मन्थली नगरपालिकाले दियो लदी पुजा गर्न सार्वजनिक बिदा
रामेछापको मन्थली नगरपालिकाले माझी समुदायको मुख्य पर्व ‘कोशी अर्थात् लदी पूजा’को अवसरमा फागुन १९ गते मंगलबार एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।पालिकाले एक सूचना जारी गर्दै यस दिन अत्यावश्यक सेवा बाहेक नगरपालिका, सम्पूर्ण वडा कार्यालय र शैक्षिक संस्थाहरू बन्द रहने जनाएको छ । विशेषगरी नदी किनारमा बसोबास गर्ने माझी समुदायले जलदेवता र प्रकृतिको पूजा गर्दै यो पर्व मनाउने गर्दछन्। यसले उनीहरूको परम्परागत संस्कृति र पहिचानलाई जोगाउँदै आएको छ। बिदाको दिन सेवाग्राहीलाई असुविधा नहोस् भनेर नगरपालिकाले यो पूर्वजानकारी गराएको हो।”









