रामेछाप । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जिवनराम श्रेष्ठले मन्थली काठमाण्डौ उडानको विषयमा वेवास्ता गरेका छन् । जिल्ला सदरमुकाम मन्थलीमा रहेको मन्थली एअरपोर्ट अनुगमनको लागी मन्त्रालयका उच्च अधिकारीहरुको टोली सहित विहिबार मन्थली आइपुगेका मन्त्री श्रेष्ठले मन्थली एअरपोर्ट सञ्चालको बिषयमा वेवास्ता गर्दै फर्केका छन् ।
कार्यक्रममा विमान कम्पनीका कर्मचारी र नेपाल नागरिक उडड्यन प्राधिकरणका अधिकारीले मन्त्री श्रेष्ठलाई विमानस्थलमा देखिएका समस्याका बारेमा वताएका थिए ।
कार्यक्रममा ईन्धनको समस्या रहेको, विमानस्थल आसपास सुविधा सम्पन्न चमेना गृह नभएको, प्रयाप्त खुल्ला क्षेत्र नभएको, एक्सरे मेसिन र सिसी क्यामेरा नभएको र पर्यटकले उपयोग गर्ने सुविधा कमजोर रहेको गुनासो विमानकम्पनीका संचालकहरुले गरेका थिए ।
नेपाल नागरिक उडड्यन प्राधिकरणले यहि असोज ९ देखि रामेछाप विमानस्थलबाट लुक्ला केन्द्रीत उडान गर्ने तयारी गरेको छ । तारा सिता र समिट एयरले पर्यटकलाई सेवा दिन केन्द्रीत उक्त उडानहरुको तयारी थालेका छन् ।
पर्यटन मन्त्री विहिबार दिउँसो मन्त्रालयका उच्च अधिकारीहरु सहितको टोलीले सदरमुकाम मन्थली स्थित मन्थली विमान स्थलको निरीक्षण गरेको भएपनि स्थानिय बासिन्दाले विमान स्थल संचालनका लागि गरेको मागको भने वेवास्ता गरे । सो क्रममा उनले एअरपोर्टको अबस्थाका बारेमा मात्र जानकारि लिए ।
निजी क्षेत्रको समिट एयरको चार्टर जहाँज चढेर दिउँसा विमानस्थलमा उत्रिएको मन्त्री सहितको टोलीले विमानस्थलका पूर्वाधार र त्यहाँको अबस्थाका बारेमा जानकारी लिएको थियो । सो अबसरमा विभिन्न कम्पनीका प्रतिनिधि र नागरिक उडड्यन प्राधिकरणका अधिकारीले मन्त्री श्रेष्ठलाई विमानस्थलको समस्याको बारेमा जानकारी गराउनुका साथ त्यहाँको समस्या र समाधानका बारेमा पनि जानकारी गराएका थिए ।
विमानस्थलमा स्थानिय हरुले मन्त्री श्रेष्ठलाई हप्तामा कम्तिमा पनि रामेछापबाट काठमाण्डौका लागि एउटा उडान राख्नका लागि अनुरोध गरेका थिए । तर उक्त अनुरोधलाई मन्त्री श्रेष्ठले खासै चासो राखेनन् । सो क्रममा उनले रामेछाप बासीको मागका समन्धमा आफनो ध्यानाकर्षण भएको मात्र वताए ।
यस अघीका पर्यटन मन्त्री प्रेम आलेले पनि करिब ५ महिना अघि रामेछापको गाल्वामा आयोजित पार्टिको कार्यक्रममा मन्थली काठमाण्डौ जहाज चलाउने बचन दिएका थिए तर उडानको विषयमा कुनै पनी कुरा आज सम्म नआउदा मन्थली काठमाण्डौ उडानको सम्भवना कम देखीएको स्थानिय हरुले बताउदै आएका छन् । रामेछाप विमानस्थलबाट ब्यवसायीक उडान गर्दे नाफा आर्जन गर्दे आएका निजि विमान कम्पनीहरुले रामेछाप काठमाण्डौ उडानमा यात्रु नहुने भन्दै प्राधिकरणको आँखामा छारो हाल्दै आएका छन् । स्थानीयले केहि बर्ष देखिनै रामेछाप देखि काठमाण्डौका लागि यात्रु बाहक हवाई सेवा संचालनको माग गरेपनि विमान कम्पनी र सरकारले त्यसको कुनै वास्ता गरेका छनन् ।
पंचायत कालमानै निर्माण भएको उक्त विमान स्थललाई कालो पत्रे गरेर स्तरोन्नति गरीएको भएपनि लामो समय देखि यस एरपार्टमा कुनै पनि कम्पानिले जहाज उडाएका छैनन् । तर नेपाल नागरिक उडड्यन प्राधिकरणले भने सोलुजाने पर्यटकहरुका लागि असोज ९ देखि मन्थली एरपोर्ट बाट लुक्लाका लागि जहाज उडाउने तयारी गरेको छ । त्यस बाहेक तारा सिता र समिट एयरले पनि पर्यटक केन्द्रीत उडान भर्ने तयारी गरेका छन् ।
काठमाण्डौंको विमानस्थलमा हुने हवाई चापलाइ कम गर्न रामेछाप विमान स्थलबाट लुक्लाका लागि उडान हुन लागेको हो । लुक्लाको मौसम राम्रो हुदा रामेछापबाट अधिकतम उडान गर्ने योजना वायुयान संचालकको छ । काठमाण्डौंबाट लुक्ला जाने यात्रुहरुलाई गाडिमा राखेर विपी राजमार्ग हुदै रामेछाप विमानस्थल सम्म लैजाने र त्यहि बाटो काठमाण्डौ फर्काउने विगतको कार्य यस बर्ष समेत निरन्तरता दिईने भएको छ । काठमाण्डौंबाट रामेछाप विमानस्थल सम्मको सडक मार्ग यात्राका लागि करिव ४ घण्टाको समय लाग्ने भएकोले पनि ब्यवसायीहरुको रोजाईमा मन्थली विमानस्थल परेको हो ।