मन्थली क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका थापा विजय

५ चैत्र २०८१, बुधबार

रामेछाप । नेपाल विद्यार्थी संघ (नेविसंघ) का कर्ण श्रेष्ठ बाहेक अन्य सबै पदमा अनरोस्ववियुका उम्मेदवार विजयी भएका छन् । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा सञ्चालित मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनमा एक सदस्य पद बाहेक सबै पदमा अनरोस्ववियुका उम्मेदवार विजयी भएका हुन् ।

मंगलबार भएको निर्वाचनबाट अनेरास्ववियुका सुशील थापा २०७ मत प्राप्त गर्दै विजयी भएका छन् भने नेविसंघका विपुल रोका १५२ र अखिल (क्रान्तिकारी)का उम्मेदवार अनोज भुजेलले जम्मा ६५ मत मात्रै प्राप्त गर्दे पराजित हुनुभएको छ । सचिवमा अनेरास्ववियुका मुकेश भण्डारी(डेनिस) १८५ मत प्राप्त गरी विजयी हुँदा नेविसंघका युवराज बुढाथोकीले १६५ र अखिल (क्रान्तिकारी)का सचिव पदका उम्मेदवार विनीता माझी ७० मत प्राप्त गर्दै पराजित हुनुभएको छ । कोषाध्यक्षमा अनेरास्ववियुकी मशली तामाङ २०७ मत प्राप्त गरी निर्वाचित हुँदा नेविसंघकी छाया तामाङले १३६ र अखिल (क्रान्तिकारी)का राजकुमार श्रेष्ठ जम्मा ७९ मत प्राप्त गरी पराजित हुनुभएको छ । सदस्यहरूमा अनेरास्ववियका ४ जना उम्मेदवार तुलसा उप्रेती १९१, यलिना माझी १७१, जीवन पहरी २०७ र मनोज श्रेष्ठ २३७ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । भने एउटा सदस्य पदमा नेविसंघबाट कर्ण श्रेष्ठ १७६ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।

अब उपाध्यक्ष र सह–सचिव सहित ७ पद समानुपातिक तर्फबाट समितिमा जाने व्यवस्था रहेको छ । स्ववियु निर्वाचन भएको रामेछाप जिल्लाकै एक मात्रै मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा ५३१ मतदाता रहेकोमा जम्मा ४२७ मत खसेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...