मन्थलीका पशुपालक किसान कृतिम गर्भाधानप्रति आर्कषित

Written by meropradesh creator

१३ श्रावण २०७८, बुधबार

रामेछाप । पछिल्लो समय किसानहरुले पालेका गाईभैँसीमा नश्ल सुधार गर्दा दूध बढी दिन थालेपछि मन्थली नगरपालिकाका पशुपालक किसानहरु कृतिम गर्भाधानप्रति आकर्षित भएका छन् ।
गाउँमा पहिलाको जस्तै राँगा÷गोरु पाल्ने किसानहरुको संख्यामा कमी भएसँगै किसानहरुको रोजाई अहिले कृतिम गर्भाधान तर्फ आकर्षण बढेको हो । कृतिम गर्भाधान गर्न पशु प्राविधिक किसानको घरघरमै पुग्ने भएपछि किसानहरुलाई गाईभैँसी राँगो वा गोरु खोज्दै हिड्नु पर्ने झन्झटबाट मुक्ति मिलेको छ । जसका कारण किसानहरुलाई पशुचौपायामा रोग लाग्ने सम्भावना पनि कम हुने, समयको बचत समेत हुने र गर्भधान हुने ग्यारेन्टि समेत हुनेभएपछि किसानहरु पछिल्लो समय कृतिम गर्भाधान प्रति आकर्षण बढेको मन्थली नगरपालिका वडा नं ४ सालुका किसान जयबहादुर खत्री बताउँछन् ।
उनले भने– पछिल्लो समय गाउँमा पशु पाल्ने किसानको संख्या निकै कम छ । त्यसैले पशुले गर्भाधान हुने समयमा कराउन थालेपछि तत्काल घरमा पशु चिकित्सकलाई खबर गर्ने गरेका छौं । यसो गर्दा पशुलाई अन्यत्र लैजानु पनि नपर्ने, घरमा नै पशु चिकित्सकले सिमेन राखिदिने गरेका छन् । गाउँघरमा राँगा खोज्दै हिड्नु भन्दा यो सस्तो र दूध पनि बढ्ने र जन्मने पाडापाडी पनि राम्रो हुने भएकाले आफुहरुको रोजाई कृतिम गर्भाधान भएको पशु किसान खत्री बताउँछन् ।
चौधवटा वडा कार्यालय रहेको मन्थली नगरपालिकामा गएको आर्थिक वर्ष २०७७÷०७८ मा १ हजार १ सय ५६ वटा गाई, ५ सय ३२ वटा भैँसी र ३ वटा बाख्रामा गरि कुल १ हजार ६ सय ८९ वटा पशुमा कृतिम गर्भाधान गरिएको मन्थली नगरपालिका पशु सेवा शाखाका पशु सेवा प्राविधिक रोहिणीराज चापागाईले जानकारी दिए ।
उनले भने– बिगत वर्षहरुमा कृतिम गर्भाधान कार्यक्रम जिल्लाभर संचालनमा आएको थियो । तर अहिले यो कार्यक्रम जिल्लाका ८ वटा स्थानिय तहहरु मध्ये मन्थली नगरपालिकामा मात्रै रहेको छ । कृतिम गर्भाधान कार्यक्रमवाट किसानहरु प्रत्यक्ष लाभान्वित हुने भएकाले सबै किसानहरुको रोजाई कृतिम गर्भाधान रहेको पशु प्राविधिक चापागाईले बताए ।
यसरी कृतिम गर्भाधान गरिएका गाईमा ६० देखी ७० प्रतिशत र भैँसीमा ४० देखी ४५ प्रतिशतसम्म गर्भ रहने गरेको अध्ययनले देखाएको छ । मन्थली नगरपालिकामा कृतिम गर्भाधान गराउने कार्यलाई तीव्रता दिएसँगै दूधको उत्वादनमा समेत वार्षिक रुपमा ५ दशमलब ५ प्रतिशतका दरले बृद्धि हुँदै गएको पशु सेवा प्राविधिक चापागाई बताउँछन् ।


कृतिम गर्भाधान गराउँदा गाईमा जर्सी, होलेस्टिन र भैँसीमा मुर्राको सिमेन राख्ने गरिएको छ । मन्थली नगरपालिकाले स्थानिय जातका गाईभैँसीलाई नश्ल सुधार गरी दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ यो कार्यक्रम संञ्चालन गरिएको र यसलाई आगामी वर्षमा पनि निरन्तरता दिने गरि आवश्यक वजेट विनियोजन गरिएको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले जानकारी दिए ।
उनले भने– मन्थली नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउन पशुपालक किसानहरुलाई उन्नत जातका गाईभैँसी खरिदमा अनुदान, दूधमा अनुदान लगाएतका कार्यक्रमहरु समेत ल्याएका छौं । यसवाट पशुपालक किसानहरु अत्यन्त उत्साहित भएका छन् । पालिकाले अनुदानका कार्यक्रमहरु ल्याएपछि अहिले व्यवसायिक रुपमा गाईभैँसीका फर्म खोल्ने किसानहरुको संख्यामा विगत वर्षहरु भन्दा गएको वर्ष बृद्धि भएको नगर प्रमुख बस्नेतले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापतिको कार्यशैलीको विरोध गर्दै पदाधिकारीहरूले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्रीसमेत रहेका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले कार्यकालको सुरुवातीदेखि नै...

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

रामेछाप । गौरीशङ्कर माध्यमिक विद्यालयले ६१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको अभिभावक भेलामा शिक्षक तथा विद्यार्थीले विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप...

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली । मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा फागुन ३ गतेदेखि सुरु भएको प्रथम महिला नगर भलिबलको उपाधि मन्थली नगरपालिका वडा नं ७ भटौलीले जितेको छ । बुधवार भएको फाइनल खेलमा वडा नं १३ फुलासीलाई पराजित गराउँदै भटौलीले प्रथम महिला भलिबलको उपाधि जितेको हो ।विजेता...