मन्थली मावि व्यवस्थापन समितिको सदस्यमा कसले मार्ला बाजी

Written by meropradesh creator

१० फाल्गुन २०७८, मंगलवार

रामेछाप । लामो समयदेखी रिक्त रहेको मन्थली माध्यमिक विद्यालयको व्यवस्थापन समितिका पदाधिकारीको छनौटको लागि निर्वाचन मंगलवार (आज) हुने भएको छ ।

मन्थली माध्यमिक विद्यालयले आइतवार विद्यालयमा बोलाएको अभिभावक भेलाले व्यवस्थापन समितिका पदाधिकारी गठन गर्न सकेन । आपसी छलफलको माध्यमवाट व्यवस्थापन समितिको ४ जना सदस्य छान्न नसक्दा ती पदको लागि आज अभिभावक बिच मतदान हुने भएको हो । दुई जना खुल्ला सदस्यको लागि १० जनाको उम्मेदवारी परेको छ भने २ जना महिला सदस्यको लागि ४ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत सौभाग्य न्यौपानेले जानकारी दिए ।

उनले भने– छलफलकै माध्यवाट सहमतीमा सदस्य पद चुनिन नसकेपछि मतदान प्रक्रिया हुन लागेको हो । आज हुने मतदानमा २ वटा बुथ रहेको छ । जसमा निर्वाचन मण्डलको ६÷६ जनाको टोली गठन गरेर काम अघि वढाइएको छ । मतदानमा १ हजार २ सय ८५ जना अभिभावकहरुले मतदान गर्ने छन् । मतदान प्रक्रिया बिहान ८ वजदेखी वेलुका ५ वजेसम्म हुने र त्यसपछि मत गणना गरिने निर्वाचन अधिकृत न्यौपानले बताए ।

मतदान पछि चार जना सदस्य निर्वाचित हुने छन् । त्यसपछि सो निर्वाचित समितिले थप दुई जना सदस्य मनोनित गर्न पाउने व्यवस्था रहेको    छ । मनोनित गर्दा अभिभावकहरु मध्ये बुद्धिजीबि, शिक्षाको बिषयमा दख्खल भएको र विद्यालयलाई चन्दा दिइरहेका मध्ये कुनै दुई जना खुल्ला सदस्यमा मनोनित हुने छन् । निर्वाचित र मनोनित गरी आएका ६ जना सदस्यहरुले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छान्ने छन् ।

व्यवस्थापन समितिको सदस्यमा अभिभावकहरु बिच कुरा नमिल्दा खुल्ला सदस्य तर्फ उम्मेदवारीको आकांक्षी धेरै देखिएका छन् । खुल्ला सदस्य तर्फ कृष्णहरी खत्री, गणेशबहादुर माझी, नारायण बस्नेत, निमार्ण श्रेष्ठ, बलवीर माझी र बेद कुमार घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी सदस्य पदमा उम्मेदवारी दिनेहरुमा मोहन बहादुर थापा, यमबहादुर बुढाथोकी, रामकुमार श्रेष्ठ र रामशरण कार्की रहेका छन् ।
त्यस्तै दुई जना महिला सदस्यको लागि कबिता घिमिरे, तिजकुमारी भुजेल, निर्जला दाहाल र सरीता खड्काको उम्मेदवारी परेको छ । सदस्य पदमा उम्मेदवारी दिएसँगै उनीहरु मत माग्न राभर अभिभावकहरुको घरघरमा पुुगेका छन् । उम्मेदवारी दिनेहरु सबैले आफ्नो जीत सुनिश्चित भएको दाबी गर्दै आएका छन् । हाल भइरहेको विद्यालयको शैक्षिक गुणस्तरको लागि आफुले उम्मेदवारी दिएको र जीत निश्चित भएको उम्मेदवार कृष्णहरी खत्रीले जानकारी दिए ।

व्यवस्थापन समितिको पदावधि सकिएको लामो समयसम्म मन्थली माध्यमिक विद्यालयको व्यवस्थापन समितिको छनौट हुन सकेको थिएन । यसअघि मन्थली नगरपालिका शिक्षा शाखाले मन्थली माविको व्यवस्थापन समिति गठन गर्दा कानुन विपरित गरेको भन्दै उजुरी पछि उक्त व्यवस्थापन समिति विगठन भएको थियो । व्यवस्थापन समितिको विघटन पछि रिक्त रहेको समितिमा अभिभावक श्याम सुवेदीको संयोजक्तवमा तर्दथ समिति गठन गरिएको थियो ।

मन्थली नगरपालिकाले तीन महिना भित्र व्यवस्थापन समिति गठन गर्ने गरी दिएको समयसिमामा तर्दथ समितिका अध्यक्ष सुवेदीले पनि व्यवस्थापन समितिलाई पूर्णता दिन सकेनन् । ढिलै भएपनि व्यवस्थापन समिति गठन हुन लागेकोमा मन्थली माध्यमिक विद्यालयका शिक्षकहरु खुशी देखिन्छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...