मन्थली नगरपालिकालाई मन्त्री बादेले गरे बालमैत्री घोषणा

११ भाद्र २०८२, बुधबार


मेरो प्रदेश डेक्स

मन्थली, भाद्र ११
रामेछापको मन्थली नगरपालिकालाई जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बुधबार तिनलालपार्कमा आयोजित एक समारोहका बिच बागमति प्रदेशका सामाजिक विकास मन्त्री कञ्चन चन्द्र बादेले पालिकालाई बालमैत्री घोषणा गर्नु गरेका हुन् ।
सो अवसरमा उनले बालबालिका राष्ट्रका भविष्य रहेको बताउँदै भविष्यलाई उज्वल बनाउन पालिकाको मिहनेतको प्रशंसा गरे । मन्त्री बादेले पालिकाको बालमैत्री अभियानलाई निरन्तरता दिन सहयोग गर्ने प्रतिबद्धता जनाए । समारोहमा बागमति प्रदेशका सांसद तारानारायण श्रेष्ठले बालबालिको चौतर्फी विकासमा ध्यान दिँदै पालिकाले चालेकोे कदम प्रति खुसी व्यक्त गर्दै आगामी दिनमा घोषणा अनुरुपको काम गर्न आफ्नो तर्फबाट उल्लेख साथसहयोग गर्ने प्रतिबद्धता जनाए ।
समारोहमा नगरप्रमुख लब श्रेष्ठले बालमैत्री नगर घोषणा प्रतिवेदन प्रस्तुत गर्दै १४ वटै वडा सहित पालिकामा सम्पूर्ण सुचक र मापदण्डहरु पुरा भएपछि बालमैत्री घोषणा गरिएको बताए । उनले बालमैत्री स्थानीय शासनको दिगोपनाको लागि पर्याप्त बजेट विनियोजन गरी पञ्चवर्षिय रणनीतिक योजना तयार पारी काम भईरहेको जानकारी दिए ।
सो अवसरमा शैक्षिक उपलब्धि उत्कृष्ट हासिल गर्न सफल विद्यार्थी एवं शैक्षिक संस्थालाई सम्मान गरिएको छ । उनीहरुलाई थप सफलता हासिल गर्न प्रोत्साहन मिलोस् भनेर बालमैत्री घोषणा समारोहको अवसरमा सम्मान गरिएको पालिकाकी उपप्रमुख ईश्वरी बस्नेतले बताइन् ।
उनका अनुसार २०८१ सालको एसईईमा ४ जिपिए हासिल गरेका सोफिना श्रेष्ठ र सिद्धार्थ खड्कालाई पनि प्रतिव्यक्ति ५० हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको छ । यसैगरी एसईईमा निरन्तर उत्कृष्ट नजिता ल्याउन सफल मन्थली माध्यमिक विद्यालयलाई पनि सम्मान गरिएको छ । त्यस्तै कक्षा ८ मा पालिकाकै उत्कृष्ट हुन सफल मन्थली माध्यमिक विद्यालयकी मनसनु लामा, कर्कला देवी इङ्लिश उपेक्षा श्रेष्ठ र जस्मिना कार्कीलाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको छ ।
समारोहमा सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, १४ वटा वडाका वडाध्यक्षहरु, कर्मचारीहरु, शिक्षक विद्यार्थी सहित अभिभावकहरुको सहभागिता रहेको थियो । सहभागि सबैले पालिकामा बालमैत्री अभियानलाई दिगो र प्रभावकारी बनाउन प्रतिबद्धता समेत जनाएका थिए ।
जिल्लाको पहिलो बालमैत्री नगर बन्ने प्रतिस्पर्धामा मन्थली नगरपालिका पहिलो भएको हो । रामेछाप नगरपालिका पनि २१ गते बालमैत्री घोषित हुने तयारीमा रहेको छ । अन्य बालिकाले पनि बालमैत्री अभियानहरु सञ्चालन गरिरहेको जिल्ला समन्वय समिति रामेछापले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बीपी राजमार्ग अझै अवरुद्ध, दिउँसोसम्म खुल्ने लक्ष्य

बीपी राजमार्ग अझै अवरुद्ध, दिउँसोसम्म खुल्ने लक्ष्य

शनिबारदेखि परेको अविरल वर्षा र रोशी खोलाको बाढीले बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्ड सोमबार बिहानसम्म पनि सञ्चालनमा आउन सकेको छैन। डिभिजन सडक कार्यालय भक्तपुरले आइतबार साँझसम्म सडक खुलाउने प्रयास गरे पनि पुनः वर्षा भएपछि डाइभर्सन निर्माणमा अवरोध पुगेको हो। विशेषगरी...

नेपालको राजनीति लाई स्वस्थ र तन्दुरुस्त राख्न ७० बर्षमा राजनीतिक अबकास अनिवार्य

नेपालको राजनीति लाई स्वस्थ र तन्दुरुस्त राख्न ७० बर्षमा राजनीतिक अबकास अनिवार्य

- किरण गिरी हामीले -३० बर्ष देखि एउटै अनुहार , एउटै पात्र र एउटै प्रवृत्ति को अर्ती ,उपदेश सुन्दै आयौं र आदेश मान्दै आयौं । उनीहरुले भने - यो संबिधानमा हामिले अबलम्बन गरेको निर्वाचन प्रणाली अनुसार कसैको पनि बहुमत आउन सक्दैन - २१ फाल्गुनको चुनावमा आयो त ।उनीहरुले फेरि...

पत्रकारसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया

पत्रकारसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया

मन्थली- कार्यालय रामेछापले चालु आवमा सञ्चालित स्वास्थ्य क्षेत्रका विविध कार्यक्रम र सेवा प्रवाहको अवस्थाबारे जानकारी गराएको छ ।‌ मन्थलीस्थित आइतबार आयोजित ‘पत्रकारसँग अन्तरक्रिया’ कार्यक्रममार्फत कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति तथा उपलब्धि...