रामेछाप । मन्थली नगरपालिका–१० चनखुमा बिभिन्न पार्टी परित्याग गरि ८६ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । ७२ औं प्रजातन्त्र दिवसको अवसरमा नेपाली काँग्रेस मन्थली नगरपालिका–१० इकाइले आयोजना गरेको शुभकामना आदन प्रदान कार्यक्रममा नेकपा एमाले,नेकपा माओवादी केन्द्र र राप्रपा परित्याग गरी उनीहरु नेपाली काँग्रेसमा प्रबेश गरेका हुन् । पार्टी प्रबेश कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सभापती पुर्ण बहादुर तामाङ (कान्छाराम) ले रामेछाप जिल्लाको सबै वडामा काँग्रेसले जित हासिल गर्ने बताएका छन् । सभापती कान्छारामले नेकपा एमाले र माओवादीले लिन मात्र जानेको तर दिन केहि नजानेको दावी गरेका छन् । निर्वाचित जनप्रतिनिधीले चुनाव अघि आफुले बोलेको कुरा भुलेर भ्रस्टचार मात्र गरेको आरोप पनि लगाएका छन् ।
आफुले चुनाबको समयमा बोलेको कुरा हारेर पनी ब्यक्तिगत रुपमा भए पनि पुरा गर्ने कोसिस गरिरहेको बताएका छन् । अब आउने निर्वाचनमा नेपाली काँग्रेसलाई निर्वाचित गराउन आग्रह गर्दै कांग्रेसले स्थानिय तहमा जिते विकास निर्माणले गती लिर्ने बताएका छन् । नेपाली काँग्रेस मन्थली नगरपालिका–१० का सभापती नबिन्द्र कार्कि सन्तोषको अध्यक्षतामा भएको कार्यक्रममा निबर्तमान सभापती, लबश्री न्यौपाने, पुर्ब सभापती रामचन्द्र खड्का, सचिब बिनोद कार्की र दिपक खड्का लगाएत नेताहरुले प्रजातन्त्र दिवसको अवसरमा सुभकामना मन्तब्य राखेका थिए । नेपाली काँग्रेसमा नव प्रेबेशीलाई स्वागत अब स्थानिय निर्वाचन नजिकै आइ सकेकोले चुनाबको तयारीमा लाग्न आग्रह गरेका छन् ।