मन्थली बचतको २७ औं स्थापना दिवश

रामेछाप । मन्थली बचत तथा ऋण सहकारी संस्था लि.को २७ औं स्थापना दिवश सम्पन्न भएको छ । रामेछाप जिल्लालाई कार्यक्षेत्र बनाएर ०५४ साल माघ २० गते स्थापना भएको उक्त संस्थाले हरेक बर्षको माघ २० गतेलाई स्थापनाको दिन मान्दै दिवश मनाउने गरेको छ । संस्थाले उक्त अवसरमा सदरमुकाम मन्थलीमा एक बिषेश कार्यक्रमको आयोजना गरी आफ्नो २७ औं स्थापना दिवश मनाएको हो ।
संस्थाको स्थापना दिवशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका बचत तथा ऋण सहकारी संस्थाहरुको पूँजीलाई उत्पादनसंग जोड्दै बेरोजगारी समस्या समाधानका लागि सबैले साझा प्रयास गर्नु पर्ने बताउनु भयो । उहाँले साकोस अभियानमा अहिले देखिएका केहि समस्या चुनौतिका रुपमा रहेको भएपनि सवैको साझा प्रयासबाट यसको सहि व्यबस्थापन संभव भएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै संघका कोषाध्यक्ष दीपक थापाले जिल्ला भित्रको पूँजी जिल्लामा नै परिचालन गरेर सदस्यहरुको आर्थिक परिवर्तनमा सहकारी संस्थाहरुले महत्वपूर्ण भुमिका खेल्नु पर्ने बताउनु भयो । उहाँले सहकारी संस्थाले उदेश्य अनुसारको मात्र काम गर्नु पर्नेमा जोड दिदैं उदेश्य बाहिर गएर काम गर्दा अहिले केहि सहकारी संस्थामा समस्या आएको बताउनु भयो ।
मन्थली बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष गोविन्द प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त स्थापना दिवशमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, बाल सदस्य र फरक क्षमता भएका ५४ जना सदस्यहरुलाई बिद्युतिय चुल्हो बितरण गरिएको थियो । संस्थाले जलबायू परिवर्तनको असरलाई समेत न्युनिकरणमा सहयोग पुगोस भन्ने उदेश्यले बिद्युतिय चुल्हो बितरण गरेको जनाएको छ ।
कार्यक्रममा रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे, तामाकोसी सेवा समितिका अध्यक्ष गुन्जबहादुर श्रेष्ठ, मन्थली साकोसका सल्लाहकार शम्भुप्रसाद घिमिरे , संस्थाका सचिव हिमाल ढुंगेल, कोषाध्यक्ष टीका प्रसाद भट्ट लगायतका बक्ताहरुले संस्थाको गतिविधिका बारेमा आ आफ्नो धारणा राखेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एमाले महाधिवेशन – रामेछापबाट १२ प्रतिनिधि सर्वसम्मत चयन

एमाले महाधिवेशन – रामेछापबाट १२ प्रतिनिधि सर्वसम्मत चयन

रामेछाप— नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि रामेछापबाट १२ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन् । यसअघि कुल ६७ जना नेताहरुले उम्मेदवारी दर्ता गरे पनि अन्ततः सहमतिमै प्रतिनिधि छनोट टुंगो लागेको एमाले रामेछापले जनाएको छ ।खुला समूहमा दर्ता भएका ३४...

रामेछापमा सम्पन्न ‘आठौँ राष्ट्रपति रनिङ शिल्ड’ मा गौरीशङ्कर मावि च्याम्पियन

रामेछापमा सम्पन्न ‘आठौँ राष्ट्रपति रनिङ शिल्ड’ मा गौरीशङ्कर मावि च्याम्पियन

रामेछाप— रामेछाप नगरपालिका–८ स्थित टुडिखेलमा सम्पन्न आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस वर्ष गौरीशङ्कर माध्यमिक विद्यालय रामेछाप समग्र च्याम्पियन बनेको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा विद्यालयले उत्कृष्ट खेलकुद प्रदर्शन र सर्वाधिक पदक जित्दै सबैको ध्यान...

जेसिज रामेछाप–२०२६ का लागि अध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत

जेसिज रामेछाप–२०२६ का लागि अध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत

रामेछाप । जेसिज रामेछापले वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन गरेको छ ।सभाबाट कुमार श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको छ । नेतृत्व चयनसँगै जेसिजले नयाँ ऊर्जा र योजनासहित आगामी वर्षका कार्यक्रम अघि बढाउने तयारी गरेको छ ।नया कार्यकारिणीमा कार्यकारिणी...