मन्थली माबि–व्यवस्थापन समिति गठनमा ढिलाई

Written by meropradesh creator

१६ माघ २०७८, आईतवार

रामेछाप । कोरोना संक्रमणको बहानाबाजी गर्दै मन्थली माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठनमा ढिलो गर्न प्रपञ्च रचेको गुनासो अभिभाबकहरुले गरेका छन् ।

मन्थली माध्यमिक विद्यालयमा यसअघि गठन भएको विद्यालय व्यवस्थापन समिति अवैद्यानिक भएको भन्दै उक्त समितिलाई मन्थली नगर शिक्षा समितिले खारेज गरेपछि स्थानिय अभिभावक श्याम सुबेदीको अध्यक्षतामा तर्दथ समिति गठन गरेको हो । नगर शिक्षा समितिले तीन महिना भित्र विद्यालय व्यवस्थापन समिति गठन गर्ने गरि तर्दथ समितिलाई जिम्मेवारी दिएको थियो ।

समितिले यहीँ माघ ४ गते अभिभावकहरुको भेला गरि नयाँ व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेता पनि कोरोना महामारीका कारण उक्त निर्णय प्रभावित बन्न पुगेको हो । कोरोनाका कारण विद्यालय व्यवस्थापन समितिको चयन हुन नसकेको विद्यालय व्यवस्थापन समितिले बताएता पनि अभिभावकहरुले भने समयसिमा बढाउने खेल खेलेको अडकलबाजी गर्दै आएका छन् ।

विद्यालयमा रिक्त रहेको व्यवस्थापन समिति गठन चाडै गर्नुपर्नेमा त्यसो नगरी कहिले अभिभावकहरुलाई परिपत्र गर्न बाँकी छ भन्दै कहिले कोरोना महामारी देखाउँदै ढिलो गर्नुमा केही षडयन्त्र हुनसक्ने आंशा उब्जिएको अभिभावक होमवहादुर थापाले जानकारी दिए । उनले भने– व्यवस्थापन समिति नहुँदा विद्यालयमा गर्नुपर्ने धेरै कामहरु अधुरै रहेका छन् । ती कामहरु पुरा गर्न जतिसक्दो चाडो रिक्त रहेको समितिलाई पूर्णता दिनुपर्ने हुन्छ । वरु तर्दथ समितिले विद्यालयमा नियमित चासो दिने र सक्रिय केही अभिभावकलाई बोलाएर समिति गठन गर्न पनि सक्ने तर्क खड्काले गरेका छन् ।


कोरोना महामारीका कारण विद्यालय व्यवस्थापन समिति गठन गर्न समस्या भएको मन्थली माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकप्रसाद दाहालले जानकारी दिए । उनले भने– हामीले समिति गठनको लागि माघ ४ गते अभिभावकहरुलाई खबर गरेका थियौ । कोरोनाका कारण त्यो भेला हुन सकेन । मन्थली नगरपालिकासँग समन्वय गरेर फागुन २÷३ मा विद्यालय व्यवस्थापन समितिको भेला डाँकी समितिलाई पूर्णता दिन सकिन्छ की भनेर त्यसको गृह कार्यमा आफु लागि परेको प्रधानाध्यापक दाहालले बताए ।

मन्थली माध्यमिक विद्यालय मन्थलीको विद्यालय व्यवस्थापन समिति गठन गर्न दिएको समयसिमा सकिएको र पुनः उक्त समितिलाई के–कती समय थप गर्न सकिन्छ यस बिषयमा नगर शिक्षा समितिको छलफल पछि व्यवस्थापन समिति गठनको लागि मिति तय गरिने मन्थली नगरपालिका शिक्षा शाखा प्रमुख हेमन्त बुढाथोकीले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

अन्ततः लिखु तामाकोशी गाउँपालिका र श्वेत गंगा हाइड्रोपावरबिच सडक निर्माणका क्रममा उत्पन्न विवाद मिलेको छ। गाउँपालिकाको वडा नम्बर २ मा भएको विवाद समाधान गर्दै दुवै पक्षबिच आपसी सहकार्य गर्ने सहमति भएको हो। सहमति अनुसार हाइड्रोपावरको पेनस्टक पाईप पछाडि रहेको खहरे खोलाको...