रामेछाप । सरकारले सरकारी कार्यालयले गर्ने सबै खालका कामहरु नागरिकमैत्री र पारदर्शी हुनु पर्ने जनाएको भएपनि मन्थली मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले भने त्यसको धज्जी उडाउँदै आएका छन् ।
कार्यालय भित्र दैनिक जसो उनले कुशासनमुखि लिला देखाउँदै आएका कारण नगरका नागरिकहरु पनि हैरानी ब्यहोर्न बाध्य छन् । आफु मात्रै क्षमतावान र सर्वेसर्वा भएको र बाँकी कसैलाई पनि मान्छे नगन्ने स्वभाबका पौडेलको ब्यवहारले मन्थली नगरका सर्वसाधारण समेत हैरानीमा परेका छन् ।
जिल्ला भरिका प्रशासकिय प्रमुख मध्ये मुद्रामैत्री प्रमुखको रुपमा आफनो पहिचान बनाएका पौडलले सरकारी नियमको धज्जी उडाउँदै सिमित कर्मचारीसँगको सेटिङमा दैनिक ढोका थुनेर गोप्य रुपमा कामकाज गर्दै आएका छन् ।
जसकाकारण आफनो काम लिएर आउने सर्वसाधारण सेवाग्राहिलाई पनि प्रमुखको कार्यालय तारबार गरेको कोठा जत्तिकै हुँदै आएको छ । जनतालै तिरेको कर बाट तलबभत्ता खाँदै आएका पौडेल सर्वसाधारण सेवाग्राहिहरुको गुनासो सुन्ने कुरामा पनि निकै पछाडी रहेको र सुनुवाई भएकाहरु पनि धेरै जसो उनको ब्यवहारबाट असन्तुष्टि हुँदै आएका छन् ।
सार्वजनिक पदमा बसेका अधिकृत पौडेललाई विभिन्न काम लिएर गएका सेवाग्राहीले सहज ढंगले भेट्नसम्म नपाउने गरेको गुनासो गरेका छन् । आफनो कामको शिलशिलामा नगरपालिका पुगेका मन्थली नगरपालिका वडा नं १४ का हर्कबहादुर चौहानले भने कार्यालयमा २ पटक पुग्दा पनि प्रमुखको कार्यकक्ष बन्द थियो । ढोकामा बसेका कार्यालय सहयोगिले सर, अहिले ब्यस्त हुनु हुन्छ भन्दै फकाई दिएपछि आफु कामै नगरि घर फर्केको पनि चौहानले गुनासो गरे ।
कार्यालय श्रोतका अनुसार प्रमुख पौडेलले जैले पनि लेखा अधिकृत, योजना र स्टोर शाखाका कर्मचारीहरुसँगको सेटिङ्गमा ढोका थुनेर अपारदर्शि ढंगले काम गर्दै आएका छन् । तर पनि यस बारेमा कसैको ध्यान जान सकेको छैन् । श्रोत भन्छ मन्थली नगरपालीका भनेको सानालाई ऐन र ठुलालाई चैन हुने ठाउँ भएको कार्यालय भएकोले यसमा हामिले बोलेर पनि केहि हुनेवाला छैन् ।
स्थानिय निकाय भनेको नागरिकहरु जमघट हुने र प्रायजसो उनीहरुकै काम पर्ने कार्यालय हो । कार्यालयमा दैनिक सयौं सेवाग्राहीहरु बिभिन्न गुनासो लिएर भेट गर्न आउँछन् । त्यो बेलामा उनीहरुको गुनासो सुनेर कार्यान्वयन गर्नु कार्यालय प्रमुखको कर्तब्य हो । तर नगरको हाकिमको ब्यवहारले पारदर्शिता सहितको शुसासनलाई तामाकोशि नदिमा बगाई दिएको नागरिक अगुवा विरेन्द्र श्रेष्ठ बताउँछन् । सर्वसाधारणको काम गर्नु त कता हो कता सधै कोठामा ढोकाथुनेर कर्मचारीहरुको विचमा गोप्यरुपमा गरेको कामलाई नागरिकहरुले अर्थपूर्ण रुपमा हेरेको पनि श्रेष्ठको आरोप छ ।
यस बारेमा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष समेत रहेका नागरिक अगुवा हिमाल ढुंगेलले कार्यालय प्रमुखलाई कार्यालय समयमा ढोका लगायर बस्ने छुट नभएको बताए । यदि त्यसो हो भने प्रमुखले आफनो कामलाई तत्काल सच्याएर नागरिक मैत्री ब्यवहार देखाउन पनि उनले आग्रह गरे ।
कार्यालय प्रमुखको कपटपुर्ण र अपारदर्शि ब्यवहारको सन्र्दर्भमा राष्ट्रिय सूचना आयोग केन्द्रिय कार्यालमा सम्पर्क गर्दा आयोगका सूचना अधिकृत सम्पर्कमा आए । संजिब अधिकारी नाम रहेका उनले प्रमुखको उक्त ब्यवहार सूसासनमैत्री र पारदर्शि नभएको वताए । प्रमुख ढोका लगाएर बसेको कुराले सरकारको खुल्ला निति पारदर्शिता नागरिक प्रति बफादार नदेखिएकोले तत्काल उनलाई कार्यालयले आफनो कदम सच्याउने निर्देशन दिने पनि बताए ।
कार्यालय प्रमुखको ब्यवहारका बारेमा आएको गुनासाको बारेमा मन्थली नगरका नवनिर्वाचित नगर प्रमुख लब श्रेष्ठले आफले भर्खरै नगरको काम आरम्भ गरेको र कार्यालय भित्रको आन्तरिक धेरै कुराको बारेमा आफुलाई जानकार भैनसकेको वताए । उनले भने तै पनि यो विषयमा मैले गहिरिएर बुझने र आबश्यक निर्देशन दिने बताए ।