रामेछाप । मन्थली नगरपालिका–१ मा नेपाली काँग्रेसको तर्फवाट वडा अध्यक्षका उम्मेदवार होमप्रसाद पौडेल( रामहरी) सहित उम्मेदवार वनेका बहुमत सदस्य विजयी भएका छन् ।
मन्थलीमा आइतवार सम्पन्न मतगणनामा नेपाली काँग्रेसका उम्मेदवार पौडेलले ९ सय २० मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेको तर्फवाट उम्मेदवार वनेका दिनेशराज सुवेदीले ७ सय ८४ मत प्राप्त गरेका छन् । काँग्रेसले एक महिला वडा सदस्य र एक खुल्ला सदस्य जितेको छ भने एक दलित महिला सदस्य र एक खुल्ला सदस्यमा नेकपा एमाललेका उम्मेदवार निर्वाचित भएका छन् ।
नेपाली काँग्रेसवाट वडा अध्यक्ष पदमा निर्वाचित भएका पौडेल यसअघि २०७४ सालको स्थानिय तहको निर्वाचनमा पनि वडा सदस्य पदमा निर्वाचित भएका थिए । निर्वाचित वडा अध्यक्ष पौडेल २०६२–०६३ सालमा भएको जनआन्दोलनका घाइते समेत हुन् ।