मन्थली क्याम्पस संचालक समितिको अध्यक्षमा–बियोगी

Written by meropradesh creator

९ फाल्गुन २०७७, आईतवार

रामेछाप । मन्थली नगरपालिकामा रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा रामचन्द्र बियोगी निर्बिरोध रुपमा चयन भएका छन् ।
मन्थली क्याम्पसमा शनिवार भएको भेलाले एक कार्यकाल अध्यक्ष पदमा रहेर काम गरि सकेका रामचन्द्र बियोगीले पुनः दोश्रो कार्यकाल पनि अध्यक्ष पदमा दोहोरिने मौका पाएका छन् । अध्यक्ष सँगै पाँचजना क्याम्पस सभा सदस्यहरु पनि चुनिएका छन् । सदस्यहरुमा उज्वल सुवेदी, प्रकास कुमार कार्की, युवराज सुवेदी, रमेश ढुगेल र देवीका पौडेल निर्विरोध रुपमा चयन भएका छन्, भने सदस्य सचिवमा क्याम्पस प्रमुख ऋषीकुमार कार्की रहेका छन् ।
त्यसैगरी क्याम्पस संचालक समितिको बैठकले गंगालाल गोले, कुमार श्रेष्ठ, गंगा अधिकारी, दिनेश सुवेदीलाई क्यम्पस संचालक समितिको सदस्यमा मनोनित गरेको छ । त्यस्तै संञ्चालक समितिको पदेन सदस्यहरुमा क्याम्पसका निर्वतमान अध्यक्ष ध्रुबप्रसाद सुवेदी,क्याम्पस प्रध्यापक संघका प्रतिनिधि दिनेशकुमार कार्की, मन्थली नगरपालिका वडा नं–१ का वडा अध्यक्ष नारायणदास श्रेष्ठ रहेका छन् ।
त्यसैगरी अन्य क्याम्पस सञ्चालक समितिको पदेन सदस्यहरुमा क्याम्पस स्ववियु सभापति कपील मगर, मन्थली माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ध्रुवकुमार कार्की, मन्थली माध्यमिक विद्यालयका प्रध्यानध्यापक टंकप्रसाद दाहाल, त्रिभुवन विश्व विद्यालयका प्रतिनिधि डा.वाशुदेव गौतम लगाएतलाई सदस्यमा मनोनित गरेको हो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

गठबन्धनको कल्पना नगरे हुन्छ – गगन थापा

गठबन्धनको कल्पना नगरे हुन्छ – गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ०८४ को चुनावमा कुनै पनि पार्टीले गठबन्धनको कल्पना गर्न नहुने बताउनु भएको छ । नेपाली काँग्रेस बारा ३ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै अब हुने निर्वाचनमा नेपाली काँग्रेसले कुनै राजनितिक दल संग गठबन्धन नगर्ने...

कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउने मन्त्रिपरिषद्को निर्णयको विरुद्ध माओवादी केन्द्र रामेछाप आन्दोलनमा

कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउने मन्त्रिपरिषद्को निर्णयको विरुद्ध माओवादी केन्द्र रामेछाप आन्दोलनमा

रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापले जिल्ला सदरमुकाम मन्थलीमा वली सरकारको विरोधमा नारा वाजी सहित राँके जुलुस निकालेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने मन्त्री परिषद्को निर्णयको विरोध गर्दै नेकपा माओवादी केन्द्रले...

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप । रामेछाप उद्योग वाणिज्यिक सङ्घ रामेछापले माघ १५ गते देखी २६ गते सम्म मन्थलीमा सञ्चालित रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । उद्योग वाणिज्यिक सङ्घले पत्रकार सम्मेलन मार्फत सोमबार आम्दानी तथा खर्च...