मन्थली नगरपालिका कस्को कब्जामा

Written by meropradesh creator

१२ बैशाख २०७९, सोमबार

रामेछाप । आगामी बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनमा जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा कुन पार्टि बलियो भन्ने बिषयमा बहस शुरु भएको छ । आइतबार सम्म कुन पार्टिको उमेरद्वार को हुने भन्ने बिषयमा बहस भए पनी आज बाट कस्ले जित हात पार्छ भन्ने बिषयमा बहस शुरुभएको छ । नेपाली कांग्रेस बाट मन्थली नगरपालिका १० चनखुखा बिनोद कार्की , नेकपा एमाले बाट लब श्रेष्ठ र माओवादी र समाज बादी बाट सयुक्त तारानारायण श्रेष्ठलाई मुख्य राजनीतीक दलले उमेरद्वार बनाएको छ ।
२०७४ सालको स्थानिय निर्वाचनमालाई आधारमन्ने हो भने नेकपा एमालेका उमेरद्वार रमेश कुमार बस्नेतले ६ हजार ५ सय २९ मत ल्याएर बिजय भएका थिए तर बस्नेत हाल एमाले छाडेर नेकपा यसको जिल्ला अध्यक्ष भएका छन् । नेपाली कांग्रेसका उमेरद्वार बिनोदकुमार कार्कीले २०७४ सालको निर्वाचनमा ५ हजार ३ सय ७९ मत ल्याएर उपबिजेता भएका थिए । माओवादी केन्द्रका उमेरद्वार तारानारायण श्रेष्ठले ५ हजार ३ सय ११ मत प्राप्त गरेका थिए । त्यस्तै उममेयर तर्फ नेकपा एमालेका उमेरद्वार मायाँकुमारी कार्कीले ६ हजार ५ सय ७ मत ल्याएर बिजय भएका थिए भने नेपाली कांग्रेसका उमेरद्वार गंगा अधिकारीले ५ हजार ३ सय ६२ मत प्रप्त गरेका थिए त्यस्तै गरी नेकपा माओवादी केन्द्रका उमेरद्वार रिता देवी घिमिरेले ४ हजार ९ सय ९४ मत प्राप्त गरेका थिए । मन्थली नगरपालिकामा हाल ३७ हजार २ सय २० जना मतदाता रहेको छ । जस मध्य महिला १८ हजार १ सय ९० र पुरुष १९ हजार २० रहेका छन् । कार्की र श्रेष्ठ यस अघिको निर्वाचनमा समेत उमेरद्वारी दिएर चुनावी अनुभव बटुली सकेका छन् । श्रेष्ठले भने यस अघि निर्वाचनमा भाग लिएका छैन । नेपाली कांग्रेसका उमेरद्वार कार्की नेपाली कांग्रेसको दुइपटक क्षेत्रिय सभापती हुदै पार्टिको हाल सचिब पदमा रहेर काम गरिरहेका छन् । उनी २०७४ सालको स्थानिय निर्वाचनमा पराजय भए संगै सबै वडा र नागरिक संग बस्दै आएका छन् । उनी राजनीतीलाई नै आधारमानेर ५ बर्ष नागरिकको बिचमा रहेको नेता भएकोले बिनोद कार्कीको जित पक्का रहेको नेता कार्यकर्ताको भनाई छ । नेकपा एमाले बाट उमेरद्वारी दिएका लब श्रेष्ठ पनी एमाले भित्रको सक्रिय नेताहुन । उनी एन जिओ आइएनजियो सञ्चालन गर्दै पाटीमा सक्रिय भुमिका खेलेका र नागरिको बिचमा रहेर काम गरेका ब्यतिm हुन । बिभिन्न खाले योजना लिएर गाउँमा नागरिक संग बसेको ब्यक्ति भएको कारण एमालेको जित पक्का भएको एमालेले जनाएको छ ।
नेकपा माओवादी केन्द्र र समाज बादी पार्टी बाट साझा उमेरद्वार बनेका श्रेष्ठ संबिधान सभा सदस्य हुन । २०७४ सालको स्थानिय निर्वाचनमा नेकपा एमालेका उमरद्वार रमेश बस्नेत संग पराजय भएका थिए । सो निर्वाचनमा तेस्रो स्थान ल्याएका श्रेष्ठ पुनः यस पटक पनी उमेरद्वार बनेका छन् । नेकपा माओवादीका नेता तथा कार्यकर्ताले समाज बादी र माओबादीको मतको कारण श्रेष्ठको जित पक्का रहेको बताएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछाप  । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–रामेछाप सडकखण्डमा स्कुटरले जंगली मृगलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। आज बिहान  मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटर अगाडि एक्कासि मृग आएपछि...