मन्थली नगरको उत्कृष्ट काम–कानुन अधिकृतलाई बर्षेनी अनुदान

Written by meropradesh creator

१७ माघ २०७९, मंगलवार

रामेछाप । कृषकहरुलाई वितरण गरिने कृषि अनुदान बर्षेनी मन्थली नगरपालिकावाट लिदै आएका मन्थली नगरपालिकाका कानुन अधिकृत सुदर्शन रायले यसपटक पनि हात पार्न सफल भएका छन् ।

कानुन अधिकृत रायले नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई आफ्नो प्रभावमा पारेर बर्षेनी कृषकलाई बितरण गरिने अनुदान आफुले लिदै आएका हुन् । उनले चालु आर्थिक वर्ष २०७९÷८० मा पालिकावाट थोपा सिंचाईको लागि ५० प्रतिशत अनुदान रकम आफ्नो फार्म हरियाली सम्बृद्ध कृषक समुहमा पार्न सफल भएका हुन् । उनको फार्म मन्थली नगरपालिका–१ सुकाजोर खोलामा रहेको छ ।

उनले लगातार यस अघि पनि दुई आर्थिक वर्ष अनुदान रकम आफ्नो फार्ममा पार्न सफल भएका थिए । अधिकृत रायले आर्थिक वर्ष २०७७÷०७८ मा घेरा तथा तारवार शिर्षकमा ३ लाख र पोखरी निमार्णको नाममा ३ लाख गरी ६ लाख रुपैयाँ अनुदान रकम बुझेका थिए । त्यसैगरी आर्थिक वर्ष २०७८÷०७९ मा सोही फार्मको नाममा प्लाष्टिक टनेल निमार्णको नाममा ७ लाख ५० हजार र गाई लाई पानी खुवाउने पोखरी निमार्णको लागि ८२ हजार रुपैयाँ अनुदान लिएका थिए ।

सरकारी अनुदान बितरण गर्दा किसान छनौट गर्नुको सट्टा आफ्नै कर्मचारीलाई अनुदान रकम दिदै आएको मन्थली नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकियको आँखामा आफ्नै कार्यालयका कर्मचारी बाहेक उनीहरुले किसान देखेनन् । सरकारी अनुदान लिन पटक–पटक मन्थली नगरपालिका धाउँदा पनि आफुहरुले कृषि अनुदान पाउन नसकेको मन्थली नगरपालिका–१ का कृषक टेकवहादुर भुजेलले बताए ।

उनले भने– पहिलो कुरा त हामी जस्ता गाउँमा खेती किसान गरेर बस्ने किसानले नगरपालिकाले दिने अनुदानको सूचना नै थाहा पाइदैन । सूचना थाहा पाइहाले पनि अनुदान रकमको लागि छनौटमा नै परिदैन । पालिकाको अनुदान पाउन त कित प्रमुख र हाकीमको नजीकको हुनु परो ! की कर्मचारी नै ? विगत वर्षमा धेरै पटक अनुदानको लागि निवेदन पेश गर्दा पनि पाउन नसकेको गुनासो भुजेलले गरे ।


पालिकाकै कर्मचारीलाई बर्षेनी पटक–पटक एउटै फार्मलाई सरकारी अनुदान दिनु कानुन विपरित भएको मन्थली नगरपालिका–५ का निवर्तमान वडा अध्यक्ष रामवहादुर कार्कीले जानकारी दिए । उनले भने– नियमित एउटै संस्था र त्यसमा पनि आफ्नो कार्यालयको कानुन अधिकृतलाई वर्षेनी अनुदान दिदा अनुदान दिने जनप्रतिनिधि र कर्मचारीलाई पनि लाजलाग्नु पर्ने हो ? सिमित व्यक्ति भएको फार्मलाई कर्मचारीहरु आर्थिक प्रलोभनमा परेर अनुदान दिएको हुनसक्ने कार्कीले आरोप समेत लगाए ।

कृषि अनुदानको लागि पालिकाले निकालेको सूचनाको आधारमा निवेदन परेकाको हकमा नगर समितिले निर्णय गर्दा पालिकाको कर्मचारी पनि परेको हुनसक्ने मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी प्रसाद चापागाईले जानकारी दिए । उनले भने– पालिकावाट आफ्नै कार्यालयको कर्मचारीलाई बर्षेनी अनुदान दिनु भनेको गलत हो । यस बिषयमा थप आफुले बुझ्ने चापागाईले बताए ।

पालिकावाट कृषि अनुदान लिएपछि कानुन अधिकृत रायले गएको आर्थिक वर्षको अन्तिममा मन्थली नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेल, लेखा अधिकृत र अन्य कर्मचारीहरुलाई आफ्नै फार्ममा लगेर दारु पानी सहितको रात्री भोज दिएका थिए । रात्रीभोजमा रमेका मध्ये अधिकृत पौडेलको सरुवा भएर जिल्ला छाडेको भए पनि अन्य कर्मचारीहरु पालिकामा नै कार्यरत रहेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...