मन्थली नगरपालिकाको सहयोगमा कपडा डिजाइन सम्बन्धि तालिम शुरु

रामेछाप । मन्थली नगरपालिकाको सहयोगमा जिल्ला सदरमुकाम मन्थलीमा १५ दिने एडभान्स लेडिज फेसन डिजाइन कटिङ तथा सिलाई तालिम सुरु भएको छ । नगरपालिकाको सहयोगमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रामेछापको आयोजनामा जिल्ला भित्र व्यवसायी रूपमा काम गर्दै आएका २० जना महिलाहरूको सहभागिता रहेको छ ।


तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगरपालिकाकी उप–प्रमुख ईश्वरी बस्नेत तालिम लिन चाहेमा नगरपालिका सधै सबै प्रकारको तालिमलाई सहयोग गर्न तयार रहेको बताउनु भयो । तालिम बाटै मानिसको क्षेमता विकास हुने र आत्मनिर्भर बन्ने भएकाले नगरपालिका तालिम लगाएत सिप विकासमा लगानी गर्न तयार रहेको बताउनु भयो । पछिल्लो समय महिलाहरूका कपडाहरू विभिन्न डिजाइन–डिजाइनका हुने भन्दै ती डिजाइनहरूलाई तयार पार्न सक्षम बन्न सहभागीहरूलाई आग्रह गरिन् । सिप मूलक कार्यक्रमहरू सञ्चालन गरेर महिलाहरू पनि आर्थिक रूपमा सक्षम भएमा घरायसी विभिन्न खाले समस्या समेत समाधान हुने उनको भनाई थियो ।


त्यस्तै मन्थली नगरपालिका–१ का वडा अध्यक्ष रामहरी पौडेलले मन्थली नगरपालिकालाई समृद्धिको बाटोमा अगाडि बढाएको बताए । विभिन्न तालिम दिएर यहाँका जनतालाई सक्षम र आत्मनिर्भरको बाटो तर्फ अगाडि बढाउन आफूहरू लागेको बताउँदै पौडेलले भने ‘अहिले मन्थलीमा टपरी बनाउने, फ्रिज बनाउने, सिलाई कटाइका तालिम भइरहेका छन्’ व्यापार व्यवसायमा सक्रियहरूलाई दक्ष बनाउन केही महिना यता कफी बारिष्ठ, कोट डिजाइनिङ लगायतका तालिम दिई रहेका वडा अध्यक्ष पौडेलले फेरी पनि ‘महिला पञ्चेबाजा, कुकिङ लगायतका तालिम छिट्टै सञ्चालन गर्ने बताउनु भयो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

भोलि बाट पशुपतिनाथमा बृहत् कोटीहोम

भोलि बाट पशुपतिनाथमा बृहत् कोटीहोम

पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आगामी साउन १ गतेदेखि बृहत् कोटीहोम महायज्ञ हुँदैछ । मानव सेवा फाउण्डेशनलगायत झण्डै एक दर्जन सङ्घसंस्थाको आयोजनामा हुने लागेको एक महिने कोटीहोम महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । महायज्ञ अवधिभर जगद्गुरु,...

गाउँमै गुणस्तरीय विज्ञान शिक्षा – मन्थली माविको उत्कृष्ट नतिजा

गाउँमै गुणस्तरीय विज्ञान शिक्षा – मन्थली माविको उत्कृष्ट नतिजा

मन्थली । मन्थली नगरपालिका–१ मा रहेको मन्थली माध्यमिक विद्यालयले कक्षा ११ को भर्ना प्रक्रिया सुरु गरेको छ । विशेषतः विज्ञान संकायमा भर्नाका लागि विद्यालयले विशेष तयारी थालेको हो । विद्यालयका प्रधानाध्यापक डा. टंक प्रसाद दहालका अनुसार विज्ञान शिक्षा क्षेत्रमा विद्यालयले...

कांग्रेस नेता खड्कालाई गुरुको सम्मान, चेलाहरूको फाउण्डेशन स्थापना

कांग्रेस नेता खड्कालाई गुरुको सम्मान, चेलाहरूको फाउण्डेशन स्थापना

रामेछाप । ‘गुरु पूर्णिमा’को विशेष अवसर पारेर रामेछापको मन्थलीमा एक विशेष कार्यक्रमका बिच ‘कुलायन गुरु दीपक खड्कालाई भव्य सम्मान गरिएको छ। विभिन्न ठाउँबाट भेला भएका जातीय कूल ‘दैविक शक्ति’ ले रुचाएका चेलाहरूले नेपाली काँग्रेस रामेछापका पार्टी सचिव समेत रहेका खड्का भव्य...