मन्थली बचतको वार्षिक कारोबार १ अर्ब १४ करोड भन्दा बढी

Written by meropradesh creator

२७ आश्विन २०८०, शनिबार

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालित मन्थली बचत तथा ऋण सहकारी संस्थाले वार्षिक कारोबार १ अर्ब १४ करोड भन्दा बढी गर्न सफल भएको छ । सहकारीले आज शनिवार २६ औँ वार्षिक साधारण सभाको अवसरमा आर्थिक वर्ष २०७९÷०८० मा  १ अर्ब १४ करोड भन्दा बढी कारोबार भएको प्रतिवेदन मार्फत सार्वजनिक गरेको छ ।
२६ वर्ष अघि मन्थलीमा स्थापना भएको मन्थली बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १ अर्ब माथि पुगेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । २६ औँ साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन अनुसार २६ वर्ष अघि स्थापना भएको मन्थली बचतको कुल सम्पत्ति १ अर्ब १४ करोड ८८ लाख १७ हजार ३ सय ४४ रुपैयाँ पुगेको छ ।
संस्थाका कोषाध्यक्ष टीका प्रसाद भट्टले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०७९÷८० मा ५८ लाख ८ हजार ८ सय २५ रुपैयाँ खुद नाफा कमाउन सफल भएको उल्लेख छ । त्यसै गरी कोषाध्यक्ष भट्टले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९÷०८० मा संस्थाको शेयर पुँजी ९ करोड ५० लाख १९ हजार ९ सय रुपैयाँ, बचत सङ्कलन ९१ करोड ७३ लाख ३९ हजार १ सय ४७ रुपैयाँ र ऋण लगानी ७१ करोड ३५ लाख ६३ हजार ४ सय ३९ रुपैयाँ उल्लेख छ ।
साधारण सभाका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का कार्कीले सहकारीलाई संस्थागत विकासमा बढी जोड दिनु पर्ने बताउँदै जिल्लामा रहेका सबै सहकारीले बचतकर्ताको भावनालाई बुझेर आफ्नो कारोबार गर्नु पर्ने बताइन् । प्रमुख खड्का कार्कीले मन्थली बचतलाई थप अब्बल बनाउन सञ्चालक समिति र शेयर सदस्यहरू इमानदार भएर लाग्नु पर्नेमा जोड दिइन् । जिल्लामा रहेका सहकारी संस्थाको संस्थागत विकासमा सरोकारवाला निकायहरू सबै एक भएर लाग्नु पर्ने बताउँदै प्रमुख खड्का कार्कीले जिल्ला समन्वय समितिको प्रमुखको हैसियतले गर्ने सहयोग गर्न आफू प्रतिबद्ध भएको बताइन् ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठ र रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले सहकारीलाई जनतामैत्री बनाउन नीतिगत रूपमै सहयोग गर्दै आएको बताउँदै आफ्नो स्थानीय तह भित्र रहेका सहकारीलाई शेयर सदस्यहरूको जीवीको पार्जनमा प्रत्यक्ष सहयोग पुग्ने कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । सहकारीको काम बचत उठाउने र ऋण लगानी गर्ने मात्रै नभएकाले जिल्लामा सञ्चालित सबै सहकारीलाई बढी जसो लगानी उत्पादन मूलक क्षेत्रमा लगाउन उनीहरूले जोड दिए ।
मन्थली बचतका अध्यक्ष गोविन्द घिमिरेले मन्थली बचत स्थापना गर्दा नै बचत उठाउने र ऋण प्रवाह गर्ने मात्रै नभएर सामाजिक सेवाको समेत भावना राखेर स्थापना गरिएकाले सहकारी मार्फत धेरै सामाजिक कामहरू भएको बताउँदै आगामी दिनमा सहकारीले थप सामाजिक कामहरू गर्दै जाने धारणा राखे । उनले मन्थली बचतले तामाकोसी सेवा समिति र तामाकोसी अस्पताल मार्फत सहकारीका शेयर सदस्यहरूको सामाजिक काम र स्वास्थ्य सेवाका धेरै काम गरिरहेको अध्यक्ष घिमिरेले बताएका छन् ।
जिल्ला भरी कार्यक्षेत्र भएको मन्थली बचतले कुल सात क्षेत्रका ६६ ठाउँमा पुगेर त्यहाँका शेयर सदस्यहरूलाई सहभागी गराएर साधारण सभा गर्दै शनिवार मन्थलीमा सम्पन्न गरिएको संस्थाका सचिव हिमाल ढुङ्गेलले बताए ।
कार्यक्रममा मन्थली नगरपालिका वडा नं १ का वडाध्यक्ष होम प्रसाद पौडेल, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष बद्री नयाँघरे, रामेछाप उद्योग वाणिज्य सङ्घका सचिव यज्ञ सुवेदी, जिल्ला सहकारी सङ्घका उपाध्यक्ष श्याम थापा, रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगन्नाथ दाहाल लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा मन्थली बचत तथा ऋण सहकारी संस्थामा उत्कृष्ट बचत र ऋणको कारोबार गर्ने, बाल बचत गर्ने र फरक क्षमता भएका (अपाङ्ग) गरी ८० जना शेयर सदस्यलाई पुरस्कार तथा सम्मान गरिएको थियो । त्यस्तै संस्थामा रहेर उत्कृष्ट कार्य गर्ने कर्मचारी टिकाराम श्रेष्ठ र सहकारी अभियानलाई सञ्चार माध्यमबाट नागरिकको तह सम्म पु¥याउने कार्यमा उत्कृष्ट कार्य गरे बापत पत्रकार युवराज श्रेष्ठलाई सम्मान सहित पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष गोविन्द घिमिरेले संस्थाको २५ वर्षे यात्रा, सचिव हिमाल ढुङ्गेलले संस्थाको गत वर्षको क्रियाकलाप र आगामी वर्ष गरिने कार्यक्रम, कोषाध्यक्ष टीका प्रसाद भट्टले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक टंक प्रसाद दाहालले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापको खाँडादेवी गाउँपालिकामा बुधबारदेखि सुरु हुने १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी वैशाख ११ गतेसम्म चल्ने उक्त प्रतियोगिताको व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी...

मन्थली नगर कप भलिबल प्रतियोगिता सम्पन्न: पुरुषतर्फ चिसापानी र महिलातर्फ भटौलीले जिते उपाधि

मन्थली नगर कप भलिबल प्रतियोगिता सम्पन्न: पुरुषतर्फ चिसापानी र महिलातर्फ भटौलीले जिते उपाधि

मन्थली नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा भएको चौथो मन्थली नगर कप रनिङ शिल्ड पुरुष भलिबल तथा दोस्रो मन्थली नगर कप महिला भलिबल प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न भएको छ । मन्थली माविको खेलमैदानमा चार दिनसम्म चलेको उक्त प्रतियोगितामा विभिन्न वडाहरूका टिमले...

पालिका संख्या र सीमाना हेरफेरको तयारी, सुझाव माग्दै सरकार

पालिका संख्या र सीमाना हेरफेरको तयारी, सुझाव माग्दै सरकार

काठमाडौं । सरकारले देशभरका स्थानीय तहहरूको संख्या र सीमाना पुनरावलोकन गर्ने तयारी थालेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सीमाना हेरफेर, गाभिने तथा नगर वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्डको मस्यौदा तयार पारेर...