मन्थली नगरपालिकाका कर्मचारी आन्दोलित ः अनिश्चित काल पेन डाउन

Written by meropradesh creator

२५ आश्विन २०८०, बिहीबार

रामेछाप । मन्थली नगरपालिकाका कर्मचारी आन्दोलनमा उत्रेका छन् । नगरपालिकाका स्थानीय कर्मचारीले देशका ७ सय ५३ वटै वडामा बिना सहमति स्वचालित सरुवा हुन पाउनु पर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पद स्थानीय सेवाको कर्मचारी हुनुपर्ने लगायत विभिन्न २० बुँदे माग राख्दै अनिश्चित कालका लागी पेन डाउन गरेका हुन् ।
 बिहीबार पत्रकार सम्मेलन गर्दै कर्मचारीले आत्मसम्मानमा समेत ख्याल नगरी फरक दृष्टिकोणले विभेदपूर्ण कार्य गर्ने नीति सरकारले ल्याउन लागेको भन्दै पेन डाउन गरेर कर्मचारी आन्दोलनमा आएका हुन् ।
स्थानीय तह कर्मचारी सङ्घर्ष समितिले सेवाग्राही प्रति पर्न जाने समस्यामा क्षमा माग्दै हाल अब रुद्ध भएका सेवा भविष्यमा थप समय सेवा गर्ने प्रतिबद्धता जनाउँदै मन्थली नगरपालिका रामेछापमा कार्यरत स्थानीय सेवाका कर्मचारीको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ । स्थानीय तह केन्द्रीय सङ्घर्ष समितिको आयोजनामा काठमाण्डौमा केन्द्रित आन्दोलनलाई थप बल पुर्‍याई सरकारको गम्भीर ध्यानाकर्षण गर्न सबै स्थानीय तहमा पेन डाउन गर्न केन्द्रीय सङ्घर्ष समितिको आह्वान बमोजिम मन्थली नगरपालिका स्थानीय तह कर्मचारी सङ्घर्ष समितिको बिहीबार बसेको बैठकको निर्णय अनुसार अर्को निर्णय नभए सम्मका लागी अत्यावश्यक सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरू पेन डाउन गरी बन्द गर्ने निर्णय भएको र सोही अनुसार आफूहरू आन्दोलनमा आएको स्थानीय तह कर्मचारी सङ्घर्ष समिति मन्थली नगरपालिकाका अध्यक्ष उज्ज्वल पोख्रेलले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो मन्थली, जेठ ६ गते । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सञ्चालित राष्ट्रिय आर्थिक गणना कार्यक्रम अन्तर्गत रामेछाप जिल्लामा कुल ७५ प्रतिशत कार्य सम्पन्न भएको छ। गत वैशाख ३ गतेदेखि जिल्लाभर सुरु भएको गणना कार्य अन्तर्गत हालसम्मको...

निलम्बन भोग्न तयार छौँ तर सरकारलाई जबाफदेही बनाएरै छाड्छौँ: हर्क साम्पाङ

निलम्बन भोग्न तयार छौँ तर सरकारलाई जबाफदेही बनाएरै छाड्छौँ: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई संसदप्रति उत्तरदायी बनाउन आफूहरू निलम्बन भोग्न समेत तयार रहेको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीसँग बोल्दै उनले जनताका प्रश्नहरूलाई दबाउन खोजिएको भन्दै सभामुखको रुलिङप्रति असन्तुष्टि जनाए। सुकुम्वासी समस्या,...

सगरमाथा आरोही अनिता कार्कीलाई गोकुलगंगा गाउँपालिकाद्वारा बधाई

सगरमाथा आरोही अनिता कार्कीलाई गोकुलगंगा गाउँपालिकाद्वारा बधाई

रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेकी सशस्त्र प्रहरी सहायक हवलदार तथा राष्ट्रिय फेन्सिङ खेलाडी अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँले वैशाख ४ गते सोमबार बिहान १०:२० बजे सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेक्नुभएको हो ।...