मन्थली क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका थापा विजय

५ चैत्र २०८१, बुधबार

रामेछाप । नेपाल विद्यार्थी संघ (नेविसंघ) का कर्ण श्रेष्ठ बाहेक अन्य सबै पदमा अनरोस्ववियुका उम्मेदवार विजयी भएका छन् । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा सञ्चालित मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनमा एक सदस्य पद बाहेक सबै पदमा अनरोस्ववियुका उम्मेदवार विजयी भएका हुन् ।

मंगलबार भएको निर्वाचनबाट अनेरास्ववियुका सुशील थापा २०७ मत प्राप्त गर्दै विजयी भएका छन् भने नेविसंघका विपुल रोका १५२ र अखिल (क्रान्तिकारी)का उम्मेदवार अनोज भुजेलले जम्मा ६५ मत मात्रै प्राप्त गर्दे पराजित हुनुभएको छ । सचिवमा अनेरास्ववियुका मुकेश भण्डारी(डेनिस) १८५ मत प्राप्त गरी विजयी हुँदा नेविसंघका युवराज बुढाथोकीले १६५ र अखिल (क्रान्तिकारी)का सचिव पदका उम्मेदवार विनीता माझी ७० मत प्राप्त गर्दै पराजित हुनुभएको छ । कोषाध्यक्षमा अनेरास्ववियुकी मशली तामाङ २०७ मत प्राप्त गरी निर्वाचित हुँदा नेविसंघकी छाया तामाङले १३६ र अखिल (क्रान्तिकारी)का राजकुमार श्रेष्ठ जम्मा ७९ मत प्राप्त गरी पराजित हुनुभएको छ । सदस्यहरूमा अनेरास्ववियका ४ जना उम्मेदवार तुलसा उप्रेती १९१, यलिना माझी १७१, जीवन पहरी २०७ र मनोज श्रेष्ठ २३७ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । भने एउटा सदस्य पदमा नेविसंघबाट कर्ण श्रेष्ठ १७६ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।

अब उपाध्यक्ष र सह–सचिव सहित ७ पद समानुपातिक तर्फबाट समितिमा जाने व्यवस्था रहेको छ । स्ववियु निर्वाचन भएको रामेछाप जिल्लाकै एक मात्रै मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा ५३१ मतदाता रहेकोमा जम्मा ४२७ मत खसेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध हुन्छ : सञ्चारमन्त्री गुरुङ

सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध हुन्छ : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटा कम्पनीलाई सात दिनको अन्तिम अल्टिमेटम दिएका छन् । नेपालमा कानुनीरूपमा दर्ता नभए मेटामाथि प्रतिबन्ध लगाइने उनको चेतावनी छ । शुक्रबार राजधानीमा आयोजित राष्ट्रिय सूचना आयोगको विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा...

कांग्रेसले भन्यो – सरकार ढाल्ने हल्ला चलाएर अस्थिरता निम्त्याउने काम भइरहेको छ

कांग्रेसले भन्यो – सरकार ढाल्ने हल्ला चलाएर अस्थिरता निम्त्याउने काम भइरहेको छ

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकार ढाल्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै घिमिरेले कांग्रेस रहेसम्म वर्तमान सरकारलाई कुनै असर नपर्ने भन्दै सरकार ढाल्ने हल्ला चलाएर...

कदम पुरस्कार राजवंशी र हरिराम पुरस्कार जोशीलाई प्रदान गरिने

कदम पुरस्कार राजवंशी र हरिराम पुरस्कार जोशीलाई प्रदान गरिने

ललितपुर । जोशी रिसर्च इन्ष्टिच्यूटद्वारा यस वर्षको कदम पुरस्कार अभिलेखविद् डा.श्यामसुन्दर राजवंशी र हरिराम जोशी पुरस्कार– २०८१ अनुसन्धानकर्ता पद्मसुन्दर जोशीलाई प्रदान गरिने भएको छ । इन्ष्टिच्यूटले विहीबार पाटन दरबार क्षेत्रस्थित पाटन संग्रहालयमा एक समारोहको आयोजना...