मन्थली क्याम्पस संचालक समितिको अध्यक्षमा बियोगी र श्रेष्ठ भिड्ने

Written by meropradesh creator

२१ माघ २०७७, बुधबार

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको क्याम्पस संचालक समितिको अध्यक्षमा अधिवक्ता रामचन्द्र बियोगी र मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख गुञ्जबहादुर श्रेष्ठ भिड्ने भएका छन् ।
सहिद स्मृति बहुमुखी क्याम्पसको यहीँ फागुन ८ गते हुने निर्वाचनमा दुई अध्यक्ष बिच कडा प्रतिस्पर्धा हुने भएको हो । पूर्व क्याम्पस प्रमुख गुञ्जवहादुर श्रेष्ठले क्याम्पस संचालक समितिको अध्यक्ष पदमा बस्ने बताएपछि सो क्याम्पसको एक कार्यकाल चलाइसकेका क्याम्पस संचालक समितिका अध्यक्ष रामचन्द्र बियोगीले पुनः दोश्रो कार्यकाल पनि आफै संचालक समितिको अध्यक्ष पद नछाड्ने जनाएपछि क्याम्पस संचालक समितिको अध्यक्ष पदमा मतदान हुन लागेको हो ।
क्याम्पस संचालक समितिको कार्यकाल सकिएपछि मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसले यहीँ माग १७ गते दोश्रो क्याम्पस सभाको आयोजना गरेको थियो । क्याम्पस सभामा क्याम्पस संचालक समितिको अध्यक्ष पदमा उम्मेदवारी दिने दुई व्यक्ति भएपछि सो दिन क्याम्पस संचालक समितिका क्याम्पस सभा सदस्यहरुले अध्यक्ष छान्न सकेनन् ।
संचालक समितिको अध्यक्ष पदमा दुईजनाको प्रतिस्पर्धा भएपछि सहभागी क्याम्पस सभा सदस्यहरुको भेलाले सात सदस्यीय मेलमिलाप तथा समन्वय समिति गठन गरेको छ । समितिमा क्याम्पस संचालक समितिका सदस्यहरु ध्रुबप्रसाद सुबेदी, लेखबहादुर कार्की, दीपक प्रसाई, नारायण बोगटी, नारायणदास श्रेष्ठ, ध्रुब कार्की र रामबाबु घिमिरे रहेका छन् । समितिले फागुन ७ गतेभित्र मिलमिलाप गराउने छ । यदी प्रतिस्पर्धी बिच मेलमिलाप नभएको खण्डमा मात्रै ८ गते मतदान हुने जनाइएको छ । मतदानमा ७९ जना क्याम्पस सभा सदस्यहरुको सहभागीता हुने छ ।
मेलमिलाप गठित समितिले क्याम्पस संचालक समितिका दुई उम्मेदवारलाई राखेर पटक–पटक वार्ता गर्दा पनि दुई उम्मेदवारहरु अहिलेसम्म पनि टसमस नगरेको मेलमिलाप समितिका सदस्य नारायणबहादुर बोगटीले जानकारी दिए । उनले भने– हामी मिलाउने प्रयासरत छौं । आशा छ केही दिन भित्रै मिलाउँछौ, मिल्नै नसक्ने अवस्था आएमा मात्रै निर्वाचनको प्रक्रियामा जाने सदस्य बोगटीले बताए ।
क्याम्पस सुधार र क्याम्पसमा अध्ययनरत बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधार गर्न र उनीहरुको भाबी भविष्यको लागि आफ्नो उम्मेदवारी रहेको पूर्व क्यापस प्रमुख गुञ्जवहादुर श्रेष्ठले बताए । उनले भने– मैले मेरो आधा भन्दा बढी उमेर मन्थली स्कुल र क्यापसको लागि समर्पित गरे । अब बाँकी जीबन पनि यहीँ क्याम्पसको लागि गर्ने गरि उम्मेदवारी दिएको हुँ । मलाई आशा छ सबै क्याम्पससभा सदस्यहरुले मलाई निर्वाचित गराउनु हुने नै छ ।
त्यसैगरी क्याम्पसको गर्नुपर्ने कामहरु केही बाँकी भएको र आफ्नो कार्यकालमा सबै कामहरु पुरा गर्न नसकेको भन्दै बाँकी र छुटेका कामलाई पूर्णता दिन आफुले उम्मेदवारी दिएको पूर्व क्याम्पस संचालक समितिका अध्यक्ष रामचन्द्र बियोगीले जानकारी दिए । उनले भने– मलाई आम क्याम्पससभा सदस्यहरुले तपाई नै हाम्रो अध्यक्ष हो भनेका छन् । मलाई पूर्ण विश्वास छ म जसरी भएता पनि संचालक समितिको अध्यक्ष बन्छु ।
मन्थलीको क्याम्पस संचालक समितिको अध्यक्ष पदमा भिड्ने दुवै व्यक्ति नेपाली काँग्रेस पार्टीका हनोहार कार्यकर्ताहरु हुन् । एक पदमा दुई उम्मेदवारी बनेपछि अहिले नेपाली काँग्रेसका नेताहरु कसलाई संयोजक पदमा राख्ने भन्ने बिषयमा छलफलमा जुटेका छन् । त्यसैगरी नेकपाको उम्मेदार दिने व्यक्ति नभएपछि नेकपा केपीशर्मा ओली समुहले पूर्व क्याम्पस संचालक समितिका अध्यक्ष रामचन्द्र बियोगीलाई अघि सारको ओली श्रोतले जनाएको छ । त्यसैगरी नेकपा प्रचण्ड–माधब समुहले पूर्व क्याम्पस प्रमुख गुञ्जबहादुर श्रेष्ठलाई अघि सारेका छन् । क्याम्पसलाई सहि ढंङ्गले चलाउने क्षमता पूर्व क्याम्पस प्रमुख श्रेष्ठसँग मात्रै भएकाले हाम्रो सिङ्गो पार्टीले उहाँलाई सहयोग गर्ने नेकपा प्रचण्ड–माधब समुहका युवा नेता युबराज सुबेदीले जानकारी दिए ।
क्याम्पस संचालक समितिको अध्यक्ष पदमा दुईजनाको प्रतिस्पर्धा भएपछि यसलाई आपसी मेलमिलापबाट टुङ्याउने गरी मेलमिलाप तथा समन्वय समिति गठन गरिएको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ऋषिकुमार कार्कीले जानकारी दिए । उनले भने– क्याम्पसजस्तो पबित्र संस्थामा चुनाबी प्रतिस्पर्धा भन्दा आपसी समझदारीमा संचालक समितिको टुङ्गो लगाउँदा भोलीको दिनमा काम गर्न सहज हुने भएकाले सहमतीको लागि मेलमिलाप समितिलाई जिम्मा दिइएको बताए ।
मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको संचालक समितिमा हुने निर्वाचनमा १ अध्यक्ष, ४ पुरुष सदस्य र १ महिला सदस्य गरि ६ जना मात्रै निर्वाचित हुनेछन् । निर्वाचित मण्डलले पछि अन्य ३ सदस्य मनोनित गर्न पाउने छ, भने सो समितिले पछि आमन्त्रीत सदस्य समेत थप गर्ने ब्यवस्था रहेको क्याम्पस प्रशासनले जनाएको छ ।
संचालक समितिको फागुन ८ गते हुने निर्वाचनको लागि शिक्षक पेशल आचार्यको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन मण्डल समेत गठन गरेको छ । निर्वाचन मण्डलमा पेशल आचार्य, हरी अधिकार र अप्सरा पौडेल रहेको क्याम्पस श्रोतले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध हुन्छ : सञ्चारमन्त्री गुरुङ

सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध हुन्छ : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटा कम्पनीलाई सात दिनको अन्तिम अल्टिमेटम दिएका छन् । नेपालमा कानुनीरूपमा दर्ता नभए मेटामाथि प्रतिबन्ध लगाइने उनको चेतावनी छ । शुक्रबार राजधानीमा आयोजित राष्ट्रिय सूचना आयोगको विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा...

कांग्रेसले भन्यो – सरकार ढाल्ने हल्ला चलाएर अस्थिरता निम्त्याउने काम भइरहेको छ

कांग्रेसले भन्यो – सरकार ढाल्ने हल्ला चलाएर अस्थिरता निम्त्याउने काम भइरहेको छ

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकार ढाल्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै घिमिरेले कांग्रेस रहेसम्म वर्तमान सरकारलाई कुनै असर नपर्ने भन्दै सरकार ढाल्ने हल्ला चलाएर...

कदम पुरस्कार राजवंशी र हरिराम पुरस्कार जोशीलाई प्रदान गरिने

कदम पुरस्कार राजवंशी र हरिराम पुरस्कार जोशीलाई प्रदान गरिने

ललितपुर । जोशी रिसर्च इन्ष्टिच्यूटद्वारा यस वर्षको कदम पुरस्कार अभिलेखविद् डा.श्यामसुन्दर राजवंशी र हरिराम जोशी पुरस्कार– २०८१ अनुसन्धानकर्ता पद्मसुन्दर जोशीलाई प्रदान गरिने भएको छ । इन्ष्टिच्यूटले विहीबार पाटन दरबार क्षेत्रस्थित पाटन संग्रहालयमा एक समारोहको आयोजना...