रामेछाप । संविधान दिवसको अवसर पारेर शैक्षिक सत्र २०८० सालको एस.इ.इ परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने मन्थली माविका छात्र सुबोध ढुङ्गेल सहित १७ जनालाई बागमती प्रदेश सरकारले नगद सहित सम्मान गर्ने भएको छ । बागमती प्रदेश सरकाले असोज ३ गते मुख्यमन्त्री कार्यालयमा बागमती प्रदेश भित्रका सामुदायिक विद्यालयका बाट सर्वोत्कृष्ट अङ्क ल्याउन सफल १७ जना छात्र, छात्रालाई सम्मान गर्न लागेको शिक्षा विकास निर्देशनालयले जनाएको हो ।
शैक्षिक सत्र २०८० सालको एस.इ.इ परीक्षामा मन्थली माविका छात्र सुबोध ढुङ्गेल सर्वोत्कृष्ट अङ्क ल्याउँदै प्रथम भएका छन् । ढुङ्गेल सँगै बागमती प्रदेश सरकारले पृथ्वी मावि नुवाकोटका रोजिना भण्डारी, मेघा मावि भक्तपुरका अंशु दिल प्रजापति, विश्व निकेतन मावि काठमाण्डौंका आकृति कुमारी महासेठ,अन्जु भुसाल,अन्जोन थापामगर, विभव ढकाल र स्वस्तिका अधिकारी ज्ञानोदय मावि काठमाण्डौंका कुशल पोख्रेल, श्रीयसी राउत र सुशान्त पराजुली , रत्नराज्य मावि काठमाण्डौंका प्रज्वलन मिश्र र शशिकुमार मण्डल तरुण मावि काठमाण्डौंका श्रीयन डङ्गोल, पृथ्वी नारायण मावि काठमाण्डौंका स्वराज सुवेदी, बालकुमारी कन्या मावि चितवनका दिव्य प्रकाश झा र चितवनकै चितवन माविका विशाल मग्रातिलाई सम्मान गर्ने भएको हो ।