मन्थली नगरपालिकामा च्यातेको माईन्युट टाले

Written by meropradesh creator

१३ बैशाख २०७९, मंगलवार

रामेछाप । दुई हप्ता अघि मन्थली नगरपालिकाका प्रमुख र प्रशासकिय अधिकृतले एकलौटी ढंङ्गले विकास रकम बाडफाँड गरेको भन्दै पालिकाको बैठकमा सदस्यहरुले च्यातेको माईन्युट नगरपालिकाले पुनः टालटुल पारेको छ ।

कार्यपालिकाको बैठक नै नबसी पालिकाका प्रमुख रमेश बस्नेतले प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेल बिच तालमेल गरेर बागमती प्रदेश र संघीय सरकारवाट आएको करिव ५ करोड रुपैयाँ वजेटवाट आफ्ना आसेपासे र कार्यकर्तालाई स–साना टुक्रे योजना बितरण गरेका थिए । बितरण गरेको रकम अनुमोदन गर्ने गरी गत चैत्र २९ गते कार्य पालिकाको बैठक आव्हान गरिएको थियो ।

सो बैठकमा पालिकाका प्रमुख रमेश वस्नेत र प्रमुख प्रशासकिय अधिकृत पौडेलले आफुखुसी वजेट वाडफाँड गरेको भन्दै कार्यपालिकाका सदस्यहरुले माइन्युट च्यातच्युत पारेका थिए । सदस्यहरुले माइन्युट च्यातेपछि वैठक अवरुद्ध भएको थियो । वजेट कार्यपालिकाको वैठकवाट निर्णय नै नगराई केही योजना सम्झौता गरेर काम सम्पन्न भएर भुक्तानी दिइसकेकाले आफु समस्यामा पर्ने भएपछि प्रमुख प्रशासकिय अधिकृत पौडेलले कार्यपालिकाका सदस्यहरुसँग रोई कराई गरेर हारगुहार मागेका थिए ।

बितरण गरिएको कतिपय टुक्रे योजनाको काम सम्पन्न भई योजनाको रकम समेत भुक्तानी गरिसकेको छ । कानुन विपरित एकलौटी ढङ्गले वजेट बितरण गरेर समस्या परेपछि कार्यपालिकाका सदस्यहरुसँग नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेत र प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले माफी मागेपछि केही दिनअघि पुनः कार्यपालिकाको बैठक बसेको हो ।

कार्यपालिकाको वैठकमा च्यातिएको माइन्युट टालटुल पारेर त्यही माइन्युटमा उपस्थिती उठाएर भुक्तानी दिन वाँकी रहेका सवै योजनाको रकम भुक्तानी दिने गरी निर्णय भएको कार्यपालिकाका एक सदस्यले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...