मन्थली नगरपालिकाले लोकसेवा तयारी कक्षा संचालन गर्दै

Written by meropradesh creator

७ फाल्गुन २०७७, शुक्रबार

रामेछाप । मन्थली नगरपालिकाले १५ दिने निःशुल्क लोकसेवा तयारी कक्षा संञ्चालन गर्ने भएको छ । लोकसेवाद्धारा लिइने प्रश्नावली समेटेर नगरपालिकाले नायव सुब्बा र खरिदारको लागि तयारी कक्षा सञ्चालन गर्न लागेको हो । पालिकाले सञ्चालन गर्न लागेको तयारी कक्षाको लागि आफ्नो पालिका भित्र रहेका युवायुवतीले उक्त कक्षामा सहभागी हुन पाउने गरि सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।
नगरपालिकाले संचालन गर्न लागेको लोकसेवा तयारी कक्षामा महिला, आदिवासी, जनजाती र दलित समुदायका नागरिकहरुले सहभागीता जनाउन पाउने भएका छन् । तयारी कक्षामा सहभागीता जनाउन इच्छा हुनेले मन्थली नगरपालिकामा निवेदन दर्ता गर्नुपर्ने प्रावधान राखिएको छ । नगरपालिका भित्र रहेका १४ वटै वडाका नागरिकहरुले तयारी कक्षाको लागि सहभागीता जनाउन पाउने भएता पनि निवेदन परेका व्यक्तिहरु बिच प्रतिस्पर्धा गराई सहभागि छनौट गराएर मात्रै तयारी कक्षा संचालन गरिने मन्थली नगरपालिका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले जानकारी दिए ।


यसैगरी रामेछाप नगरपालिकाले पनि १५ दिने निःशुल्क तयारी कक्षा सञ्चालन गर्दै आएको छ । पछिल्लो समय युवायुवतीहरु स्थायी जागिरको लागि लोकसेवामा प्रतिस्पर्धा गर्ने संख्यामा बृद्धि भएसँगै नगरपालिकाहरुले पालिका भित्र रहेका युवायुवतीलाई लोकसेवाको तयारीको लागि निःशुल्क कक्षा सञ्चालन गराएर परिक्षा दिन पठाउँदै आएको छ ।
अघिल्लो वर्षहरुमा पनि यसैगरी स्थानिय तहहरुले लोकसेवाको तयारी कक्षामा संचालन गर्दै आएका थिए । तयारी कक्षामा सहभागीता जनाएर परिक्षा दिन जाने धेरै युवायुवतीहरुले लोकसेवा आयोगमा नाम निकालेर स्थायी रुपमा जागिर खान थालेका छन् । पछिल्लो समय रामेछापका युवायुवतीहरुमा स्थायी जागिरप्रति आकर्षण बढ्दो छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनजस्तो संवेदनशील विषयलाई हल्का रूपमा लिनु देशका लागि घातक हुन सक्ने बताएका छन्। उनले संविधान संशोधन आवश्यक भए पनि त्यसका संवेदनशील पक्षलाई गम्भीरतापूर्वक बुझेर मात्र अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।...