रामेछाप । मन्थली नगरपालिकाले सदरमुकाम मन्थलीमा सार्वजनिक जग्गा मिचेर निमार्ण गरिएका घर तथा टहराहरु नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतको नेतृत्वमा शनिवारबाट भत्काउन शुरु गरिएको छ ।
नगरपालिकाले पहिलो चरण अन्तर्गत मन्थलीको देवकोटा चोक र बीपी चोक क्षेत्रमा सार्वजनिक जग्गामा निमार्ण भएका घर तथा टहराहरु भत्काएको हो । नगरपालिकाले यसअघि सार्वजनिक जग्गामा निमार्ण भएका घर तथा टहराहरु भत्काउन व्यक्तिहरुलाई सार्वजनिक सूचना मार्फत जानकारी गराउँदा समेत भवन नभत्काएपछि मन्थली नगरपालिकाले ती घर तथा टहराहरु आफ्नै नेतृत्वमा भत्काउन शुरु गरेको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले जानकारी दिए ।
उनले भने– पहिलो चरणमा हामीले मन्थलीको बसपार्क क्षेत्रमा सार्वजनिक अतिक्रमण गरि निमार्ण भएका संरचनाहरु भत्कायौ । अहिले दोश्रो चरणमा देवकोटा चोक र बीपी चोकमा शुरु गरेका छौ । नगरपालिका भित्र सार्वजनिक जग्गा मिचेर घर तथा टहरा निमार्ण गरेका व्यक्तिहरुलाई भएका संचरना भत्काउन पहिलो पटक नागरिकहरुलाई सूचना दिन्छौं । पाएको सूचनाको वेवास्था गरेकोे खण्डमा नगरपालिकाले यसरी नै भत्काउँदै जाने नगरप्रमुख बस्नेतले बताए ।
मन्थली नगरपालिका भित्र रहेका चौध वटै वडा भित्र विभिन्न व्यक्तिहरुले सार्वजनिक जग्गा अतिक्रमण गर्दै घर तथा टहराहरु निमार्ण भएका सवै क्षेत्रमा क्रमश हटाउँदै जाने गरि नगरपालिकाले काम अघि वढाएको हो ।