मन्थली बचतको २५ औं बार्षिक साधारण सभा सम्पन्न

Written by meropradesh creator

१७ मंसिर २०७९, शनिबार

रामेछाप । मन्थली बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला सदरमुकाम मन्थली बाट सञ्चालीत जिल्लाको सवैभन्दा धेरै सदस्य र पूँजि रहेको मन्थली बचत तथा ऋण सहकारी संस्थाले शनिबार आफ्नो २५ औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष गोविन्दप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा सम्बोधन गर्दै रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले सानो पूँजि संकलन बाट सुरु भएको सहकारीको आन्दोलनले रामेछाप जिल्लाका नागरिकलाई वचत गर्ने बानी बसाएको मात्र नभै आर्थिक हिसावले सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेको वताए । उनले सरकारले नागरिकलाई दिने सामाजिक सुरक्षा भत्ता सहकारी मार्फत सर्वसाधारणको घर दैलोमानै पुग्ने गरी वितरणको व्यवस्थाका लागि पहल भइरहेको समेत वताएका छन् । स्थानिय सरकारले मात्र विकास सम्भव नभएको भन्दै सहकारीहरुले अझ कृषि क्षेत्रको विकासको लागी काम गर्नु पर्ने बताएका छन् ।

संस्थाका सचिव हिमाल ढुंगेलले सहकारीले गत बर्ष संचालन गरेका क्रियाकलापका अतिरीक्त आर्थिक बर्ष २०७९÷०८० मा संचालन गरिने कार्यक्रमको प्रतिवेदन बार्षिक साधारण सभामा प्रश्तुत गरेका थिए । उक्त प्रतिवेदनमा जिल्लाका सवै पालिकामा कार्यक्षेत्र विस्तार गर्ने, ६ हजार नयाँ सदस्य थप गर्ने बताएका छन् । सचिब ढुंगेलले प्रस्तुत गरेको प्रतिबेदनमा मन्थली नगरपालिकको कठजोर र भटौलीमा सेवा केन्द संचालनमा ल्याउने, स्वास्थ्य शिविर संचालन गर्ने, उत्कृष्ठ वचतकर्ता र ऋणीलाई सम्मान र पुरस्कार गर्ने, सदस्य सन्तुष्टि सर्वेक्षण गर्ने लगाएतका कार्यक्रम समावेस गरीएको छ । संस्थाले हाल रामेछाप जिल्लाका साविक १८ गाविसमा कार्यक्षेत्र वनाएर काम गर्दै आएको छ । संस्थामा गत आर्थिक बर्ष सम्म १५ हजार ६ जना सदस्य पुगेका छन् ।

बार्षिक साधारण सभामा कोषाध्यक्ष टीकाप्रसाद भट्टले आफ्नो प्रतिवेदन प्रश्तुत गर्दै संस्थाको कुल पूँजि १ अर्व ६ करोड ८४ लाख ७९ हजार ७ सय ६३ पुगेको जनाएका थिए । उनले संस्थामा ९ करोड ४५ लाख ९० हजार ४ सय शेयर पूँजि, ८५ करोड ३५ लाख ४५ हजार २ सय ७४ बचत संकलन, ६६ करोड २९ लाख २५ हजार ९ सय ६७ रुपैया ऋण लगानी गरिएको उनको प्रतिवेदनमा उल्लेख छ । संस्थाले गत आर्थिक बर्षमा ६६ लाख ७५ हजार १ सय ५२ रुपैया मुनाफा गरेको कोषाध्यक्ष भट्टको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष ध्रु्वप्रसाद सुृवेदी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्री नयाँघरे, रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगन्नाथ दाहाल, तामाकोशी सेवा समितिका अध्यक्ष गुञ्जवहादुर श्रेष्ठ, लेखा सुपरिवेक्षण समितिका संयोजक टंकप्रसाद दाहाल र संचालकहरु नविन केसी र लक्ष्मी बुढाथोकी कार्कीले सहकारी अभियानमा मन्थली बचतको भूमिका र उपलव्धिका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा मन्थली बचत तथा ऋण सहकारी संस्थामा उत्कृष्ट बचत र ऋणको कारोवार गने, बाल बचत गर्ने र फरक क्षमता भएका (अपाङ्ग) सदस्यलाई पुरस्कार तथा सम्मान गरीएको थियो । संस्थामा रहेर उत्कृष्ट कार्य गर्ने कर्मचारी कमलवहादुर तामाङ र सहकारी अभियानलाई संचार माध्यमबाट नागरिकको तह सम्म पु¥याउने कार्यमा उत्कृष्ट कार्य गरे वापत पत्रकार रमेश ढुंगेललाई सम्मान सहित पुरस्कार प्रदान गरीएको थियो ।

मंसिर ९ गते देखि जिल्लाका विभिन्न ७ वटा क्लष्टरमा संस्थाले बार्षिक साधारण सभा गरेको थियो । उक्त सभामा करिव १० हजारको सहभागिता रहेको संस्थाका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले वताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो मन्थली, जेठ ६ गते । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सञ्चालित राष्ट्रिय आर्थिक गणना कार्यक्रम अन्तर्गत रामेछाप जिल्लामा कुल ७५ प्रतिशत कार्य सम्पन्न भएको छ। गत वैशाख ३ गतेदेखि जिल्लाभर सुरु भएको गणना कार्य अन्तर्गत हालसम्मको...

निलम्बन भोग्न तयार छौँ तर सरकारलाई जबाफदेही बनाएरै छाड्छौँ: हर्क साम्पाङ

निलम्बन भोग्न तयार छौँ तर सरकारलाई जबाफदेही बनाएरै छाड्छौँ: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई संसदप्रति उत्तरदायी बनाउन आफूहरू निलम्बन भोग्न समेत तयार रहेको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीसँग बोल्दै उनले जनताका प्रश्नहरूलाई दबाउन खोजिएको भन्दै सभामुखको रुलिङप्रति असन्तुष्टि जनाए। सुकुम्वासी समस्या,...

सगरमाथा आरोही अनिता कार्कीलाई गोकुलगंगा गाउँपालिकाद्वारा बधाई

सगरमाथा आरोही अनिता कार्कीलाई गोकुलगंगा गाउँपालिकाद्वारा बधाई

रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेकी सशस्त्र प्रहरी सहायक हवलदार तथा राष्ट्रिय फेन्सिङ खेलाडी अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँले वैशाख ४ गते सोमबार बिहान १०:२० बजे सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेक्नुभएको हो ।...