रामेछाप । सदरमुकाम मन्थलीमा रहेको मन्थली बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १ अर्ब ६ करोड ८४ लाख,७९ हजार ७ सय ६३ रुपैया पुगेको छ । शनिबार सदरमुकाम मन्थलीमा २५ औ साधारण सभा गर्ने अभियानमा जुटेको मन्थली बचत तथा ऋण सहकारी संस्थले आफनो कार्यक्षेत्रका ७ वटा केन्द्रमा पुगेर क्षेत्रगत साधारण सभा सम्पन्न गरेको छ ।
आफना शेयर सदस्यहरुको लागि घर दैलोमा सेवा प्रवाह गरि संस्थाले एक वर्षको अबधिमा गरेको गतिविधिका बारेमा उनिहरुलाई जानकारी गराउने उदेश्यले संस्थाले आफना पदाधिकारी र कर्मचारी खटाएर ७ वटा क्षेत्रमा कार्यक्रम गरेको हो ।
मन्थली नगरपालिकाका १४ वटै वडा, रामेछाप नगरपालिकाका ६,७,८ र ९ खाँडादेवी गाउँपालिकाका ४ र ५,लिखु तामाकोशि गाउँपालिकाका ३,४,५ र ७ सम्म कार्यक्षेत्र रहेको उक्त संस्थाले मन्थली,रामेछाप,धोवि गेलु चिसापानी पकरबास र चिसापानी गरि कुल ७ वटा क्षेत्रमा पुगेर सबैलाई पाएक पर्ने ठाउँमा साधारण सभा सम्पन्न गरेको संस्थाका अध्यक्ष गोविन्द घिमिरेले जानकारी दिए ।
संस्थाले सहकारी नियमावलि र संस्थाको विनियम अनुसार क्षेत्रगत रुपमा गरेको कार्यक्रममा ८० प्रतिशत शेयर सदस्य सहभागि रहेको उक्त साधारण सभाका लागि अध्यक्ष गोविन्द घिमिरे,सचिब हिमाल ढुंगेल, कोषाध्यक्ष टीका प्रसाद भट्ट सदस्य नविन घिमिरे र महेश घिमिरेको नेतृत्वमा टोलि खटिएको थियो ।
उक्त संस्थाले आव ०७८ /७९ मा सबै खर्च कटाएर ५६ लाख ७० हजार २ सय ८१ खुद मुनाफा कमाएको छ भने संस्थाको शेयरपुँजि ९ करोड ४५लाख ९० हजार ७५ हजार ४ सय रुपैयाँ रहेको छ । संस्थाले १ बर्षको अबधिमा ८५ करोड ४५ लाख ४५ हजार २ सय ७५ रुपैयाँ बचत संकलन गरेको छ । त्यसैगरि संस्थाको कुल सम्पत्ति १ अर्ब ६ करोड ८४ लाख,७९ हजार ७ सय ६३ रुपैया पुगेको जानकारी पनि सो अबसरमा गराईएको थियो ।
त्यस बाहेक संस्थाले आफना शेयर सदस्यहरुको क्षमता विकासका र विभिन्न ब्यवसायीक प्रयोजनका लागि ऋण प्रवाह गरि उनिहरुको आर्थिक उपार्जनमा पनि सहयोग पुर्याउँदै आएको संस्थाका संचालक नविन घिमिरेले जानकारी गराउनु भयो ।