मन्थली नगरको उत्कृष्ट काम–कानुन अधिकृतलाई बर्षेनी अनुदान

Written by meropradesh creator

१७ माघ २०७९, मंगलवार

रामेछाप । कृषकहरुलाई वितरण गरिने कृषि अनुदान बर्षेनी मन्थली नगरपालिकावाट लिदै आएका मन्थली नगरपालिकाका कानुन अधिकृत सुदर्शन रायले यसपटक पनि हात पार्न सफल भएका छन् ।

कानुन अधिकृत रायले नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई आफ्नो प्रभावमा पारेर बर्षेनी कृषकलाई बितरण गरिने अनुदान आफुले लिदै आएका हुन् । उनले चालु आर्थिक वर्ष २०७९÷८० मा पालिकावाट थोपा सिंचाईको लागि ५० प्रतिशत अनुदान रकम आफ्नो फार्म हरियाली सम्बृद्ध कृषक समुहमा पार्न सफल भएका हुन् । उनको फार्म मन्थली नगरपालिका–१ सुकाजोर खोलामा रहेको छ ।

उनले लगातार यस अघि पनि दुई आर्थिक वर्ष अनुदान रकम आफ्नो फार्ममा पार्न सफल भएका थिए । अधिकृत रायले आर्थिक वर्ष २०७७÷०७८ मा घेरा तथा तारवार शिर्षकमा ३ लाख र पोखरी निमार्णको नाममा ३ लाख गरी ६ लाख रुपैयाँ अनुदान रकम बुझेका थिए । त्यसैगरी आर्थिक वर्ष २०७८÷०७९ मा सोही फार्मको नाममा प्लाष्टिक टनेल निमार्णको नाममा ७ लाख ५० हजार र गाई लाई पानी खुवाउने पोखरी निमार्णको लागि ८२ हजार रुपैयाँ अनुदान लिएका थिए ।

सरकारी अनुदान बितरण गर्दा किसान छनौट गर्नुको सट्टा आफ्नै कर्मचारीलाई अनुदान रकम दिदै आएको मन्थली नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकियको आँखामा आफ्नै कार्यालयका कर्मचारी बाहेक उनीहरुले किसान देखेनन् । सरकारी अनुदान लिन पटक–पटक मन्थली नगरपालिका धाउँदा पनि आफुहरुले कृषि अनुदान पाउन नसकेको मन्थली नगरपालिका–१ का कृषक टेकवहादुर भुजेलले बताए ।

उनले भने– पहिलो कुरा त हामी जस्ता गाउँमा खेती किसान गरेर बस्ने किसानले नगरपालिकाले दिने अनुदानको सूचना नै थाहा पाइदैन । सूचना थाहा पाइहाले पनि अनुदान रकमको लागि छनौटमा नै परिदैन । पालिकाको अनुदान पाउन त कित प्रमुख र हाकीमको नजीकको हुनु परो ! की कर्मचारी नै ? विगत वर्षमा धेरै पटक अनुदानको लागि निवेदन पेश गर्दा पनि पाउन नसकेको गुनासो भुजेलले गरे ।


पालिकाकै कर्मचारीलाई बर्षेनी पटक–पटक एउटै फार्मलाई सरकारी अनुदान दिनु कानुन विपरित भएको मन्थली नगरपालिका–५ का निवर्तमान वडा अध्यक्ष रामवहादुर कार्कीले जानकारी दिए । उनले भने– नियमित एउटै संस्था र त्यसमा पनि आफ्नो कार्यालयको कानुन अधिकृतलाई वर्षेनी अनुदान दिदा अनुदान दिने जनप्रतिनिधि र कर्मचारीलाई पनि लाजलाग्नु पर्ने हो ? सिमित व्यक्ति भएको फार्मलाई कर्मचारीहरु आर्थिक प्रलोभनमा परेर अनुदान दिएको हुनसक्ने कार्कीले आरोप समेत लगाए ।

कृषि अनुदानको लागि पालिकाले निकालेको सूचनाको आधारमा निवेदन परेकाको हकमा नगर समितिले निर्णय गर्दा पालिकाको कर्मचारी पनि परेको हुनसक्ने मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी प्रसाद चापागाईले जानकारी दिए । उनले भने– पालिकावाट आफ्नै कार्यालयको कर्मचारीलाई बर्षेनी अनुदान दिनु भनेको गलत हो । यस बिषयमा थप आफुले बुझ्ने चापागाईले बताए ।

पालिकावाट कृषि अनुदान लिएपछि कानुन अधिकृत रायले गएको आर्थिक वर्षको अन्तिममा मन्थली नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेल, लेखा अधिकृत र अन्य कर्मचारीहरुलाई आफ्नै फार्ममा लगेर दारु पानी सहितको रात्री भोज दिएका थिए । रात्रीभोजमा रमेका मध्ये अधिकृत पौडेलको सरुवा भएर जिल्ला छाडेको भए पनि अन्य कर्मचारीहरु पालिकामा नै कार्यरत रहेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापतिको कार्यशैलीको विरोध गर्दै पदाधिकारीहरूले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्रीसमेत रहेका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले कार्यकालको सुरुवातीदेखि नै...

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

रामेछाप । गौरीशङ्कर माध्यमिक विद्यालयले ६१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको अभिभावक भेलामा शिक्षक तथा विद्यार्थीले विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप...

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली । मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा फागुन ३ गतेदेखि सुरु भएको प्रथम महिला नगर भलिबलको उपाधि मन्थली नगरपालिका वडा नं ७ भटौलीले जितेको छ । बुधवार भएको फाइनल खेलमा वडा नं १३ फुलासीलाई पराजित गराउँदै भटौलीले प्रथम महिला भलिबलको उपाधि जितेको हो ।विजेता...