मन्थली नगरपालिकाले ५१ हजार नागरिकको निःशुल्क मृर्गौला परिक्षण गर्ने

Written by meropradesh creator

५ मंसिर २०७८, आईतवार

रामेछाप । पछिल्लो समय धेरै नागरिकहरुमा मृगौला सम्वन्धी बिरामीको संख्यामा बृद्धि आएसँगै मन्थली नगरपालिकाले नगरभित्रका ५१ हजार नागरिकहरुको निःशुल्क मृगौला परिक्षण गरि मृगौला बचाउँ अभियान संञ्चालन गर्ने भएको छ ।

मन्थली नगरपालिकाले कार्यालयमा आइतवार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । नगरपालिकाले “स्वस्थ मिर्गौला–स्वस्थ मन्थली” भन्ने मूल नाराका साथ नगरपालिका भित्रका ६ वर्ष उमेर माथिका र ६० वर्ष उमेर सम्मका ५१ हजार नागरिकहरुको निःशुल्क रुपमा मृर्गौला परीक्षण गर्न लागेको हो ।

मृर्गौला बचाउँ अभियान अन्तर्गत राष्ट्रिय मिर्गौला उपचार केन्द्रको प्राविधिक सहयोगमा नगरपालिकाले उक्त कार्यक्रम जिल्लामा नै पहिलोपटक संञ्चालन गर्न लागेको हो । पछिल्लो समय मृर्गौला रोगीको संख्यामा निकै बृद्धि भएकोले यस रोग लागेर करोडौ रुपैयाँ रकम राज्यकोषबाट खर्च गर्नुभन्दा रोग नै लाग्न नदिन यो अभियान संञ्चालन गरिएको मिर्गौला बचाउँ अभियानका अभियान्ता डा.क्रृषी काफ्लेले जानकारी दिए ।

उनले भने– हाल नेपालको कुन जनसंख्याको १० प्रतिशतमा मृर्गौलाका बिरामी फेला परेका छन् । यो रोगवाट बच्न उचीत खानपान, व्यायाम र प्रशस्त पिउने पानी खानु उपयुक्त हुन्छ । त्यस्तै समयसमयमा अस्पतालमा गएर चिकित्सकसँग परामर्श लिने र चेकजाँच गरेको अवस्थामा शुरुमा नै उपचार गर्दा कम खर्चिलो र सहजै रोग निको हुने भएकाले समयसमयमा चेकजाँच गर्नु उपयुक्त हुने डा.काफ्लेले बताए ।

अभियान अन्तर्गत नगरपालिका भित्रका १४ वटा वडाका ३१ वटा स्थानमा परीक्षण गरिने भएको हो । मृर्गौला परीक्षणको लागि स्वास्थ्य संस्थामा गएका नागरिकहरुको स्वास्थ्यकर्मीले १ मिनेटमा नै पिसाव परीक्षणवाट मृर्गौला ठिक छ वा छैन् भन्ने छुट्याउन सक्ने आयोजक संस्थाले जनाएको छ । मृर्गौला बिरामीलाई सरकारले प्रति व्यक्ति १ लाख रुपैयाँ उपचार खर्च दिएता पनि उक्त रकम प्रयाप्त नभएको र मृर्गौला फेर्न धेरै झन्झटीलो हुने भएकाले रोग लागेर थलिनु भन्दा रोग नै लाग्न नदिनु बुद्धीमानी हुने भएकाले यसतर्फ सचेत हुन सबै नागरिकलाई डा. काफ्लेले अनुरोध समेत गरे ।


नगरपालिकाले यहीँ मंसिर २० गतेवाट प्रत्येक वडाका स्वास्थ्य संस्था र सरकारी अस्पताल र निजी अस्पतालहरुमा समेत गरि यो अभियान सञ्चालन गर्न लागेको हो । मृर्गौला परीक्षण कार्यक्रम शुरु भएको मितिले दुईहप्ता भित्र सम्मपन्न गर्ने मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले जानकारी दिए ।

उनले भने– मृगौला रोगवाट नगरभित्रका कुनै पनि नागरिकहरुले हैरानी खेप्नु नपरोस् भन्नका निम्ती यो अभियान संञ्चालन गर्न लागिएको हो । हाल मन्थली नगरपालिका भित्रका ३० जना मृगौलाका बिरामीले डाइलासिस गर्दै आएको र बिरामीको संख्या झन् बृद्धि हुनसक्ने भएकाले यसवाट बच्न  निःशुल्क मृर्गौला परीक्षण गर्ने यो अभियान चलाइएकाे र याे नेपालकै पहिलो अभियान भएको समेत ठाेकुवा गरे ।

अभियान संञ्चालनका लागि मन्थली नगरपालिकाले चालु आर्थिक वर्षमा ५ लाख रुपैयाँ विनियोजन गरिएको यस रकमवाट अपुग भएमा अन्य शिर्षकवाट खर्च गरेर भएपनि सबै नागरिकको मृर्गौला परीक्षण गर्ने मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले जानकारी दिए । उनले भने– हामीले यो अभियान संञ्चालनको लागि पालिका भित्रका सबै वडाका स्वास्थ्यकर्मीलाई यससम्वन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरिसकीएको पौडेलले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...