मन्थली मावि व्यवस्थापन समितिको सदस्यमा कसले मार्ला बाजी

Written by meropradesh creator

१० फाल्गुन २०७८, मंगलवार

रामेछाप । लामो समयदेखी रिक्त रहेको मन्थली माध्यमिक विद्यालयको व्यवस्थापन समितिका पदाधिकारीको छनौटको लागि निर्वाचन मंगलवार (आज) हुने भएको छ ।

मन्थली माध्यमिक विद्यालयले आइतवार विद्यालयमा बोलाएको अभिभावक भेलाले व्यवस्थापन समितिका पदाधिकारी गठन गर्न सकेन । आपसी छलफलको माध्यमवाट व्यवस्थापन समितिको ४ जना सदस्य छान्न नसक्दा ती पदको लागि आज अभिभावक बिच मतदान हुने भएको हो । दुई जना खुल्ला सदस्यको लागि १० जनाको उम्मेदवारी परेको छ भने २ जना महिला सदस्यको लागि ४ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत सौभाग्य न्यौपानेले जानकारी दिए ।

उनले भने– छलफलकै माध्यवाट सहमतीमा सदस्य पद चुनिन नसकेपछि मतदान प्रक्रिया हुन लागेको हो । आज हुने मतदानमा २ वटा बुथ रहेको छ । जसमा निर्वाचन मण्डलको ६÷६ जनाको टोली गठन गरेर काम अघि वढाइएको छ । मतदानमा १ हजार २ सय ८५ जना अभिभावकहरुले मतदान गर्ने छन् । मतदान प्रक्रिया बिहान ८ वजदेखी वेलुका ५ वजेसम्म हुने र त्यसपछि मत गणना गरिने निर्वाचन अधिकृत न्यौपानले बताए ।

मतदान पछि चार जना सदस्य निर्वाचित हुने छन् । त्यसपछि सो निर्वाचित समितिले थप दुई जना सदस्य मनोनित गर्न पाउने व्यवस्था रहेको    छ । मनोनित गर्दा अभिभावकहरु मध्ये बुद्धिजीबि, शिक्षाको बिषयमा दख्खल भएको र विद्यालयलाई चन्दा दिइरहेका मध्ये कुनै दुई जना खुल्ला सदस्यमा मनोनित हुने छन् । निर्वाचित र मनोनित गरी आएका ६ जना सदस्यहरुले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छान्ने छन् ।

व्यवस्थापन समितिको सदस्यमा अभिभावकहरु बिच कुरा नमिल्दा खुल्ला सदस्य तर्फ उम्मेदवारीको आकांक्षी धेरै देखिएका छन् । खुल्ला सदस्य तर्फ कृष्णहरी खत्री, गणेशबहादुर माझी, नारायण बस्नेत, निमार्ण श्रेष्ठ, बलवीर माझी र बेद कुमार घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी सदस्य पदमा उम्मेदवारी दिनेहरुमा मोहन बहादुर थापा, यमबहादुर बुढाथोकी, रामकुमार श्रेष्ठ र रामशरण कार्की रहेका छन् ।
त्यस्तै दुई जना महिला सदस्यको लागि कबिता घिमिरे, तिजकुमारी भुजेल, निर्जला दाहाल र सरीता खड्काको उम्मेदवारी परेको छ । सदस्य पदमा उम्मेदवारी दिएसँगै उनीहरु मत माग्न राभर अभिभावकहरुको घरघरमा पुुगेका छन् । उम्मेदवारी दिनेहरु सबैले आफ्नो जीत सुनिश्चित भएको दाबी गर्दै आएका छन् । हाल भइरहेको विद्यालयको शैक्षिक गुणस्तरको लागि आफुले उम्मेदवारी दिएको र जीत निश्चित भएको उम्मेदवार कृष्णहरी खत्रीले जानकारी दिए ।

व्यवस्थापन समितिको पदावधि सकिएको लामो समयसम्म मन्थली माध्यमिक विद्यालयको व्यवस्थापन समितिको छनौट हुन सकेको थिएन । यसअघि मन्थली नगरपालिका शिक्षा शाखाले मन्थली माविको व्यवस्थापन समिति गठन गर्दा कानुन विपरित गरेको भन्दै उजुरी पछि उक्त व्यवस्थापन समिति विगठन भएको थियो । व्यवस्थापन समितिको विघटन पछि रिक्त रहेको समितिमा अभिभावक श्याम सुवेदीको संयोजक्तवमा तर्दथ समिति गठन गरिएको थियो ।

मन्थली नगरपालिकाले तीन महिना भित्र व्यवस्थापन समिति गठन गर्ने गरी दिएको समयसिमामा तर्दथ समितिका अध्यक्ष सुवेदीले पनि व्यवस्थापन समितिलाई पूर्णता दिन सकेनन् । ढिलै भएपनि व्यवस्थापन समिति गठन हुन लागेकोमा मन्थली माध्यमिक विद्यालयका शिक्षकहरु खुशी देखिन्छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...