मन्थली । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस सञ्चालक समितिको आज मतदान हुँदै छ । बिहान १०ः ३० बजे देखी सुरु भएको मतदान साँझ ५ बजे सम्म चल्ने छ ।
सञ्चालक समितिको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन बाट नवराज घिमिरेको नेतृत्वमा निर्वाचनमा गएको छ भने नेकपा एमाले बाट उज्वलराम सुवेदीको नेतृत्वमा निर्वाचनमा गएको छ ।
गठबन्धनको तर्फबाट अध्यक्ष पदका उमेद्वारा बनेका नवराज घिमिरेको समूहमा रामचन्द्र अधिकारी, नवीन केसी, युवराज सुवेदी, दीपक राज प्रसाईँ र सबिना घिमिरे काफ्ले रहेका थिए भने नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उमेद्वारा बनेका उज्वल सुवेदीको नेतृत्वका सदस्यहरूमा रमेश कुमार उदास, शान्ता सुवेदी न्यौपाने, सुरेन्द्र बहादुर कार्की, हरिवंश कडरिया र गंगादेवी कार्कीले उम्मेदवारी दर्ता गरेका थिए । सुरेन्द्र बहादुर कार्की, हरिवंश कडरिया र गंगादेवी कार्कीले उम्मेदवारी फिर्ता लिएको छ । महिला सदस्य पदमा गंगादेवी कार्कीले उम्मेदवारी फिर्ता लिए सँगै गठबन्धन बाट सावित्री घिमिरे( काफ्ले) भने निर्विरोध निर्वाचित भएका छन् ।
अध्यक्ष, १ महिला सहित ६ जना निर्वाचित ४ जना मनोनीत र ९ जना पदेन सदस्य सहित १९ जनाको सञ्चालक समिति रहने व्यवस्था विधानले गरेको छ । जम्मा १२२ जना क्याम्पस सभा सदस्य रहेको छ । क्याम्पस सभा सदस्य मतदाता रहने व्यवस्था छ । जस मध्य १२ बजे सम्म ५० प्रतिशत मतदान भएको क्याम्पस प्रमुख डा. भरत कुमार श्रेष्ठले जानकारी दिए ।