्यकर्मीहरुले अहिलेसम्म पाउन सकेका छैनन् ।

कोरोना महामारी बढेसँगै पहिलो चरणमा नै स्वास्थ्यकर्मीहरुलाई ५० प्रतिशतसम्म जोखिम भत्ता दिने गरि सरकारले वजेटको व्यवस्थापन गरेर स्थानिय तहमा पठाउँदा पनि उक्त रकम स्वास्थ्यकर्मीहरुले पाउन सकेका छैनन् । स्वास्थ्यकर्मीहरुले पहिलो चरणकै रकम पाउन नसकेको अवस्थामा कोरोनाको तेस्रो लहरमा काम गर्ने की नगर्ने भन्ने बिषयमा कर्मचारीहरु बिच छलफल भइरहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.नवराज श्रेष्ठले जानकारी दिए ।

उनले भने– कोरोनाका बिरामी वढेसँगै हामीहरुले आइसोलेसनमा विरामी भर्ना गरेर काम गर्दै आएका छौं । नगरपालिकाले कोरोनाको पहिलो चरणमा केही स्वास्थ्यकर्मीलाई आशिंक रकम मात्रै दियो । कर्मचारीले सरकारले भने अनुसारको रकम अझै पाउन सकेका छैनन् । हामीले पाउने जोखिम भत्ताको बिषयमा पटक–पटक नगरपालिकासँग रकम माग गर्यौ तर अझै पाउन सकेका छैनौं । अब फेरी कोरोनाको तेस्रो लहरको सामना गर्दै छौं । सरकारले कर्मचारीलाई दिएको सुविधा वापतको रकम नपाएपछि कर्मचारीले काममा चासो नदेखाएको डा.श्रेष्ठले बताए ।

मन्थली नगरपालिकाका १४ वटा वडाका स्वास्थ्य संस्थामा कार्यरत १ सय ३४ जना स्वास्थ्यकर्मीहरु रहेका छन् । ती मध्ये केही स्वास्थ्यकर्मीलाई पहिलो चरणको कोरोनाको समयमा केही रकम प्रदान गर्यौ र बाँकी अन्यलाई रकम उपलव्ध गराउन नसकिएको मन्थली नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख केशव फुयालले जानकारी दिए ।

उनले भने– पहिलो चरणमा केही स्वास्थ्यकर्मीले केही रकम पाए । कोरोनाको दोश्रो चरणको रकम अझै दिन सकिएको छैन् । पुनः कोरोनाको तेस्रो चरणमा पनि स्वास्थ्यकर्मीहरुले अग्रभागमा रहेर काम गर्नुपर्ने भएकाले कसलाई कसरी जोखिम भत्ता उपलव्ध गराउने भन्ने बिषयमा कार्यालयमा छलफल भएपछि मात्रै रकम उपलव्ध गराउने सोचमा मन्थली नगरपालिका रहेको छ । स्वास्थ्यसंस्थामा कार्यरत १ सय ३४ जना स्वास्थ्यकर्मी भएपनि सबैलाई उक्त रकम दिने मनस्थितीमा मन्थली नगरपालिका नरहेको पनि स्वास्थ्य प्रमुख फुयालले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...