मन्थलीका पशुपालक किसान कृतिम गर्भाधानप्रति आर्कषित

Written by meropradesh creator

१३ श्रावण २०७८, बुधबार

रामेछाप । पछिल्लो समय किसानहरुले पालेका गाईभैँसीमा नश्ल सुधार गर्दा दूध बढी दिन थालेपछि मन्थली नगरपालिकाका पशुपालक किसानहरु कृतिम गर्भाधानप्रति आकर्षित भएका छन् ।
गाउँमा पहिलाको जस्तै राँगा÷गोरु पाल्ने किसानहरुको संख्यामा कमी भएसँगै किसानहरुको रोजाई अहिले कृतिम गर्भाधान तर्फ आकर्षण बढेको हो । कृतिम गर्भाधान गर्न पशु प्राविधिक किसानको घरघरमै पुग्ने भएपछि किसानहरुलाई गाईभैँसी राँगो वा गोरु खोज्दै हिड्नु पर्ने झन्झटबाट मुक्ति मिलेको छ । जसका कारण किसानहरुलाई पशुचौपायामा रोग लाग्ने सम्भावना पनि कम हुने, समयको बचत समेत हुने र गर्भधान हुने ग्यारेन्टि समेत हुनेभएपछि किसानहरु पछिल्लो समय कृतिम गर्भाधान प्रति आकर्षण बढेको मन्थली नगरपालिका वडा नं ४ सालुका किसान जयबहादुर खत्री बताउँछन् ।
उनले भने– पछिल्लो समय गाउँमा पशु पाल्ने किसानको संख्या निकै कम छ । त्यसैले पशुले गर्भाधान हुने समयमा कराउन थालेपछि तत्काल घरमा पशु चिकित्सकलाई खबर गर्ने गरेका छौं । यसो गर्दा पशुलाई अन्यत्र लैजानु पनि नपर्ने, घरमा नै पशु चिकित्सकले सिमेन राखिदिने गरेका छन् । गाउँघरमा राँगा खोज्दै हिड्नु भन्दा यो सस्तो र दूध पनि बढ्ने र जन्मने पाडापाडी पनि राम्रो हुने भएकाले आफुहरुको रोजाई कृतिम गर्भाधान भएको पशु किसान खत्री बताउँछन् ।
चौधवटा वडा कार्यालय रहेको मन्थली नगरपालिकामा गएको आर्थिक वर्ष २०७७÷०७८ मा १ हजार १ सय ५६ वटा गाई, ५ सय ३२ वटा भैँसी र ३ वटा बाख्रामा गरि कुल १ हजार ६ सय ८९ वटा पशुमा कृतिम गर्भाधान गरिएको मन्थली नगरपालिका पशु सेवा शाखाका पशु सेवा प्राविधिक रोहिणीराज चापागाईले जानकारी दिए ।
उनले भने– बिगत वर्षहरुमा कृतिम गर्भाधान कार्यक्रम जिल्लाभर संचालनमा आएको थियो । तर अहिले यो कार्यक्रम जिल्लाका ८ वटा स्थानिय तहहरु मध्ये मन्थली नगरपालिकामा मात्रै रहेको छ । कृतिम गर्भाधान कार्यक्रमवाट किसानहरु प्रत्यक्ष लाभान्वित हुने भएकाले सबै किसानहरुको रोजाई कृतिम गर्भाधान रहेको पशु प्राविधिक चापागाईले बताए ।
यसरी कृतिम गर्भाधान गरिएका गाईमा ६० देखी ७० प्रतिशत र भैँसीमा ४० देखी ४५ प्रतिशतसम्म गर्भ रहने गरेको अध्ययनले देखाएको छ । मन्थली नगरपालिकामा कृतिम गर्भाधान गराउने कार्यलाई तीव्रता दिएसँगै दूधको उत्वादनमा समेत वार्षिक रुपमा ५ दशमलब ५ प्रतिशतका दरले बृद्धि हुँदै गएको पशु सेवा प्राविधिक चापागाई बताउँछन् ।


कृतिम गर्भाधान गराउँदा गाईमा जर्सी, होलेस्टिन र भैँसीमा मुर्राको सिमेन राख्ने गरिएको छ । मन्थली नगरपालिकाले स्थानिय जातका गाईभैँसीलाई नश्ल सुधार गरी दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ यो कार्यक्रम संञ्चालन गरिएको र यसलाई आगामी वर्षमा पनि निरन्तरता दिने गरि आवश्यक वजेट विनियोजन गरिएको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले जानकारी दिए ।
उनले भने– मन्थली नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउन पशुपालक किसानहरुलाई उन्नत जातका गाईभैँसी खरिदमा अनुदान, दूधमा अनुदान लगाएतका कार्यक्रमहरु समेत ल्याएका छौं । यसवाट पशुपालक किसानहरु अत्यन्त उत्साहित भएका छन् । पालिकाले अनुदानका कार्यक्रमहरु ल्याएपछि अहिले व्यवसायिक रुपमा गाईभैँसीका फर्म खोल्ने किसानहरुको संख्यामा विगत वर्षहरु भन्दा गएको वर्ष बृद्धि भएको नगर प्रमुख बस्नेतले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछाप  । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–रामेछाप सडकखण्डमा स्कुटरले जंगली मृगलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। आज बिहान  मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटर अगाडि एक्कासि मृग आएपछि...