मन्थली माबिले गर्यो २४ घण्टे अल्टीमेटममा शिक्षक भर्ना

Written by meropradesh creator

१६ पुष २०७८, शुक्रबार

रामेछाप । जिल्लाकै नमुना सामुदायिक विद्यालयको नामले कहलिएको मन्थली माध्यमिक विद्यालयमा रिक्त रहेको प्रावि शिक्षक पदमा भर्ना गर्दा ऐन नियम विपरित शिक्षकको नाम र ठेगाना तोकेरै २४ घण्टे पत्राचार गरेर भर्ना गरेपछि अभिभावकहरु आक्रोसित बनेका छन् ।
मन्थली माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नवराज घिमिरेको पदावधि सकेर जागिर छाडेपछि उक्त रिक्त रहेको पदमा कुन शिक्षक भर्ना गर्ने भन्ने बिषयमा विद्यालय व्यवस्थापन समितिको गिद्दे नजर परेको थियो । यसअघिका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धु्रुवकुमार कार्की रहेको समिति अवैद्यानिक ठहर गरेर उक्त समिति भङ्ग गरेपछि मन्थली नगरपालिकाले श्याम सुवेदीको अध्यक्षतामा तर्दथ समिति गठन गरेको थियो ।
सोही तर्दथ समितिका अध्यक्ष सुवेदीले अभिभावकहरुको भेला डाकेर नयाँ ब्यवस्थापन समिति गठन गराउनुुको सट्टा विद्यालयमा रिक्त रहेको शिक्षक पदमा आफ्नो पहुँच देखाउँदै शिक्षक भर्ना तर्फ लागेका हुन् । उनले स्थानिय दक्ष शिक्षकहरु हुँदाहुँदै ती शिक्षकहरुलाई बाहिपास गर्दै शिक्षा ऐन नियमत विपरित शिक्षकको नाम, ठेगाना र विद्यालय किटान नै गरेर २४ घण्टा भित्र विद्यालयमा हाजिर हुन निर्देशन सहितको पत्र काटेर शिक्षक भर्ना गरेपछि यो विषयले अहिले अभिभावक र स्थानिय शिक्षकमा खैलाबैला उत्पन्न भएको छ ।
तर्दथ समितिका अध्यक्ष सुवेदीले स्थानिय शिक्षकलाई प्राथमिकता नै नराखी कालिका माध्यमिक विद्यालयका अग्रेजी शिक्षक भोलाजङ्ग थापालाई मन्थली माध्यमिक विद्यालयमा २४ घण्टा भित्र हाजिर हुनु भन्दै पत्रचार गरेर भर्ना गराएका थिए । मन्थली माविले पठाएको पत्रको आधारमा कालिका माविले थापालाई रमाना दिएपछि उनी मन्थली माविमा हाजिर भएका हुन् । स्थानिय दक्ष शिक्षकहरु हुँदाहुँदै बाहिरबाट शिक्षक ल्याएर भर्ना गर्नु र इतिहासमा नै नभएको २४ घण्टे अल्टीमेटम दिएर शिक्षक भर्ना गर्नु नितान्त आपत्तिजनक भएको मन्थली नगरपालिका–१ का अभिभावक पूर्ण बहादुर सुवेदीले जानकारी दिए ।
उनले भने– अहिलेको विद्यालय व्यवस्थापन समिति भनेको तर्दथ समिति मात्रै हो । यो समितिले शिक्षक भर्ना गर्नु भन्दा पनि नयाँ व्यवस्थापन समिति गठन गर्न तर्फ ध्यान दिनुुपर्ने थियो । त्यसको वेवास्ता गर्दै विद्यालयमा अन्य शिक्षकहरु हुँदाहुँदै आफ्नो पदावधि हुँदै शिक्षक भर्ना गर्ने जुन मनसाय अहिलेको व्यवस्थापन समितिले गर्यो यो नितान्त दुुःखद कुुरा भएको अभिभावक सुवेदीले बताए ।
यता मन्थली माध्यमिक विद्यालयमा रिक्त रहेको पदमा काम गर्न पाउनु पर्ने भन्दै स्थानिय शंकर सुवेदी, टाेलानाथ सुवेदी, सिर्जना सुवेदी र प्रतिमा सुवेदी लगाएतका अन्य केही दक्ष शिक्षकहरुले विद्यालय व्यवस्थापन समितिसँग माग राखेका थिए । तर त्यसको वेवास्था गर्दै विद्यालय व्यवस्थापन समितिले बाहिरवाट शिक्षक ल्याएर भर्ना गरेपछि स्थानिय शिक्षक र अभिभावक व्यवस्थापन समितिसँग रुष्ट बनेका हुन् ।
विद्यालयमा रिक्त रहेको शिक्षक भर्ना गर्ने बिषयमा बसेको व्यवस्थापन समितिको बैठकले २४ घण्टे पत्र थमाएर भएपनि थापालाई नै नियुक्ती गर्ने भन्ने निर्णय गरेकाले थापा नियुक्त भएको मन्थली माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकप्रसाद दाहालले जानकारी दिए । उनले भने– केही स्थानिय शिक्षक साथीहरु, केही अभिभावकहरु र केही विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले शिक्षक भर्ना गर्दा प्रध्यानाध्यापकको हात रहेको छ भन्ने जुन आरोप म माथी लागेको छ । त्यो आरोप सरासर गलत छ । शिक्षक भर्ना गर्ने बिषयमा मेरो कुनै हात नभई सबै विद्यालय व्यवस्थापन समितिले नै गरेको प्रअ दाहालले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...