मन्थली नगरमा लिलाराजको सधै लिला

Written by meropradesh creator

१५ जेष्ठ २०७९, आईतवार

रामेछाप । सरकारले सरकारी कार्यालयले गर्ने सबै खालका कामहरु नागरिकमैत्री र पारदर्शी हुनु पर्ने जनाएको भएपनि मन्थली मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले भने त्यसको धज्जी उडाउँदै आएका छन् ।

कार्यालय भित्र दैनिक जसो उनले कुशासनमुखि लिला देखाउँदै आएका कारण नगरका नागरिकहरु पनि हैरानी ब्यहोर्न बाध्य छन् । आफु मात्रै क्षमतावान र सर्वेसर्वा भएको र बाँकी कसैलाई पनि मान्छे नगन्ने स्वभाबका पौडेलको ब्यवहारले मन्थली नगरका सर्वसाधारण समेत हैरानीमा परेका छन् ।

जिल्ला भरिका प्रशासकिय प्रमुख मध्ये मुद्रामैत्री प्रमुखको रुपमा आफनो पहिचान बनाएका पौडलले सरकारी नियमको धज्जी उडाउँदै सिमित कर्मचारीसँगको सेटिङमा दैनिक ढोका थुनेर गोप्य रुपमा कामकाज गर्दै आएका छन् ।


जसकाकारण आफनो काम लिएर आउने सर्वसाधारण सेवाग्राहिलाई पनि प्रमुखको कार्यालय तारबार गरेको कोठा जत्तिकै हुँदै आएको छ । जनतालै तिरेको कर बाट तलबभत्ता खाँदै आएका पौडेल सर्वसाधारण सेवाग्राहिहरुको गुनासो सुन्ने कुरामा पनि निकै पछाडी रहेको र सुनुवाई भएकाहरु पनि धेरै जसो उनको ब्यवहारबाट असन्तुष्टि हुँदै आएका छन् ।

सार्वजनिक पदमा बसेका अधिकृत पौडेललाई विभिन्न काम लिएर गएका सेवाग्राहीले सहज ढंगले भेट्नसम्म नपाउने गरेको गुनासो गरेका छन् । आफनो कामको शिलशिलामा नगरपालिका पुगेका मन्थली नगरपालिका वडा नं १४ का हर्कबहादुर चौहानले भने कार्यालयमा २ पटक पुग्दा पनि प्रमुखको कार्यकक्ष बन्द थियो । ढोकामा बसेका कार्यालय सहयोगिले सर, अहिले ब्यस्त हुनु हुन्छ भन्दै फकाई दिएपछि आफु कामै नगरि घर फर्केको पनि चौहानले गुनासो गरे ।

कार्यालय श्रोतका अनुसार प्रमुख पौडेलले जैले पनि लेखा अधिकृत, योजना र स्टोर शाखाका कर्मचारीहरुसँगको सेटिङ्गमा ढोका थुनेर अपारदर्शि ढंगले काम गर्दै आएका छन् । तर पनि यस बारेमा कसैको ध्यान जान सकेको छैन् । श्रोत भन्छ मन्थली नगरपालीका भनेको सानालाई ऐन र ठुलालाई चैन हुने ठाउँ भएको कार्यालय भएकोले यसमा हामिले बोलेर पनि केहि हुनेवाला छैन् ।

स्थानिय निकाय भनेको नागरिकहरु जमघट हुने र प्रायजसो उनीहरुकै काम पर्ने कार्यालय हो । कार्यालयमा दैनिक सयौं सेवाग्राहीहरु बिभिन्न गुनासो लिएर भेट गर्न आउँछन् । त्यो बेलामा उनीहरुको गुनासो सुनेर कार्यान्वयन गर्नु कार्यालय प्रमुखको कर्तब्य हो । तर नगरको हाकिमको ब्यवहारले पारदर्शिता सहितको शुसासनलाई तामाकोशि नदिमा बगाई दिएको नागरिक अगुवा विरेन्द्र श्रेष्ठ बताउँछन् । सर्वसाधारणको काम गर्नु त कता हो कता सधै कोठामा ढोकाथुनेर कर्मचारीहरुको विचमा गोप्यरुपमा गरेको कामलाई नागरिकहरुले अर्थपूर्ण रुपमा हेरेको पनि श्रेष्ठको आरोप छ ।


यस बारेमा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष समेत रहेका नागरिक अगुवा हिमाल ढुंगेलले कार्यालय प्रमुखलाई कार्यालय समयमा ढोका लगायर बस्ने छुट नभएको बताए । यदि त्यसो हो भने प्रमुखले आफनो कामलाई तत्काल सच्याएर नागरिक मैत्री ब्यवहार देखाउन पनि उनले आग्रह गरे ।

कार्यालय प्रमुखको कपटपुर्ण र अपारदर्शि ब्यवहारको सन्र्दर्भमा राष्ट्रिय सूचना आयोग केन्द्रिय कार्यालमा सम्पर्क गर्दा आयोगका सूचना अधिकृत सम्पर्कमा आए । संजिब अधिकारी नाम रहेका उनले प्रमुखको उक्त ब्यवहार सूसासनमैत्री र पारदर्शि नभएको वताए । प्रमुख ढोका लगाएर बसेको कुराले सरकारको खुल्ला निति पारदर्शिता नागरिक प्रति बफादार नदेखिएकोले तत्काल उनलाई कार्यालयले आफनो कदम सच्याउने निर्देशन दिने पनि बताए ।

कार्यालय प्रमुखको ब्यवहारका बारेमा आएको गुनासाको बारेमा मन्थली नगरका नवनिर्वाचित नगर प्रमुख लब श्रेष्ठले आफले भर्खरै नगरको काम आरम्भ गरेको र कार्यालय भित्रको आन्तरिक धेरै कुराको बारेमा आफुलाई जानकार भैनसकेको वताए । उनले भने तै पनि यो विषयमा मैले गहिरिएर बुझने र आबश्यक निर्देशन दिने बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

अन्ततः लिखु तामाकोशी गाउँपालिका र श्वेत गंगा हाइड्रोपावरबिच सडक निर्माणका क्रममा उत्पन्न विवाद मिलेको छ। गाउँपालिकाको वडा नम्बर २ मा भएको विवाद समाधान गर्दै दुवै पक्षबिच आपसी सहकार्य गर्ने सहमति भएको हो। सहमति अनुसार हाइड्रोपावरको पेनस्टक पाईप पछाडि रहेको खहरे खोलाको...