मन्थली नगरपालिकाका कर्मचारी आन्दोलित ः अनिश्चित काल पेन डाउन

Written by meropradesh creator

२५ आश्विन २०८०, बिहीबार

रामेछाप । मन्थली नगरपालिकाका कर्मचारी आन्दोलनमा उत्रेका छन् । नगरपालिकाका स्थानीय कर्मचारीले देशका ७ सय ५३ वटै वडामा बिना सहमति स्वचालित सरुवा हुन पाउनु पर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पद स्थानीय सेवाको कर्मचारी हुनुपर्ने लगायत विभिन्न २० बुँदे माग राख्दै अनिश्चित कालका लागी पेन डाउन गरेका हुन् ।
 बिहीबार पत्रकार सम्मेलन गर्दै कर्मचारीले आत्मसम्मानमा समेत ख्याल नगरी फरक दृष्टिकोणले विभेदपूर्ण कार्य गर्ने नीति सरकारले ल्याउन लागेको भन्दै पेन डाउन गरेर कर्मचारी आन्दोलनमा आएका हुन् ।
स्थानीय तह कर्मचारी सङ्घर्ष समितिले सेवाग्राही प्रति पर्न जाने समस्यामा क्षमा माग्दै हाल अब रुद्ध भएका सेवा भविष्यमा थप समय सेवा गर्ने प्रतिबद्धता जनाउँदै मन्थली नगरपालिका रामेछापमा कार्यरत स्थानीय सेवाका कर्मचारीको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ । स्थानीय तह केन्द्रीय सङ्घर्ष समितिको आयोजनामा काठमाण्डौमा केन्द्रित आन्दोलनलाई थप बल पुर्‍याई सरकारको गम्भीर ध्यानाकर्षण गर्न सबै स्थानीय तहमा पेन डाउन गर्न केन्द्रीय सङ्घर्ष समितिको आह्वान बमोजिम मन्थली नगरपालिका स्थानीय तह कर्मचारी सङ्घर्ष समितिको बिहीबार बसेको बैठकको निर्णय अनुसार अर्को निर्णय नभए सम्मका लागी अत्यावश्यक सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरू पेन डाउन गरी बन्द गर्ने निर्णय भएको र सोही अनुसार आफूहरू आन्दोलनमा आएको स्थानीय तह कर्मचारी सङ्घर्ष समिति मन्थली नगरपालिकाका अध्यक्ष उज्ज्वल पोख्रेलले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...