रामेछाप । मन्थली नगरपालिकाको बजेट चालु वर्षको भन्दा यो वर्ष २ करोड ५७ लाख ११ हजार ८३७ रुपैयाँले घटेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा नगरपालिकाले १ अर्ब ४ करोड ५४ लाख ९२ हजार ८३७ रुपैंयाको बजेट प्रस्तुत गरेको थियो ।
उपप्रमुख ईश्वरी बस्नेतले मंगलबार आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि १ अर्ब १ करोड ९७ लाख ८१ हजार रुपैयाँ बजेट प्रस्तुत गर्नुभएको हो । यो बजेट चालु आर्थिक वर्ष २०८०÷०८१ को भन्दा दुई करोड ५७ लाख ११ हजार ८३७ रुपैयाँले कमी हो । उपप्रमुख बस्नेतले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा चालु तर्फ (६८.९९) प्रतिशत अर्थात् ७० करोड ३५ लाख १० हजार रुपैयाँ र पुँजीगत तर्फ (३१.०१) प्रतिशत अर्थात् ३१ करोड ६२ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएको उल्लेख छ ।
नगरले सुशासन प्रवर्द्धन र आधारभूत सेवाको परिचालन गर्ने र आन्तरिक राजश्व क्षेत्रको पहिचान र परिचालन गरी सक्षम र दिगो आर्थिक स्रोतको विकास गर्ने नीति तथा कार्यक्रम लक्ष्य लिएको छ । मंगलबार भएको नगर सभाको १५ औँ नगर अधिवेशनमा नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि एक अर्ब एक करोड ९७ लाख ८१ हजार रुपैयाँ बजेट प्रस्तुत गर्नुभयो । यो बजेट चालु आर्थिक वर्ष २०८०÷०८१ को भन्दा दुई करोड ५७ लाख ११ हजार ८३७ रुपैयाँले कमी हो । उपप्रमुख बस्नेतले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा चालु तर्फ (६८.९९) प्रतिशत अर्थात् ७० करोड ३५ लाख १० हजार रुपैयाँ र पुँजीगत तर्फ (३१.०१) प्रतिशत अर्थात् ३१ करोड ६२ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएको उल्लेख छ । बजेट वक्तव्यमा आगामी वर्ष आन्तरिक स्रोतबाट तीन करोड ९१ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।